Wednesday, August 12

समाज

बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब
प्रविधि, समाचार, समाज

बढ्दैछ अन्तरिक्ष सयरको ट्रेण्ड, यस्तो छ खर्च र तयारीको हिसाबकिताब

नेपालअखबार, काठमाडौँ । दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना हो । र, त्यसरी कीर्तिमान कायम गर्ने व्यक्तिहरु हुन्, जारेड आइसाकम्यान र सारा गिलिस । जारेड आइसाकम्यान इलेक्ट्रोनिक पेमेन्ट कम्पनी ‘फोर डट इन’ का संस्थापक हुन् । सारा चाहिं स्पेसएक्स कम्पनीमा इन्जिनियरको रुपमा कार्यरत छिन् । अर्बपति आइज्याकम्यानले नै उक्त मिशनको सम्पूर्ण खर्च व्यहोरेका थिए । यात्राको सफल समापन भयो । उनीहरूले अन्तरिक्षमा सफलतापूर्वक स्पेसवाक गरे । स्पेसवाक गर्दै गर्दा जारेडल...
दुप्चेश्वरमा नुहाउने क्रममा एक तीर्थयात्री बेपत्ता
समाचार, समाज

दुप्चेश्वरमा नुहाउने क्रममा एक तीर्थयात्री बेपत्ता

नेपालअखबार, त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा सोमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् । मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएकी ७२ वर्षीया अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ । खोलाले बगाएलगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए ।हराइरहेकी वृद्धालाई खोजतलासमा सहयोग पुर्‍याउन गाउँपालिकाले आह्वान ग...
पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
समाचार, समाज

पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला

नेपालअखबार, पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् । समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ । समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको अन्तिम नामावलीप्रति आपत्ति जनाएको हो । डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुनः आन्दोलनमा उत्रेका छन् । महासंघले लिष्टमै नभएका व्यक्तिको नाम पनि नामावलीमा देख्दा महासंघ...
पर्वतमा दुई दशकदेखि वायु ऊर्जा अलपत्र
प्रविधि, समाचार, समाज

पर्वतमा दुई दशकदेखि वायु ऊर्जा अलपत्र

नेपालअखबार, पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । लथालिंग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र २०६३ सालमा तीन वर्षपछि नै बन्द भएको थियो । टिटिबिजी नामक संस्थाले एक करोड रुपैयाँभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो । संरक्षण र मर्...
एक सातासम्म भेटिएन मादी नदीमा बेपत्ता भएका बालक
समाचार, समाज

एक सातासम्म भेटिएन मादी नदीमा बेपत्ता भएका बालक

नेपालअखबार, तनहुँ। तनहुँमा मादीनदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन्। प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन्। उनी व्यास नगरपालिका–४ स्थित कन्काई बोडिङ स्कूलमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ। घरबाट विद्यालय जान्छु भनि हिँडेका उनी विद्यालय नगई साथीभाइसँग नदीमा नुहाउन गएका थिए। बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै परिवारले छोरा हराएको जानकारी पाएका थिए। सोमबार दिउँसो १ बजेको समयमा मादीनदीले एक बालक बगाएको भनि प्रहरीमा सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। घटना भएको दिनदेखि प्रहरीले आफ्नो क्षेत्रबाट खोजीलाई तीव्रता दिँदै आए पनि फेला पार्न उनले बताए। ती बालकसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प...
हुम्लाबाहेक सबै जिल्लामा फैलियो डेंगु
समाचार, समाज, स्वास्थ्य

हुम्लाबाहेक सबै जिल्लामा फैलियो डेंगु

नेपालअखबार, काठमाडौँ । हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको हो । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । यस्तै, गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कोशीका १ हजार २७ जनामा डेंगु देखिएको हो । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।  डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।...
समुद्री आाँधीले ल्याएको भीषण बाढीमा परेर म्यानमारमा सयभन्दा बढीको मृत्यु
विश्व, समाचार, समाज

समुद्री आाँधीले ल्याएको भीषण बाढीमा परेर म्यानमारमा सयभन्दा बढीको मृत्यु

नेपालअखबार, यङ्गुन । म्यानमारमा समुद्री आँधी यागीले ल्याएको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीमा परेर एक सयभन्दा बढीको मृत्यु भएको छ । म्यानमारको सत्तारुढ सेनाका प्रवक्ता जाव मिन टुनले आइतबार भने ११३ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । अरु ६४ जना बेपत्ता रहेको भनिएको छ । स्थानीय रिपोर्टलाई विश्वास गर्ने हो भने मृत्यु हुनेको यो संख्या बढी हुनसक्ने आकलन गरिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार ३ लाख २० हजारभन्दा बढी मानिसले अस्थायी आश्रयस्थलमा शरण लिइरहेका छन् । यागी यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो । म्यानमार भन्दा पहिले यो आँधीले भियतनाम, लाओस, फिलिपिन्स र दक्षिणी चीनमा उत्पादत मच्चाएको थियो । म्यानमार पुग्नुअघि नै यो आँधीका कारण भियतनाममा २८७ जनाको ज्यान गएको थियो । भियतनाम पुगेपछि आँधीको प्रभाव कम भए पनि दक्षिण–पूर्वी एसियामा पहिरो गइरहेको छ । म्यानमारको सरकार...
चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !
अर्थ, कृषि, समाचार, समाज

चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !

नेपालअखबार, चितवन । चितवनमा मह बिक्री नहुँदा मौरी पालक किसान चिन्तित बनेका छन् । नयाँ मह निकाल्ने समय भइसक्दा पनि पुरानै मह बिक्री नहुँदा उनीहरु चिन्तित बनेका हुन् । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका कालिका नगरपालिकाका शिवप्रसाद शर्मा चितवनमा मात्रै करिब ५ सय मेट्रिक टन मह बिक्री हुन नसकेको बताउँछन् । उनी भन्छन्,  ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’ पौडेलका अनुसार चितवनमा हाल ३० हजार बढी मौरीका घार छन् । यसबाट वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ । यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानक...
अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो
समाचार, समाज

अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

नेपालअखबार,लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि दुईवटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौँ, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताए । विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् । मनाङवासी, बेँसीसहरलगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौँ र ...
आज मोहम्मद जयन्ती
धर्म/संस्कृति, समाचार, समाज

आज मोहम्मद जयन्ती

नेपालअखबार, काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।...