Saturday, April 18

स्वास्थ्य

चिनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो ‍‌(पाँच फाेटाे सहित)
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चिनबाट १७५ जना नेपालीलाई काठमाडौं ल्याइयो ‍‌(पाँच फाेटाे सहित)

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३: ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ । १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वराेका कारण उहान विमानस्थलमै राेकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरूको त्रिभुवन विमानस्थलमा पुन स्वास्थ्य परीक्षण गरेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिएको छ । तस्...
तनावले झर्छ कपाल
विचार, स्वास्थ्य

तनावले झर्छ कपाल

वैज्ञानिहरुले तनावले किन कपाल झर्छ ? र किन यो पुरै सकिने बेलासम्म झर्छ भन्ने कुरा पत्ता लगाएका छन्। छालामा हुने स्टिम कोष हुन्छ। यो कोष तनावको कारणले नष्ट हुन्छ। जुन कोषले  छाला र कपालको रंगको नियन्त्रण गर्छ। यो पनि पत्ता लागेको छ कि तनावले कालो चम्किलो कपाल समेत  एक सातामै सेतो हुन्छ। अमेरिका र ब्राजिलका अनुसन्धानकर्ताहरुले  कपालको रंगले मान्छेको उमेर रोक्ने कुरा कमजोर झुट साविवत भइसकेको बताएका छन्। महिला तथा पुरुषहरु ३० वर्षदेखि नै फुल्न थालेको कुरा वीच–वीचमा फुल्ने सेतो कपालको रंगले नै संकेत गरिसकेको हुन्छ। यद्यपि यसले प्राकृतिक रुपमा बुढो हुनु भन्दा अघि नै जिनमा परिवर्तन ल्याइदिन्छ। यसको पछि तनावको भूमिका हुन्छ। तर वैज्ञानिकहरु तनावले कसरी कपाल र टाउकोमा असर गर्छ भन्ने कुरामा प्रष्ट थिएनन। साव पाउलो तथा हार्भड बिश्वबिद्यालयको नेचर जर्नलमा प्रकाशित यो अध्ययनले छालाको ...
चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै
विदेश, समाचार, समाज, स्वास्थ्य

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

काठमाडौं - चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल  एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ। आज उडेको विमान आजै रातिसम्म नेपालीहरु लिएर नेपाल फर्किने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीन प्रस्तान गर्ने विमान तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ। सरकारले दुइ महिनादेखि चीनमा फैलिएको नोवेल कोरोना संक्रमणको कारण जोखिममा रहेका नेपालीहरुको उद्धार गर्न लागेको हो। विशेष  गरी चीनमा उच्च शिक्षाका लागि चीन पुगेका विद्यार्थीहरु जो भाइरस संक्रमणको कारण विभिन्न छात्रावासमा छरिएर बसिरहेका,आफुहरु संक्रमणको जोखिममा रहेको जनाएपछि सरकारले उद्धारको लागि पहल गरेको हो। नेपाल एयरलायन्सको हवाइजहाजमा पाइलट, एयरहोस्टेज, नेपाल प्रहरीको दुई जना चिकित्सक र दुई नर्स चीनतर्फ गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्र...
सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । टाेली बुधबार साँझसम्म सिन्धुपाल्चोकको जुगल पुग्ने बताइएकाे छ । सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोनाकाे लक्षण नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।...
सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत बिरामी बढेपछि त्रास फैलिएकाे छ । केहिदिनयता गाउँमा बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको छ। हेर्नुस पत्र :...
कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो

काठमाडौं ।  चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८० पुगेको छ । मृत्यु हुने अधिकांश वुहानका छन । चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय १३ पुगेको छ । ३५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन ।...
चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाए...
यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी
प्रदेश, स्वास्थ्य, हाइलाइट-समाचार

यस्तो छ कोरोना भाइरसको संक्रमण रोक्ने ७ प्रदेशको तयारी

काठमाडौं– नेपालमा कोरोना भाइरसको आशंकामा हालसम्म ६ जनाको परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये एकजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यस्तै ४ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको र एक जनाको भने रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । कोरोना भाइरस संक्रमित व्यक्तिको उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आर्मी अस्पताल, पाटन अस्पतालमा आइसोलेसन सहितको वार्डको व्यवस्थापन गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट हुन सक्ने स्वास्थ्य आपतकाल तथा यसको खोखिम न्युनिकरणका लागि मेडिकल डाक्टर सहितको टोली पोखरा, लुम्बिनी र चितवनमा समेत खटाएको जनाएको छ । यस्तै प्रदेश १ को इलामको पशुपति नगरमा हे...
गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा

गोरखा । नेपाल रेडक्रश सोसाइटी गोरखकाली उपशाखाको १९ औं साधारणसभा सम्पन्न भएको छ । उपशाखा सभापति नवराजभक्त उपाध्यायको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला शाखाका सभापति भगवानबाबु मास्केको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपशाखाका सचिव सरद श्रेष्ठले बार्षिक रेडक्रश गतिविधी र कोषाध्यक्ष जनार्दन पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला शाखाका सभापति मास्के, गोरखा नगरपालिका ५ का वडाध्यक्ष रामकुमार थापा मगर, गोरखकाली उपशाखाका उपसभापति टेकबहादुर थापा मगर लगायतले मन्तब्य राखेका थिए । साधारण सभाकै अवसरमा उपशाखा र द्रब्यशाह युवा स्रोता समुहको संयुक्त आयोजनामा पश्चिमकाली मन्दिर पसिरको सरसफाई समेत गरिएको बताइएको छ । त्यस्तै शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको बुंकोट उपशाखाको समेत १६ औं साधारणसभा सम्पन्न भएको छ । उपशाखाका सभापति मदन प्रसाद लम्सालक...
गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे

गोरखा । जिल्लामा पछिल्लो समय औषधी सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ । पछिल्लो तिन बर्षको तथ्यांकलाई केलाउदा औषधी प्रयोग गरेर गर्भपतन गराउनेको संख्यामा बृद्धि हुदै गएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आर्थिक बर्ष २०७३/७४ मा ५ सय ८७ जनाले औषधी सेवन गरेर गर्भपतन गराएका थिए भने ७४/७५ मा सो संख्या बढेर ९ सय ९ पुग्यो । त्यस्तै ७५/७६ मा केहि घटेर ७ सय ६७ मा आयो । तर यस आर्थिक बर्ष २०७६/७७ को साउनदेखि कार्तिकसम्म ४ महिनामा मात्रै २ सय ५२ जनाले औषधी मार्फत गर्भपत गराएको तथ्यांकमा उल्लेख छ । जबकी अघिल्लो अर्थिक बर्ष साउनदेखि कार्तिकसम्म २ सय ३६ ले मात्रै औषधी सेवन गरेको रेकर्ड रहेको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक विरबहादुर श्रेष्ठले जानकारी दिए । यो तथ्यांक स्वास्थ्य कार्यालयमा सुरक्षित गर्भतनका लागि सुचिकृत भएका सरकारी २२ र मेरी स्टोप गरी २...