गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे
गोरखा । जिल्लामा पछिल्लो समय औषधी सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ ।
पछिल्लो तिन बर्षको तथ्यांकलाई केलाउदा औषधी प्रयोग गरेर गर्भपतन गराउनेको संख्यामा बृद्धि हुदै गएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आर्थिक बर्ष २०७३/७४ मा ५ सय ८७ जनाले औषधी सेवन गरेर गर्भपतन गराएका थिए भने ७४/७५ मा सो संख्या बढेर ९ सय ९ पुग्यो ।
त्यस्तै ७५/७६ मा केहि घटेर ७ सय ६७ मा आयो । तर यस आर्थिक बर्ष २०७६/७७ को साउनदेखि कार्तिकसम्म ४ महिनामा मात्रै २ सय ५२ जनाले औषधी मार्फत गर्भपत गराएको तथ्यांकमा उल्लेख छ ।
जबकी अघिल्लो अर्थिक बर्ष साउनदेखि कार्तिकसम्म २ सय ३६ ले मात्रै औषधी सेवन गरेको रेकर्ड रहेको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक विरबहादुर श्रेष्ठले जानकारी दिए ।
यो तथ्यांक स्वास्थ्य कार्यालयमा सुरक्षित गर्भतनका लागि सुचिकृत भएका सरकारी २२ र मेरी स्टोप गरी २...
