Friday, July 10

हाइलाइट-समाचार

न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै
धर्म/संस्कृति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै

नेपालअखबार, काठमाडाैं । अमेरिकाकाे न्यूयाेर्क शहरका  मेयर एरिक एडम्सले इफ्तार  डिनर गर्दैछन् । मेयर एरिकले न्यूयाेर्क शहर रहेका मुस्लिम समुदायका  आफ्ना  जनताहरू प्रति सम्मान व्यत्त गर्दै  एक दिन (राेजा) व्रर्त बसेका थिए । उनले भनेका थिए हामीले सबै धर्म रितिरिवाजकाे सम्मान गर्न सक्नु पर्छ । विश्वभरका मुस्लिम समुदायले मनाइ रहेकाे पवित्र पर्व रमदानकाे अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना यर एरिकले दिए । मेयर एरिकका अनुसार मैले स्वयम एक दिन भए पनि (राेजा) व्रर्त बसेर न्यूयाेर्क शहरका  मुस्लिम समुदायसंग याे पर्व मनाएकाे छु  । जनता माथि शासन चलाउने मात्र काम हाेइन मेरा जनताकाे मुटुमा पनि बस्नु छ । हामी बिच भाइचार कायम हुन आवश्यक रहेकाे मेयर एरिकले बताए । उत्त इफ्तार समाराेहमा करिब एक हजार नगरवासीकाे उपस्थित रहेकाे थियाे । इफ्तार डिनर समाराेह  अल  खाेइ फाउडेशनले आयाेजना गरेकाे थिया...
सिंहदरबारमा खानेपानी आजदेखि निःशुल्क  : खानेपानी मन्त्री खान
राजनीति, हाइलाइट-समाचार

सिंहदरबारमा खानेपानी आजदेखि निःशुल्क : खानेपानी मन्त्री खान

 नेपालअखबार, काठमाडाैं ।  सिंहदरबारमा  खानेपानी आजदेखि  निःशुल्क उपलब्ध  खानेपानी मन्त्रालयले गराएकाे छ ।   प्रमुख अतिथि  खानेपानी मन्त्री अब्दुल खानले सिंहदरबार परिसदमा रहेकाे  धारा उद्घाटन गरेका छन् ।  मन्त्री खानले धारा उद्घाटन गरे लगतै भने जनतालाई  सार्वजनिक  खानेपानीको अधिकारलाई सुनश्चित गर्ने अभियान अन्तर्गत सिंहदरबारबाट निःशुल्क सार्वजनिक खानेपानीको धारा  राखिएकाे जान्कारी दिएका छन् ।  जनतालाई निशुल्क खानेपानी खुवाउने अभियानले निरन्तर सञ्चालन हुने मन्त्री खानले बताए ।  खानेपानी मन्त्रालयमा कार्यभार समालेको दुइ महिना सात दिन मात्रै भएको छ मैले यो अबधीमा नेपाली जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि रातदिन लागी परेको मन्त्री खानले बताए । याे छाेटाे समयमा पनि मैले  काठमाडौंमा मेलम्चीको पानी वितरणमा समानताको प्रयास  गरेकाे मन्त्री खानले बताए ।   तराईका विभिन्न जिल्लामा खानेपानी च...
“शान्तिको लागि पानी” वर्तमान आवश्यकता र चुनाैति रहेकाे दाबी : खानेपानी मन्त्री खांन
राजनीति, समाचार, हाइलाइट-समाचार

“शान्तिको लागि पानी” वर्तमान आवश्यकता र चुनाैति रहेकाे दाबी : खानेपानी मन्त्री खांन

नेपालअखबार, काठमाडाैं । संयुक्त राष्ट्र संघमा बंगलादेशद्वारा आयोजीत शान्तिकाे लागि पानी  "Water for peace" कार्यक्रममा   प्रमुखअतिथि खानेपानी मन्त्री अब्दुल खांनले संम्बोधन गर्दै वर्तमान आवश्यकता र चुनाैति दुवै रहेकाे बताए । मन्त्री खानले नेपाल सरकार स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन लागि परिरहेकाे बताए । विश्वमा शान्ति कायम गर्न शान्तिका लागि पानी कार्यत्रम नेपाल सरकारले पनि कार्यन्वयन गर्ने  मन्त्री खानले बताए ।  उत्त सम्मेलनमा बंगलादेशका जलस्रोत मन्त्री जाहिद फारुकीले संम्बोधन गरेका थिए ।...
नेपाल सरकार स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन लागि परिरहेकाे छ : मन्त्री खान 
राजनीति, समाचार, हाइलाइट-समाचार

नेपाल सरकार स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन लागि परिरहेकाे छ : मन्त्री खान 

नेपालअखबार, काठमाडाैं । नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा  नेपालकाे तर्फवाट सम्वाेधन गरेका छन् ।  द यूनाइटेड  नेशन्स २०२३ वाटर कन्फ्रेन्स ( The United Nations 2023 Water Conference)  मा सहभागि हुन उनी अमेरिका पुगेका हुन् । यहि  मार्च २२ देखि २४ गते सम्म संचालन हुने उक्त सम्मेलनमा भाग लिन विश्वका सबै देशका प्रतिनिधिहरू अहिले अमेरिका  भेला भएका छन् । मन्त्री खानले  नेपालकाे तर्फवाट सम्वाेधन गर्दै  भाैगाेलिक विकटताका कारण नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध  गराउन नसकिएकाे  बताएका  छन् । तराइमा जमिनवाट निस्केकाे पानीमा आर्सेनिक, फ्लाेराइड जस्ता पदार्थ हुनाले त्यस्ताे पानी सिधै प्रयाेग गर्दा विभिन्र राेग लाग्ने सम्भावना रहन्छ ।  खाेलामा बग्ने  पानीमा ढल देखि विभिन्न खालका फाेहाेर पदार्थहरू मिसावट हुने भएकाले स्वस्च्छ खानेपानी हाल सम्म २५ प...
खानेपानी मन्त्री अब्दुल खान आजअमेरिका प्रस्थान
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानी मन्त्री अब्दुल खान आजअमेरिका प्रस्थान

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खान  आजअमेरिका प्रस्थान गरेका छन् ।  द यूनाइटेड  नेशनल २०२३ वाटर कन्फेशन ( The Unaited Nations 2023 Watre Conference)  मा सहभागि हुन  मार्च २२ गते अमेरिका जादैछन् । भ्रमणका त्रममा अमेरिकामा  विभिन्न देशका कुटनितिक नियाेग तथा अन्तराष्ट्रिय व्यापारी समूहका बिचका भेट्घाट रहने मन्त्री खानेले जान्कारी दिएका छन् ।  नेपालकाे संविधानले प्रत्यक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचकाे हक हुने संवैधानिक  साथै  दिगाे  विकासकाे लक्ष्य संघिय खानेपानी मन्त्रालय जिम्मेवार रहेकाे छ । जनताकाे संवैधानिक अधिकार पूरा गर्नु नै आफ्नाे कर्तव्य रहेकाे मन्त्री खानले बताएका छन् । संयुत्त राष्ट्र संघकाे मुख्यलय न्यूयाेर्कमा यहि चैत्र ८ देखि १० गते ( मार्च २२ देखि २४) सम्मकाे कार्यत्रममा नेपाल सरकारकाे तर्फबाट खानेपानी मन्त्री सहभागि हुदैछन् ।   मन्त्री खानेले...
मन र विचार मिल्नेसँग गठबन्धन हुनसक्छ : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

मन र विचार मिल्नेसँग गठबन्धन हुनसक्छ : माधव नेपाल

नेपालअखबार, सिन्धुपाल्चोक ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । “आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उनले भने । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने– “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा...
आज राष्ट्रपति निर्वाचन: पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा
राजनीति, समाचार, हाइलाइट-समाचार

आज राष्ट्रपति निर्वाचन: पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा

नेपालअखबार, काठमाडाैं । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुँदैछ। राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्। संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ। गत फागुन १३ गते भएको मनोनयन दर्ताअनुसार ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ। अधिकांश सांसदहरू तथा प्रदेश सभा सदस्यहरू काठमाडौंमै छन्। ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भने भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार गराइरहेकोले...
म राष्ट्रपतिमा निर्वाचित भए शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : वरिष्ठ नेता पौडेल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

म राष्ट्रपतिमा निर्वाचित भए शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् : वरिष्ठ नेता पौडेल

नेपालअखबार, काठमाडैँ । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राज्य प्रमुखको उम्मेदवारीका सन्दर्भमा कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र लोकतन्त्रको रक्षा नै पहिलो कर्तव्य र जिम्मेवारी हुने उल्लेख गरे । पूर्वसभामुख पौडेलले भने, “संविधान र लोकतन्त्रसहित परिवर्तनका उपलब्धिको रक्षा गर्ने सन्दर्भमा राष्ट्रपतिको महत्वपूर्ण भूमिका हुन्छ । राष्ट्रपतिको उम्मेदवारीका लागि भएका छलफलमा सबै दल र साथीहरूको सहमतिपछि म उम्मेदवार भएँ, जनताले अपेक्षा गरेअनुसारको यदि मैले आचरण र संविधानको परिपालन गर्न सकेँ भने शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउनेछन् ।” पूर्वउप...
एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै
शिक्षा, समाचार, हाइलाइट-समाचार

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

नेपालअखबार, गुल्मी। गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ। नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्। ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौं’, उनले भनिन्, ‘विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।’ दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ। सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षि...
खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन :मन्त्री खान
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन :मन्त्री खान

नेपालअखबार, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए । खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने उनको भनाइ छ । ‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ । तर राजनीतिको अखडा नबनाउँ,’ उनले भने, ‘राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् ।’खानेपानीका लागि बजेट नछ्ट्यार प्राथमिकतामा नराखे आफैं त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको...