Friday, July 10

हाइलाइट-समाचार

एमाले मन्त्रीले राजीनामा बुझाए
राजनीति, समाचार, हाइलाइट-समाचार

एमाले मन्त्रीले राजीनामा बुझाए

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सामुहिक राजीनामा बुझाएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसहित आठैजनाले मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्। एमालेको आजै बिहान बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थनसमेत फिर्ता लिने निर्णय गरेको थियो। एमालेले आजै किन छोड्यो सरकार? दुई दिनअघि फागुन १३ गते नेकपा (एमाले) को सचिवालय बैठक बस्यो। दिउँसो राष्ट्रपति उम्मेदवारको मनोनयन गर्नुपर्ने भएकाले उम्मेदवार टुंग्याउन बसेको उक्त बैठकले अर्को पनि निर्णय गर्‍यो- तत्काल सरकार नछोड्ने। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सहित ८ दलले अघिल्लो दिन नै राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेका थिए। ...
राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता
राजनीति, समाचार, हाइलाइट-समाचार

राष्ट्रपतिमा रामचन्द्र पौडेलले गराए उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौँ । कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  उनले शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति पदमा पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक कुमार राई र अब्दुल खान रहेका छन् ।  यस्तै  समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।...
अखिल कप -२०७९  फुटबल प्रतियोगिता  सम्पन्न
खेलकुद, समाचार, हाइलाइट-समाचार

अखिल कप -२०७९ फुटबल प्रतियोगिता सम्पन्न

नेपालअखबार, पाेखरा । अनेरास्ववियू जिल्ला कमिटि कास्की द्वारा आयोजित पुरुष फुटबल प्रतियोगिता अखिल कप -२०७९ सम्पन्न भएको छ। फाल्गुन ३ गते बाट उद्घाटन भइ सुरु भएको कार्यक्रम १२ गते पुरस्कार बितरण सहित समापन भएको छ। ३५ टिम बिच प्रतिस्पर्धा भएको खेलमा प्रशान्त फुटबल टिमले प्रथम स्थान हासिल गरेर अखिल कपको उपाधी उचालेको छ। त्यस्तै गरि टिम ओसिएनले दृत्तिय स्थान ,टिम मनिषले तृतीय स्थान र ए.के एफ सीले सर्बोत्कृष्ट टिमको उपाधी हाँसिल गरेको छ। कार्यक्रममा प्रथम स्थान हाँसिल गर्ने टिमले रु ५०,००० ,दित्तिय हुनेले रु ३०,००० र तृतीय हुनेले र.२०,००० ट्रफि ,मेडल, प्रमाण पत्र प्राप्त गरेका छन। अखिल कपको सर्बोत्कृष्ट खेलाडीको उपाधी जीवन तामाङ ,उत्कृष्ट गोलरक्षक मुमिन तामाङ र सर्बाधिक गोलकर्ताको उपाधी क्षितिज कार्कीले हाँसिल गरेका छन। फाइनल गेम सहित समापन कार्यक्रम नेकपा एसका नेता, पुर्व मन्त्री तथा मानन...
यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन
राजनीति, समाचार, हाइलाइट-समाचार

यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन

नेपालअखबार, काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । सोही दिन अपराह्न ४ बजेभित्र मनोनयपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ भने फागुन २५ गते १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ ।  नेपालको संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपा...
जनताकाे घरदैलाेमा खानेपानी  पु¥याउनु नै पहिलाे प्राथमिकता : खानेपानी मन्त्री खान
राजनीति, समाचार, हाइलाइट-समाचार

जनताकाे घरदैलाेमा खानेपानी  पु¥याउनु नै पहिलाे प्राथमिकता : खानेपानी मन्त्री खान

नेपालअखबार, काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खान र  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे आज खानेपानी मन्त्रालयमा  भेटवार्ता भएकाे छ ।  मन्त्री खानले  युवाकाे काधमा देश बनाउने जिम्मेवारी   नेताहरूले आपसी यस भेटमा छ पूरा गर्न लागि परेकाे बताए । नेपाली जनताकाे घरदैलाेमा खानेपानी  पु¥याउनु नै पहिलाे प्राथमिकता रहेकाे बताए । आज मन्त्री खान र मेयर शाह बिच काठमाडाैं उपत्यकामा खानेपानी सहज रूपमा जनतालाई कसरी वितरण गर्न सकिन्छ भन्ने  विषयमा कुराकानी भएकाे थियाे । वर्तमान समयमा  काठमाडाैं उपत्यकामा  मेलम्चीकाे खानेपानी आएता पनि समान रूपमा जनताकाे घरदैलाे सम्म पुर्याउन पहिलाे  प्रथामिकतामा राख्ने  मन्त्री खानले बताएका छन्  ।  मन्त्री खानकाे उत्त प्रस्तावमा मेयर शाहले महानगरपालिका सहकार्यकाे लागि तयार रहेकाे बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड भित्रकाे राजनितिकरणकाे प्रत्यक्ष ...
एक वर्षदेखि ओढारकै बास!
समाचार, समाज, हाइलाइट-समाचार

एक वर्षदेखि ओढारकै बास!

नेपालअखबार,बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्। बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन्। छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए। ‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ। उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन्। हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्न थालेको हुँ,’ उनले भने। राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्छन्। सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ। उनी सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन्। शारीरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल कुराकानी गर्न सक्छन्। ‘उहाँ हाम्रो भै...
भूकम्पमा जन्मेकी उनले पाइन् नाम र सहारा
विश्व, समाचार, हाइलाइट-समाचार

भूकम्पमा जन्मेकी उनले पाइन् नाम र सहारा

नेपालअखबार, एजेन्सि। झन्डै २ साताअघि टर्कीमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको भूकम्पका बेला जन्मिएकी नवजात शिशुले सहारा पाएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार शनिबार उनका अंकल र आन्टीले उनको जिम्मा लिएका हुन्। सिरियाको एलोप्पो प्रान्तस्थित जिन्देरिसमा उद्धारकर्ताहरूले भूकम्पको अर्को दिन ती नवजात शिशुलाई फेला पारेका थिए।  ती नवजात शिशुको परिवार बस्ने पाँच तले घर भूकम्पले ढलेको थियो। उद्धारकर्ताहरूले शिशुलाई जन्म दिएलगत्तै उनकी आमाको पनि भूकम्पमा परी मृत्यु भएको हुनसक्ने बताएका छन्। ती शिशुकी आमासँगै बुवा र चार जना दाइ-दिदीहरू पनि भूकम्पमा बितेका छन्। उद्धारकर्ताले उनलाई सालनाल नकाटिएको अवस्थामा फेला पारेका थिए।उनलाई आफन्तहरूले तत्काल अफ्रिन सहरमा रहेको अस्पतालमा पुर्‍याएका थिए। उनलाई एडप्ट गर्न संसारभरिका सयौं मानिसले अस्पतालमा प्रस्ताव पठाएका थिए। अस्पतालले डि...
एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ : माधव नेपाल

नेपालअखबार, पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका हुन् । उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने । अर्को एक प्रसंगमा उनले मेची किनारबाट  प्रतिगमनकाे यात्रा सुरू हुन लागेकाे संकेत मिलेकाे जिकिर  समेत गरे । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।...
खानेपानीमा कसैलाई पनि राजनीति गर्ने छुट छैन : मन्त्री अब्दुल खाँन
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानीमा कसैलाई पनि राजनीति गर्ने छुट छैन : मन्त्री अब्दुल खाँन

नेपालअखबार, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खाँनले संविधानमा खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा राखिएकाले राजनीतिभन्दा माथि उठेर सेवा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १५ औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै उनले राजधानीवासीका घरघरमा खानेपानी सेवा दिनसकेमात्र वार्षिकोत्सव मनाएको महत्त्व हुने बताए । काठमाडौँ उपत्यकाका सबै स्थानमा समानुपातिक रूपमा खानेपानी वितरण गर्न पनि मन्त्री खाँनले सरोकार भएका निकायका अधिकारीलाई निर्देशन दिए । उनले नेपालले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने बताए । मन्त्रालयलगायत खानेपानीसँग सरोकार भएका निकायले गल्ती गरे त्यसलाई सार्वजनिक गरेर सञ्चारमाध्यमले सहयोग गर्न पनि आग्रह गर...
भूकम्पको भग्नावशेषमा भेटिएकी नवजात शिशुको जिम्मा लिन हजारौं इच्छुक
विश्व, समाचार, हाइलाइट-समाचार

भूकम्पको भग्नावशेषमा भेटिएकी नवजात शिशुको जिम्मा लिन हजारौं इच्छुक

नेपालअखबार, काठमाडौं । सिरियामा भूकम्पले भत्किएको एउटा घरभित्र जन्मेकी नवजात शिशुको जिम्मा लिन हजारौं अघि सरेका छन् । सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने शहरमा उद्धारकर्ताहरुले ती शिशुलाई आमाको गर्भनालमा जोडिएकै अवस्थामा फेला पारेका थिए । उनको सिरियाकै अस्पतालमा उपचार भइरहेको छ । उनको नाम अया राखिएको छ । उद्धारकर्ताले उनलाई भग्नावशेषबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ती भिडियो शेयर गर्दै विश्वभरबाट हजारौंले बच्चीको पालनपोषणको जिम्मा लिने इच्छा जनाएका छन् । अयाको उपचार गरिरहेको अस्पतालका प्रबन्धक खालिदा अतियाले बच्चीलाई धर्मपुत्री बनाउन इच्छुक धेरैले अस्पतालमा फोन पनि गरेको बताए । चार महिनाकी छोरी हुर्काइरहेका अतियाले भने,  ‘अहिले म अया कसैलाई पनि दिने छैन, उनका नातेदारहरु नआएसम्म उनलाई म मेरी छोरीसँगै उनको पालनपोषण गर्नेछु । भूकम्पमा परेर अयाका आमा, बाबु र ...