Saturday, July 11

हाइलाइट-समाचार

डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

डोनाल्ड ट्रम्प र पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका थिए । चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएका होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।...
बलात्कारपछि त्रिशूलले रोपेर बीभत्स हत्या
समाचार, हाइलाइट-समाचार

बलात्कारपछि त्रिशूलले रोपेर बीभत्स हत्या

नेपाल अखबार, कैलाली । बझाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी उनी घर फर्किनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।घटना भएको राति नै प्रहरीले मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । अनुसन्धान र छानबिनको क्रममा उनले बलात्कार र हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । ‘बोहराले घटना आफूले घटाएको स्वीकार गरिसकेका छन्,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले भने ‘उनले ढुंगाले हानेर र त्रिशूल रोपेर बालिकाको हत्या गरेको बताएका छन् ।’ घटनास्थलबाट प्रहरीले त...
दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला
समाचार, समाज, हाइलाइट-समाचार

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

नेपाल अखबार,रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो। युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली (सार्की) जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ। विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन ल्याएर परीक्षण गरेका थिए। त्यतिखेर गर्भवती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समीक्षाले बताइन्। तर शम्शेरले विवाह ...
कमिसनखोरी र भ्रष्टाचारको ठिमाहा सन्तान 'दलालपुँजीवाद' ।
विचार, साहित्य \कला, हाइलाइट-समाचार

कमिसनखोरी र भ्रष्टाचारको ठिमाहा सन्तान 'दलालपुँजीवाद' ।

पुरुषोत्तम पौडेल , हेटौडा । हामी कम्युनिष्ट पार्टीमा लाग्दा सामन्तवाद तथा दलाल नौकरशाही पुजीवादलाई नेपाली जनताको मुख्य शत्रु भनेर पढाइएको थियो । सामन्तवादलाई वुझ्न हामीलाई खास कठिनाइ थिएन । गाऊ गाऊमा सामन्तहरूको रजधज तथा शोषण व्याप्त थियो । अझ तराईमा त सामन्तहरूको बिगबिगी भएकोले सजिलै वुझिन्थ्यो । दलाल तथा नौकरशाही पुजीपतीहरूलाई वुझ्न निक्कै समय लाग्यो । आजकल भने दलाल तथा नौकरशाही पुजीपतीहरूको वजार अली गरम भएको देखिन्छ । देशको पुजीवजार र लगानीको क्षेत्रलाई उनिहरूको सिधै नियन्त्रण गर्न थालेको देखिन्छ । अरू त अरू राज्यले लगाऊने ठेक्का पट्टामा समेत दलाल पुजीपतिहरूले हातको सफाई गरेको चर्चा हुन थालेको छ । त्यसैले होला अहिले दलाल पुजीपती वर्गलाई नेपाली समाजको परिवर्तनको प्रमुख वाधाको रूपमा हेर्न थालीएको छ । हामी किशोर अवस्था देखी नै राजनीतिमा समाहित भयौ । सुरू देखी नै ‘दलाल पुँजीवाद’ को ठाडो विर...
बलात्कृत युवतीको परिवार भेट्न जाँदा राहुल गान्धी र प्रहरीबीच घम्साघम्सी
विश्व, समाचार, हाइलाइट-समाचार

बलात्कृत युवतीको परिवार भेट्न जाँदा राहुल गान्धी र प्रहरीबीच घम्साघम्सी

नेपाल अखबार, एजेन्सि। भारतको विपक्षी दल काँग्रेस आईका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएर हाथरस जानबाट रोकेको छ। सो क्रममा राहुल गान्धीका समर्थक र प्रहरीबीच घम्साघम्सी भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उत्तर प्रदेशमा सामूहिक बलात्कारपछि मृत्यु भएकी युवतीको परिवारलाई भेट्न जाने क्रममा राहुल र उनका बहिनी प्रियंकालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको थियोl गाडीबाट जाँदै गर्दा प्रहरीले रोकेपछि उनीहरु पैदल हिँडेर पीडित परिवार भेट्न जाँदै थिए। सो क्रममा प्रहरीले उनीहरलाई नियन्त्रणमा लिएको जनाइएको छ। सार्वजनिक भिडियोमा प्रहरीले राहुल गान्धीलाई धकेलिएको देखिएको छ। राहुल गान्धीले आफूलाई प्रहरीे धकेल्दै लाठीले हानेको बताएका छन्। हालैमात्र उत्तर प्रदेशको हाथरसमा एक १९ वर्षकी दलित युवतीमाथि सामूहिक बलात्कार भएको थियो। उनको दिल्लीमा उपचारको क्रममा मृत्यु भएक...
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्‍यो दशैँको साइत
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्‍यो दशैँको साइत

नेपाल अखबार काठमाडाैं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ। नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ। घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागव...
पर्सामा नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी
प्रदेश २, समाचार, हाइलाइट-समाचार

पर्सामा नक्कली इन्सपेक्टरले लगाएको सक्कली बर्दी

नेपाल अखबार, पर्सा । बुधबार प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाकमा ठगी गर्दै आएका बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई पर्सा प्रहरीले पक्रेको छ । रायले लगाएको इन्सपेक्टरको बर्दी सक्कली रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार रायले लगाएको पोशाक नेपाल प्रहरीले लगाउने सक्कली बर्दी हो । बर्दीसहित पक्राउ परेका रायले प्रहरीको बर्दी कहाँबाट ल्याए ? प्रहरी संगठनमा चासोको विषय बनेको छ । रायले बर्दी कहाँबाट ल्याए अनुसन्धान भइरहेको एसपी पन्त बताउँछिन् । काठमाडौँबाट किनेर ल्याएको रायले प्रहरी समक्ष बयान दिएका छन् । यद्यपि कुन टेलरमा सिलाउन दिएको खुलाएका छैनन् । कामको सिलसिलामा पोशाक च्यातिएको खण्डमा प्रहरी कर्मचारीले जुनसुकै बेलामा पनि पोशाक सिलाउन सक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर...
बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

नेपाल अखबार, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले ...
पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने
समाचार, हाइलाइट-समाचार

पोखरा–दिल्ली बस सेवा सञ्चालनमा आउने

नेपाल अखबार, पाेखरा। कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकीय शहर पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ । पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पु¥याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पु¥याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए । विगतमा नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको एक र प्रालिअन्तर्गत एक गरी दैनिक दुई बस पोखरा–दिल्ली रुटमा सञ्चालन भए पनि हाललाई दैनिक एउटा बसले मात्र सेवा दिने उनले ...
कक्षा १२ को परीक्षा गर्न विभिन्न विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‍मा
शिक्षा, समाचार, हाइलाइट-समाचार

कक्षा १२ को परीक्षा गर्न विभिन्न विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‍मा

नेपाल अखबार, काठमाडाैं। कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०÷५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो । उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन् । तत्काल निर्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ । दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ । यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजिताला...