Saturday, July 11

हाइलाइट-समाचार

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा
प्रशासन, समाचार, हाइलाइट-समाचार

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

नेपाल अखबार, चितवन। चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ। मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो। नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए। ‘सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ‘ उनले भने। यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताए। अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले डिपिआर निर्माण छिट्टै अघि बढ्ने बताए। ‘प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक, एकै दिन ११७८ को मृत्यु
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक, एकै दिन ११७८ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ। वल्र्डओमिटरका अनुसार त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार पाँच सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ संक्रमणबाट एक हजार १ सय ७८ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ८० हजार पाँच सय जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो सयम संक्रमण र मृत्युदर उच्च भएका देशमा भारत विश्वमै सबैभन्दा अगाडि छ। त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघेको छ। भारत कोरोना संक्रमणबाट धेरै मृत्यु हुने देशमा अमेरिका र ब्राजिलपछि विश्वमै तेस्रो स्थानमा छ भने संक्रमितको संख्या सबैभन्दा धेरै भएको अमेरिकापछि दोस्रो स्थानमा भारत छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय ४३ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुई लाख ८७ हजार भन्दा धेरै नयाँ संक्...
ट्रम्पको आरोपः भारतले कोरोनाका कारण ज्यान गुमाएकाहरुको आँकडा लुकाइरहेछ
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

ट्रम्पको आरोपः भारतले कोरोनाका कारण ज्यान गुमाएकाहरुको आँकडा लुकाइरहेछ

नेपाल अखबार, एजेन्सि। अमेरिकामा राष्ट्रपति पदका लागि डोनल्ड ट्रम्प र जो बाइडनबीच पहिलो डिबेट सुरु भइसकेको छ । दुबै प्रतिद्वन्द्वी विभिन्न मुद्दा जस्तै स्वास्थ्य, न्याय र अर्थव्यवस्थालगायतमा कुरा गरिरहेका छन् र एक–अर्कामाथि तिखो हमला गरिरहेका छन् । कोभिड–१९ को महामारीबारे प्रश्न सोध्दा डोनल्ड ट्रम्पले यदि जो बाइडन उनको स्थानमा भएको भए अमेरिकामा धेरैको मृत्यु हुने बताए । जवाफमा बाइडनले महामारीसँग लड्नका लागि ट्रम्पसँग कुनै योजना नभएको आरोप लगाए । अमेरिकामा कोरोनाभाइरस संक्रमणका ७० लाखभन्दा बढी संक्रमित छन् भने हालसम्म दुई लाख बढीको मृत्यु भइसकेको छ । कोरोनाभाइरसमाथि चर्चाः बाइडनले कोरोनाभाइरस महामारीसँग लड्नका लागि ट्रम्प प्रशासनको आलोचना गरे जसको जवाफमा ट्रम्पले महामारीसँग जुध्नका लागि सरकारले उत्कृष्ट काम गरेको बताए । उनले भने, ‘हाम्रो सरकार कोरोनाभाइरससँग लड्नका लागि मास्क, पिपिई किट र औष...
रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

नेपाल अखबार,काठमाडाैं। रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ। मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको रोयटर्सले जनाएको छ। ट्रिनिटी फर्मास्युटिकलको माध्यमबाट नेपालमा उक्त कोरोनाविरुद्धको खोप स्पुतनिक–भी वितरण हुने जनाइएको छ। रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले आफ्नो खोप विश्वभर निर्यात गरिरहेको छ। फन्डले भारतमा एक सय मिलियन डोज भ्याक्सिन पठाउने बताइसकेको छ। यस भ्याक्सिन भारतमा पनि परीक्षण हुने क्रममा रहेको छ। रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले उक्त भ्याक्सिन आफ्नो छोरीमा पनि परीक्षण ग...
बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता
समाचार, समाज, हाइलाइट-समाचार

बागलुङको बाढीपहिरोमा परेका १६ जना अझै बेपत्ता

नेपालअखबार, बागलुङ । यो वर्षको मनसुन सुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बागलुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाको मृत्यु भएको छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका-९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका-१ मा खसेको पहिराले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् ।महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए । सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भए...
आजकाे आवश्यकता रक्तदानका लागि महिला सहभागिता
विचार, साहित्य \कला, स्वास्थ्य, हाइलाइट-समाचार

आजकाे आवश्यकता रक्तदानका लागि महिला सहभागिता

सल्मा बेगम, काठमाडौं । नेपाली समाजमा धेरै नै प्रचलित भनाइ छ रक्तदान जीवनदान ,आवश्यक्ता पनि तपाईंको शरीरमा बग्ने रगतको केही थोपाले अरु कसैको जीवन बचाउनु नै उनलाई जीवन दान गर्नु सरह हो। केही पनि कुरा दान गर्नु आफैमा पुन्यको काम हो त्यो भन्दा पनि ठुलो कुरा हो रगत दान गर्नु र अरु कसैकी जीवन बचाउनु । रक्तदान गर्नु एक सामाजिक कार्य हो जुन स्वास्थ ब्यक्तिले स्वैच्छिक र स्वस्फूर्त रुपमा नि शुल्क आफ्नो शरीरमा भएको रगतको केही मात्रा आवश्यता परेका ब्यक्तीलाई मेडिकल प्रयोजनको निम्ति दिने गर्दछ्न। नेपालमा धेरै जसो होलब्ल्ड दान गर्ने गरिन्छ जस्मा रगत भित्ररहने सम्पुर्ण पदार्थलाई लिइन्छ। नेपालमा धेरै जसो बिरामीहरु रगतको अभावमा मृत्युुबरण गर्न पुग्छन। विशेष गरि अप्रेसन कक्ष ,क्यान्सर बिरामी, सुत्केरी या प्रसबको समय,त्यस्तै कुनै सडक दुर्घटनामा परेर घाइते भएका बिरामीहरुको लागि रगत जरुरत पर्दछ। रगत कुनै प्रय...
विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ
प्रदेश १, शिक्षा, समाचार, हाइलाइट-समाचार

विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ

दिक्तेल । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर–बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले व...
छोरी बलात्कार गर्ने बाबु पक्राउ
समाचार, समाज, हाइलाइट-समाचार

छोरी बलात्कार गर्ने बाबु पक्राउ

नेपाल अखबार, धादिङ । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो । रासस...
बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्रीको निर्देशन
प्रशासन, समाचार, हाइलाइट-समाचार

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारवाही गर्न गृहमन्त्रीको निर्देशन

नेपाल अखबार, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिइसकेको बताएका छन् । बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएको टिप्पणी गरे । उनले यस्तो मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संशोधन गरिने बताए । उनले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको बताए । सो क्रममा प्रहरी महानिरीक्ष...
गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमणबाट मुक्त
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याल कोरोना संक्रमणबाट मुक्त

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा रहनुभएका अर्यालको आइतबार पुनः स्वाब परीक्षण गरिएकोमा सोमबार नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिनुभयो । प्रमुख प्रहरी अर्यालमा गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।...