ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा
नेपाल अखबार, एजेन्सि। यसवर्ष संयुक्त राष्ट्र महासभाको ७५ औं सत्र थुप्रै तरिकाले ऐतिहासिक रह्यो । कोरोनाकालको प्रतिबन्धलाई मध्येनजर गर्दै यो बैठक भर्चुअल भयो र नेताले पहिले नै रेकर्ड गरेको भाषण पठाए ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले शीतयुद्धको कुरा पहिलो पटक उठाउँदै आफूहरु सबैजना योबाट बच्नुपर्ने आवश्यक भएको बताउँदा फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले संसारको भविष्य चीन र अमेरिकाबीच प्रतिद्वन्द्वीताको आधारमा समेट्न नहुने बताएका छन् ।
यी सबैबीच सबैभन्दा चर्चाको विषय भनेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङको भाषण रह्यो ।
संयुक्त राष्ट्र महासभाको वार्षिक सत्रको क्रममा अमेरिका र चीनबीच तनाव खुलेर सार्वजनिक भएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणका लागि चीनलाई जिम्मेवार देखाएका छन् । उनले चीनलाई यो महामारीका लागि जिम्मेवा...
