Saturday, July 11

हाइलाइट-समाचार

शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

नेपाल अखबार, काठमाडाैं। यात्रा गर्नेबित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र यस अवधिमा कोरोना संक्रमणका कुनै लक्षण देखापरे स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे। तर दुई सातासम्म कोरोना संक्रमणका कुनै लक्षण देखिएन भनेचाहिँ पीसीआर परीक्षण गर्न आवश्यक नहुने उनले बताए। अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरे। लकडाउन खुलेलगत्तै विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यक...
डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा
विश्व, समाचार, हाइलाइट-समाचार

डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारी ट्रम्पले ठगीको मुद्दा दायर गरेकी छिन्। बिहीबार म्यारीले ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा ठगी गरेको र धोका दिएको भन्दै मुद्दा दायर गरेको सीएनएनले जनाएको छ। म्यारी फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्। फ्रेड डोनाल्ड ट्रम्पका जेठा दाई थिए। आफ्ना हजुरबा फ्रेड ट्रम्प सिनियरले निर्माण गरेको रियल–स्टेट इम्पाइरबाट पाउनुपर्ने ब्याज तथा रकमहरुबाट आफूलाई काका डोनाल्ड ट्रम्प र पिताका अन्य बहिनी र भाइहरुले ठगी गरेर, धोका दिएर बन्चित गरेको म्यारीको भनाइ छ। म्यारी भन्छिन्,‘ठगी ट्रम्पहरुको केवल परिवारको व्यवसाय मात्र थिएन। यो जीवनशैली थियो।’ काका डोनाल्ड ट्रम्प र पिताका अन्य भाई र बहिनीले जबर्जस्ती एउटा सम्झौतामा हस्ताक्षर गर्न लगाएको म्यारीले उल्लेख गरेकी छिन्। यसरी आफूले प्राप्त गर्नुपर्ने लाखौं डलरभन्दा बढी रकम प्राप्त नगरेक...
शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

शिक्षामन्त्रीको आग्रह : तत्काल विद्यालय नखोल्नुस्

नेपाल अखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरे । मन्त्री पोखरेलले न्यूनतम सिकाइको सुनिश्चितका लागि सरकारले आकस्मिक कार्ययोजना ल्याई यही असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेकाले सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्न निर्देशन गरिएको बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क ...
अख्तियार र चिन्ता फिक्री मुक्त भ्रष्टाचार !
विचार, साहित्य \कला, हाइलाइट-समाचार

अख्तियार र चिन्ता फिक्री मुक्त भ्रष्टाचार !

पुरुषोत्तम पौडेल, वारा  । " चोर चोर मौसियात भाई "। भोजपुरी भाषाको एउटा उखान हो । अर्थात सवै चोरहरू आमा-सानीमाका छोराहरू जस्तै हुन्छन । आमा र सानीमाका छोराहरू भन्नुको अर्थ दाजुभाइ हुन । केही केही विषयमा सामान्य विवाद झगडा होला । लेनदेनमा कहिले काही ठाकठुक पर्ला तर भागवण्डा मिलेपछि खेल खत्तम भइहाल्छ । भागवण्डा नमिल्दाको विवाद र झगडाले मुलुकको तरक्की हुने वाला छैन । अझ भनौ, हामीले पार्टीको नाम जेसुकै राखौ । निती सिध्दान्त जति सुकै राम्रो वनाऔ । यदी हाम्रो व्यवहार पार्टीको नाम र निती सिद्धान्त अनुसारको वनाउन सकेनौ भने कुनै अर्थ राख्दैन । हाम्रो सिद्धान्त अनुसारको व्यवहार भएन भने केही काम लाग्दैन । हाम्रो काम गराइले आधारभूत जनताको सेवा गरेन भने पार्टीको नाम र सुन्दर सिध्दान्त अनी नेताजीको खाइलाग्दो व्यक्तित्वको पनि कुनै अर्थ हुदैन । मुल कुरा त हामी सेवा कस्को गरि रहेका छौ भन्ने नै हो । राजनिती...
कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जाने डब्ल्यूएचओको चेतावनी
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाको खोप पत्ता लाग्नुअघि २० लाखको ज्यान जाने डब्ल्यूएचओको चेतावनी

नेपाल अखबार, एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए । सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाखभन्दा धेरै छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ...
इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति

नेपाल अखबार, एजन्सि।आज २६ सेप्टेम्बर ।  १९८४ को यही दिन हङकङमाथिको बेलायतको १ सय ५० वर्षे अधिपत्य समाप्त गर्ने विषय सहमतिमार्फत टुुंगोमा पुुगेको थियो । चीन र बेलायतबीचको सहमतिमा दुुई महत्त्वपूर्ण कुरा समावेश थिए – बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तण गर्ने, कम्युनिष्ट राज्य चीनको अधीनमा भएपनि स्वायत्ततासहितको पुँजीवादी शासन व्यवस्था हङकङमा कायमै रहने । दुुई वर्षसम्म चलेको निरन्तर संवाद र बहसपछि  बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा चीनका लागि बेलायती राजदूत रिचर्ड इभान्स र चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख झोउ नानबीच सहमति भएको थियो, त्यसपछि यसलाई औपचारिक मान्यता दिन  बेलायत सरकारसँग माग गरियो । सहमतिअनुसार चिनियाँ अधिकारीहरु हङकङलाई उच्च रुपमा स्थानीय स्वायत्तता दिन तयार थिए । यसको अर्थ हङकङमा चलिआएको सामाजिक, आर्थिक र कानूनी प्रणाली कायम रहने, तर यस शहरको रक्षा र विदेशी मामिला बेइजिङले ...
नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, ५१ हजार बढी निको भए
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, ५१ हजार बढी निको भए

नेपाल अखबार,पाेखरा। नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।...
त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति
शिक्षा, समाचार, हाइलाइट-समाचार

त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको छ । त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो । उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ । यस्तै टियू भिजन २०३० को कार्यान्वयनकमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भ...
अझै तीनदिन देशभर वर्षा हुने
समाज, हाइलाइट-समाचार

अझै तीनदिन देशभर वर्षा हुने

नेपाल अखबार, पाेखरा। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उनले भनिन् । उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ ।  राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं। १, २, ५, वाग...
इतिहासमा आज – मक्कादेखि मदिनासम्म मोहम्मदको हिजरत
धर्म/संस्कृति, समाचार, हाइलाइट-समाचार

इतिहासमा आज – मक्कादेखि मदिनासम्म मोहम्मदको हिजरत

नेपाल अखबार, एजेन्सि। आज २४ सेप्टेम्बर । सन् ६ सय २२ मा ईस्लाम धर्मका संस्थापक पैगम्बर महोम्मदले मक्कादेखि मदिनासम्म हिजरत (धार्मिक यात्रा) पूरा गरेका थिए । मोहम्मद आफ्नो समयका प्रभावशाली धार्मिक, राजनीतिक तथा सामाजिक नेता हुन् । मक्कामा उनको जन्म ५ सय ७० मा भएको थियो । उनी जन्मनुअघि नै बाबुको निधन भइसकेको थियो, ६ वर्षको छँदा आमाको निधन भयो । ८ वर्षको छँदा हजुरबुबाको निधन भएपछि मोहम्मदलाई हुर्काउने काम काका अबु तलिबले गरे ।  सुरुमा मक्कामै बसेर मोहम्मदले व्यापार गरिरहेका थिए । यसक्रममा उनी एक सत्यवादी तथा इमान्दार व्यक्तिका रुपमा प्रसिद्ध थिए । उहाले ४०बर्षको उमेरमा नुबुवत(आफू अल्लाहका सन्देष्टा भएको कुरा)अरुको अघि घोषणा गर्नुभएको थियो। यसपछि उनले इस्लाम धर्मअनुसार एक ईश्वर  अल्लाहकाे प्रथाना गर्न सल्लाह दिए । मक्कामा उनले झन्डै १ सयको हाराहारीमा आफ्ना अनुयायीहरु बनाएका थिए । तर, यी अनुयाय...