Friday, July 10

हाइलाइट-समाचार

कास्कीमा १२ भदौसम्म थपियाे निषेधाज्ञा
प्रदेश ४, प्रशासन, समाचार, हाइलाइट-समाचार

कास्कीमा १२ भदौसम्म थपियाे निषेधाज्ञा

नेपाल अखबार, पोखरा । कास्कीमा जारी निषेधाज्ञा १२ भदौसम्म  थपिएकाे छ । जिल्ला जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो । समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ । अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णण भएको कास्कीका सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए । पछिल्ला दिनमा ट्राभल हिस्ट्री भएकाहरूमा संक्रमण भेटिएको छ । समुदाय स्तरमा संक्रमण फैलिएको संकेत देखिएकाले निषेधाज्ञा राख्नुपर्ने पोखरा महानगरपालिकाका म...
डब्ल्यूएचओले जारी गर्‍याे मास्क लगाउनेबारे नयाँ नियम
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले जारी गर्‍याे मास्क लगाउनेबारे नयाँ नियम

नेपाल अखबार, एजेन्सि । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट बच्न मास्क लगाउनेबारे नयाँ नियम जारी गरेकाे छ। १२ वर्षभन्दा माथिका बालबालिकाले वयस्क व्यक्तिले जत्तिकै भाइरस फैलाउने उल्लेख गर्दै डब्ल्यूएचओले उनीहरुले पनि अनिवार्य मास्क लगाउनुपर्ने सल्लाह दिएकाे हाे। वयस्कका लागि जुन जुन नियम लागू गरिएका छन्, १२ वर्षमाथिका बालबालिकाले पनि त्यो पालना गर्नुपर्ने सुझाव उसले दिएको छ। डब्ल्यूएचओका अनुसार ५ वर्ष र त्यसभन्दा मुनि उमेरका बालबालिकाले भने मास्क लगाउन हुँदैन। तर ६ देखि ११ वर्षसम्मका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गर्न तथा उनीहरुको हेरविचार गर्न पर्छ। यस्तै डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसले कपडाको मास्क लगाउँदा पनि हुने र यसभन्दा माथि उमेरका र अन्य रोगबाट ग्रसित व्यक्तिले भने मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ। स्राेत : बीबीसी...
स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

स्वाब दिएपछि अनिवार्य क्वारेन्टिनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल अखबार, काठमाडाैं। पिसीआरको लागि स्वाब  दिइसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् । सरकारी अस्पतालका नर्सिङ, पारामेडिकहरुले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) नपाएको भन्ने गुनासो आएकाले मन्त्रालयका दुईवटा कल सेन्टर १११५ र ११३३ मा खबर गरी पिपिइ लिन उनले अनुरोध गरे । यस्तै काठमाडौँमा सङ्क्रमणको दर बढिरहेकाले सङ्क्रमतिको नजिक आएकाहरुलाई ‘प्राइमरी कन्ट्याक्ट’ भनिएकाले ती प्राइमरी कन्ट्याक्टमा आएकालाई तुरुन्तै पिसीआरका लागि स्वाब दिन मन्त्रालयका प्रवक्ता डा गौतमले अनुरोध गरे । नेपालमा अहिलेसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसीआर परीक्षण गारिएको छ । तीमध्ये ३१ हजार ११७ जनामा सङ्क्रमण, १८ हजार ३५० जनामा सङ्क्र...
कोरोना संक्रमण बढ्न थालेपछि दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना संक्रमण बढ्न थालेपछि दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी

नेपाल अखबार, एजेन्सि। दक्षिण कोरियाले कोरोना भाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ। कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन्। सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाएको छ। स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिए। दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए। नयाँ थपिएका सङ्क्रमितमध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ। दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ। सङ्क्रमण राजधानीबाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए। कतिपय प्रतिवन्धात्...
भारतमा एकैदिन झन्डै ७० हजारमा कोरोना पुष्टि
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा एकैदिन झन्डै ७० हजारमा कोरोना पुष्टि

नेपाल अखबार, एजेन्सि। भारतमा हालसम्मकै बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन देखिएका कोरोना संक्रमित संख्याको सबैभन्दा उच्च संख्या हो। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ७९४ को मृत्यु भइसक्दा २२ लाख २२ हजार उपचारपछि स्वस्थ बनेका छन्र । भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित छन्। एजेन्सी...
नागरिकता नपाउँदाको चिन्ता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

नागरिकता नपाउँदाको चिन्ता

नेपाल अखबार, पाेखरा । असहाय बनेका अवस्थामा पोखरा वृद्धाश्रमले आश्रय त दियो नै तर कतिपय यहाँ बस्ने ज्येष्ठ नागरिकलाई नागरिकता नपाउँदाको पीडाले बेलाबेलामा चिन्तित बनाउने गरेको छ । नेपालमै जन्मेर पनि बेवारिसे अवस्थामा वृद्धाश्रममा आएका ज्येष्ठ नागरिकमध्ये आठ जना अहिले पनि नागरिकताविहीन छन् । बुढेयौली उमेरसम्म पनि देशको नागरिक बन्न नसकेका यहाँका ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रमले अभिभावक बन्दै नागरिकता दिन प्रयास गरे पनि झन्झटिला नियम कानूनले समस्या पार्ने गरेको छ । सरकारी पक्षको उचित ध्यान नपुग्दा जीवनको उत्तराद्र्धमा आइपुग्दासमेत उनीहरूले नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन् भने कतिपय आमाबुवाको त नागरिकता प्राप्त गर्ने धोको पूरा नभई स्वर्गवास भइसकेको वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए । ‘आफन्त नभई बेवारिसे एवं परिवारबाट अपहेलित समाजका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमले से...
पोखराका  १३ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखराका १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा  १३ जनामा संक्रमण पुष्टि भएको छ ।  पोखरा महानगरका आठ वडामा १३ जना थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ४ मा दुई ,५ मा एक, वडा नं ६ मा दुई , वडा नं ८ मा चार तथा वडा नं ९,१६,२७ र ३० मा एक÷एक जना थपिएका छन् । यसअघि आज विहानै पोखरामा तीन जना सहित गण्डकी प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।...
हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार
समाचार, समाज, हाइलाइट-समाचार

हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार

नेपाल अखबार, बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ। बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन्। विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताए। पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस...
किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला
विश्व, समाचार, हाइलाइट-समाचार

किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला

नेपाल अखबार, एजेन्सि ।  इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेको तर संदिग्धले बलात्कारको आरोप भने अस्विकार गरेका छन् । किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप छ । पूरा इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ । इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले जिम्मेवार व्यक्तिलाई सजाय दिइने बताए । उनले ट्वीट गरे, ‘यो अचम्मित गरिदिने घटना हो । यसका लागि कुनै शब्द छैन । यो ती किशोरीविरुद्धको अपराध मात्र नभई मानवताविरुद्धको अपराध हो जसको चौतर्फी निन्दा हुनुपर्छ ।’ गत शुक्रबार यी किशोरीले प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन् । इजराइली मिडिया...
लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९
समाचार, समाज, हाइलाइट-समाचार

लिदी पहिरोः चार वर्षीय बालकसहित चारको शव फेला, मृतक २९

नेपाल अखबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ। आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। पहिरामा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस...