Friday, July 10

हाइलाइट-समाचार

कोरोनाबाट ब्राजिलमा पनि एक लाख नाघ्यो मृत्यु संख्या, अरु देशमा कति पुग्यो?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट ब्राजिलमा पनि एक लाख नाघ्यो मृत्यु संख्या, अरु देशमा कति पुग्यो?

नेपाल अखबार, एजेन्सि। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो । ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ । कोरोनाभाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरुः क्र.सं.  मुलुक                           कुल संक्रमित         निको भएका                   मृत्यु १. संयुक्तराज्य अमेरिका                 ५१,४९,७२३           २६,३८,४७०                 १,६५,००० २. ब्राजिल                                     ३०,१३,०००     ...
एकताबद्ध हुन आजको दिन प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

एकताबद्ध हुन आजको दिन प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् । मुख्मन्त्री गुरुङले २६ औं विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । बन्दाबन्दी हटे पनि कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्न...
काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

नेपाल अखबार, काठमाडौँ  ।  तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन ।खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको...
सौराहामा होटल खुले, ग्राहक आएनन्
अर्थ, समाचार, हाइलाइट-समाचार

सौराहामा होटल खुले, ग्राहक आएनन्

नेपाल अखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए । जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, “होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।” सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए । घिमिरेले थपे, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको...
बर्दियामा ५ दिन निषेधाज्ञा
प्रशासन, हाइलाइट-समाचार

बर्दियामा ५ दिन निषेधाज्ञा

नेपाल अखबार, बर्दिया । छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यही साउन २५ गते बिहान ६ देखि साउन २९ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबाहक गाडी र सवारी अनुमति पास भएका गाडी स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ ।   रासस...
एकतर्फि प्रेमकाे विकल्प एसिड देख्ने ति अमानवहरू ………
विचार, साहित्य \कला, हाइलाइट-समाचार

एकतर्फि प्रेमकाे विकल्प एसिड देख्ने ति अमानवहरू ………

सलमा बेगम काठमाडाैंं। तपाइलाई तपाइको शरीरको  कुनै अङ्गमा कुनै पनि लापरवाही या दुर्घटनाबस केही तातो बस्तुले पोल्दा वा डाम्मिदा कस्तो अनुभव गर्नु हुन्छ? पक्कै कसैले गर्नु भएको छ होला ,हामी हत्तपत्त हात या शरीर या आङ्ग हटाइहाल्छौ,आथा पोल्यो भन्छौ,हतारहतार चिसो पानीमा डुबाउछौ या पखान्छौ,केही अरु घरेलु उपचार गरि हाल्छौ जस्ले हाम्रो जलनलाई कम गरोस,जलेको या पोलेको प्रकृति हेरेर हामी तुरुन्तै अस्पताल कुदछौ,मलम पट्टि लगाउछौ,डा• ले यति %जलेको रैछ भन्नू हुन्छ तेसै अनुसार उपचार सुरु हुन्छ, केही दिन या महिना उपचार चल्छ अन्तत घाइते या बिरामी निको भइ घर फर्कन्छ। यो सामन्य बर्न को घट्ना हो, तर आज भोलि हामीले देखेको र सुनेको बर्न केस असामान्य किसिमका छन केहि अन्जानमा ,दुर्घटना बस जलेको नभइ नियतबस योजनाबद्ध रुपले आगो पानी या तातो वस्तुले हैन छाला,कोष,र तन्तु मात्र नभै हड्डी र जोर्नी समेत प्वाल पार्न सक्ने श...
नुवाकोट आजदेखि ‘लकडाउन’
प्रशासन, समाचार, हाइलाइट-समाचार

नुवाकोट आजदेखि ‘लकडाउन’

नेपालअखबार,नुवाकोट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ । यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारक...
सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री
प्रशासन, समाचार, हाइलाइट-समाचार

सरकारले पूर्ण लकडाउनबारे सोचेको छैन : सञ्चारमन्त्री

नेपाल अखबार, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’ तर नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने मन्त्री खतिवडाले जानकारी दिए । स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उनले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।’ संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । अर्थमन्त्री समेत रहेका खतिवडाले लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको पनि विश्...
खनाल एमालेमा हुँदा पनि ओलीले गुट नै चलाएका हुन, अहिले पनि गुट छाड्न सकेनन्
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

खनाल एमालेमा हुँदा पनि ओलीले गुट नै चलाएका हुन, अहिले पनि गुट छाड्न सकेनन्

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनबाट देशव्यापी गुट चलाएको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक अन्तक्र्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पार्टीभित्रको अर्को समूहका विरुद्धमा फाउन्डेसन परिचालन गरिएको बताए। ‘अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनबाट रास्ट्रव्यापी गुट चलाए, जिल्ला मात्र होइन पालिका वार्डसम्म कमिटी बनाएर अर्का अध्यक्ष प्रचण्ड लगायतका पक्षलाइ खण्डन गर्ने आलोचना गर्ने काम गरे, अनि प्रचण्डले पदको लोभले लडाइँ चर्काएको आरोप लगाए’, नेता खनालले भने। उनले अध्यक्ष ओलीलाई रुपान्तरण गर्न अनेक प्रयास गरिए पनि असफल भएपछि अहिले स्थायी कमिटीमा छलफल भएको बताए। उनले प्रधानमन्त्री ओलीले एमालेमा हुँदा पनि गुट नै चलाएको र अहिले पनि गुट...
माधव नेपाल भन्छन् : ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा समस्यामा
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

माधव नेपाल भन्छन् : ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने प्रवृत्ति देखाएका कारण नेकपा समस्यामा

नेपाल अखबार, काठमाडाैं। नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म नै राज्य, म नै पार्टी’ भन्ने  प्रवृत्ति देखाएका कारण नेकपा एकीकरणको काम अझै पुरा हुन नसकेको बताएका छन्। काठमाडौमा बुधबार भएको एक अन्तरक्रियामा उनले ओलीकै कार्यशैलीका कारण एकता प्रक्रिया ठप्प भएको दाबी गरे। ‘पार्टी लठिभद्र अवस्थामा छ, पार्टी कागजमा सीमित गरियो, आइ एम द स्टेट, आइ एम द पार्टी (म नै राज्य, म नै पार्टी) भन्ने मनोगत शैलीका कारण पार्टीमा समस्या आयो,’ उनले भने। ‘पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूलाई ओलीले बीचको भूमिका खेल्न आग्रह गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताए।’ नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भन्ने प्रावधान पार्टीको विधानमा लेखेर बुद्धि पुर्‍याएको उनले बताए। ‘बहुमतको निर्णय पार्टीको निर्णय लेखेर कस्तो बुद्धि पुर्‍याइएछ...