Friday, July 10

हाइलाइट-समाचार

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता
विश्व, समाचार, हाइलाइट-समाचार

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

नेपाल अखबार, एजेन्सी । इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा ऐतिहासिक शान्ति सम्झौता भएको हो । ट्रम्पले इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धलाई सामान्य बनाउने भन्ने प्रस्ताव राख्दै आएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहम्मद अल नाहानले एक संयुक्त विज्ञप्तिमा भनेका छन्– ‘यो ऐहिासिक सफलताले मध्यपूर्वमा शान्ति ल्याउनेछ ।’ उनीहरुले यसैको परिणामस्वरुप इजरायलले पश्चिमी किनाराको ठूलो हिस्सासँग जोडिएको आफ्नो योजनालाई पनि स्थगित गरेको जनाएका छन् । अहिलेसम्म इजरायलको अरब मुलुकहरुसँग कुनै कुटनीतिक र राजनीतिक सम्बन्ध थिएन । तर जोर्डन र इजिप्टसँग भने पुरानै कूटनीतिक सम्पर्कचाहि रहेको छ । यद्यपि, इजरायल र अरब देशहरुले यो क्षेत्रमा ईरानका विषयमा भने...
ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ आजैबाट सुरु
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ आजैबाट सुरु

नेपाल अखबार, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका विकल्पमाथि छलफल सुरु भएको हो । नौ दिनपछि संवादमा जुटेका ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्धय शंकर पोखरेल र जनार्दन शर्मासमेत सहभागी रहेकाले मध्यमार्गी निकास आउने अपेक्षा नेताहरुले गरेका छन् । यसबीचमा ओली र प्रचण्डबीच झलनाथ खनाल तथा सुवास नेम्वाङलाई समेत राखेर छलफल भएको थियो । नेकपाका एक प्रभावशाली नेताका अनुसार अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर चै...
कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्यत्र सरुवा
प्रशासन, समाचार, हाइलाइट-समाचार

कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि अन्यत्र सरुवा

नेपाल अखबार, ,बाँके । नेपालभारत सीमा नाका जोडिएको बाँके कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना सङ्क्रमण देखिएपछि  अन्य जिल्लामा सारिएको  छ । बाँके कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनसँंगको समन्वयमा कारागार प्रशासनले महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाएको  हो । बाँके कारागारमा रहेका महिला कैदीबन्दी र उनका आश्रित नाबालक एक गरी ३१ जनालाई दैलेख कारागार तथा १५  थुनुवा र एक नाबालक आश्रित गरी १६ जनालाई बर्दिया जिल्ला कारागारमा पठाइएको बाँके कारागारका जेलर देवेन्द्रमान श्रेष्ठले जानकारी दिए  । दुई सय ५० पुरुष र ५०  महिला गरी तीन सयको कैदीबन्दीको क्षमता रहेको बाँके कारागारमा हाल दोब्बर बढी ७७० पुरुष र ४५ महिला तथा दुई आश्रित नाबालक गरी ८१७ कैदीबन्दी र थुनुवा  छन्  ।...
खुलेको दुई सातामै सौराहाका होटल बन्द
अर्थ, समाचार, हाइलाइट-समाचार

खुलेको दुई सातामै सौराहाका होटल बन्द

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ । उनले भने, “हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च ग¥यौँ, फेरि बन्द गर्नुप¥यो ।” रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उनको भनाइ छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन् । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै...
युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो
विदेश, समाचार, हाइलाइट-समाचार

युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

नेपाल अखबार, एजेन्सि । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् । कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ ।  शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ । ४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव ...
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, भारतमा एकै दिन ६१ हजारमा संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, भारतमा एकै दिन ६१ हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ५४ हजार सात सय २७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुई करोड पाँच लाख दुई सय ९७ पुगेको छ। विश्वभरी नै कोरोना संक्रमणदर घटन सकेको छैन। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ। भारतपछि ब्राजिल र अमेरिकामा धेरै संक्रमित देखिएका छन्। यस अवधिमा ब्राजिलमा झण्डै ५५ हजार र अमेरिकामा ५२ हजार पाँच सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। भारतमा संक्रमितको संख्या २३ लाख २८ हजार नाघेको छ भने ४६ हजार एक सय ८८ जनाले ज्यान गुमाएका छन्। यो बुधबार बिहान ६ बजेसम्मको तथ्यांक हो। पछिल्लो २४ घण्टामा भारतमा आठ सय ३५ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा सबैभन्दा धेरै अमेरिकामा १...
चितवन जिल्लामा रातको समयमा हिँडडुल गर्न रोक
प्रशासन, समाचार, हाइलाइट-समाचार

चितवन जिल्लामा रातको समयमा हिँडडुल गर्न रोक

नेपाल अखबार, चितवन। कोरोना भाइरसको सङ्क्रमण बढेसँगै चितवन जिल्लामा रातको समयमा  हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभालगायतका कार्यमा रोक लगाइएको छ । चियापसलमा बसेर चिया खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसललाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने ‘टेक अवे’ सेवा सञ्चालन गर्ने, राति ९ बजेपछि बिहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्ने निर्णय भएको छ । अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमतिबिना जिल्लामा प्रवे...
डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’

नेपाल अखबार,एजेन्सि। संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ । डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो महामारीसँग जुधन्का लागि उठाइएको कदममा कहिले पनि ढिलाइ नभएको स्पष्टिकरण दिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले पत्रकार सम्मेलनमा यस हप्ता संसारभरी संक्रमितको कूल आँकडा दुई करोड पार हुने र मृतकको संख्या साढे सात लाख पुग्ने बताएका छन् । उनले भने, ‘यो आँकडा पछाडि एउटा ठूलो पीडा र तनाव लुकेको छ । यो महामारीका कारण गुमेको प्रत्येकको जीवन मूल्यवान छ । मलाई थाहा छ, तपाईंमध्ये धेरैजना यतिबेला पीडामा हुनुहुन्छ र संसारका लागि यो मुश्किलको समय हो । तर आशाको किरण बाँकी नै छ भनेर स्पष्ट गर्न चाहन्छु । यो महामारी नष्ट गर्न अहिल...
सम्बन्धविच्छेदको कारण बन्यो वैदेशिक रोजगारीको कमाइ
समाचार, समाज, हाइलाइट-समाचार

सम्बन्धविच्छेदको कारण बन्यो वैदेशिक रोजगारीको कमाइ

नेपाल अखबार, मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फर्छ्योट गरी पत्नी र पतिबीच सम्बन्धविच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । जिल्ला अदालतमा अघिल्लो आव २०७४/७५ मा दर्ता भएका ५१२ सम्बन्धविच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फर्छ्योट गरेको थियो । जिल्ला अदालतमा विवाहित पत्नीहरुले पतिबाट पारिवारिक हिंसा, दुर्व्यवहार गर्नुका साथै खान लगाउन नदिएको भनी सम्बन्धविच्छेद गरी पाऊँ भनी दिएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानूनी बहस हुँदा आर्थिक र पारिवारिक विवादको कारणब...
देउवाद्वारा पार्टीका विभागमा ४५७ जनालाई मनोनयन
राजनीति, विचार, हाइलाइट-समाचार

देउवाद्वारा पार्टीका विभागमा ४५७ जनालाई मनोनयन

नेपाल अखबार, पाेखरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४५७ जनालाई मनोनयन गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन्। नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरेको बताइएको छ। मनोनितहरुको सूचिः...