इजरायली आक्रमणमा एकैदिन ११० प्यालेस्टिनी मारिए
नेपालअखबार,काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन (जीएचएफ) को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका छन् ।
यो नरसंहार कतारमा जारी युद्धविराम वार्ता अवरुद्ध समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
बीबीसीले भने इजरायली हमलामा परी राहत सामग्री केन्द्र नजिकै २४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।
दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार शनिबार खाना लिन राहत केन्द्र पुगेका प्यालेस्टिनी सर्वसाधारणको इजरायली सेनाले चलाएको गोली लागी मृत्यु भएको हो ।
यता, इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले आफ्नोतर्फबा...








