महायज्ञमा मुस्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो असली समाज त यो हाे नि’
धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ सञ्चालन गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको दाँजोमा शनिबार बेग्लै माहोल बन्यो ।
रंगशाला निर्माणका लागि निर्माणाधिन परिसरभित्रै गरिएको महोत्सवमा प्रशिद्ध प्रवचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए । प्रवचन स्थलमा हजारौ हिन्दु धर्मावलम्बीहरु उनको प्रवचनमा ध्यानमुग्द थिए ।
तर एकैछिनमा माहोल फेरियो । हातमा ‘गोरखा बजार मुस्लिम समाज’ लेखिएको ब्यानर बोकेर ८/१० जनाको समुह प्रवचन स्थलमा प्रवेश गर्दा केहि समय तालीको बर्षात नै भयो । गेटबाट मुस्लिम समुदायको समुह प्रवेश गरेको देखेर प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भन्न थाले ‘वाह हाम्रो असली समाज त यो हो नि ।’
ब्यानर बोकेर अघि बढिरहेको मुस्लिम समुदायको समुहलाई मञ्चमा बसिरहेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जन...
