अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि
गोरखा । स्थानीय तहको निर्वाचन भएको झण्डै साढे २ बर्ष बितिसकेको छ । नयाँ संबिधानले स्थानीय तहको हरेक वडामा महिला तथा दलित समुदायबाट प्रतिनिधत्व सुनिश्चित ग¥यो । तर निर्वाचनबाट हरेक वडामा निर्वाचित भएर आएका महिला तथा दलित सदस्यहरुले भने आफुहरु अवसरबाट बञ्चित बन्नुपरेको दुखेसो पोखेका छन् ।
‘हाम्रो भुमिका कार्यक्रममा आसन ग्रहण बन्ने मात्रै हो ?’ प्रश्न गर्दै गोरखा नगरपालिका ३ कि महिला सदस्य सिता दानीले भनिन् ‘हैन भने खोई के हो हाम्रो अधिकार, कहाँ हुन्छ हाम्रो भुमिका ।’
सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच महिला र दलित जनप्रतिनिधिसंग गरेको अन्तरकृया कार्यक्रममा उनिहरुले यस्तो दुखेसो गरे । ‘वडामा के हुन्छ हामीलाई थाहै हुदैन’ वडा नम्बर ८ कि सदस्य राधिका कट्टेलले भनिन् ‘अवसर पाउने ठाउँमा पुरुषलाई नै अघि बढाउछन्, हामी हेरेको हे¥यै ।’
त्यस्तै नगरकार्यपालिका सदस्य समेत रहेकी...
