Sunday, September 27

दुर्घटना

कर्णाली नदीमा जीप खस्यो
दुर्घटना, समाचार

कर्णाली नदीमा जीप खस्यो

नेपालअखबार, हुम्ला । कर्णाली नदीमा जिप खसेको छ। सोमबार बिहान हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख डिएसपी भीमलाल भट्टराईले जानकारी दिए। नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लेका थिए। जीपका चालक जनकपुर वतन भएका राजेश लामा गम्भीर घाइते भएका छन्। जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भट्टराईले जानकारी दिए। उनलाई उपचारका लागि सुर्खेत अस्पताल लैजान लागिएको डिएसपी  भट्टराईले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेका कारण विस्तृत विवरण आउन बाँकी छ।...
गाडी दुर्घटनामा चापाकोटका पूर्वमेयर शिव गिरीको मृत्यु
दुर्घटना, समाचार

गाडी दुर्घटनामा चापाकोटका पूर्वमेयर शिव गिरीको मृत्यु

नेपालअखबार, वालिङ । गाडी दुर्घटनामा परी स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ । शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा  गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले राति ११ः४० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार-१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो । प्रहरीले पुतलीबजार-९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताए ।...
ललितपुरमा बस दुर्घटना, १९ जना घाइते
दुर्घटना, समाचार

ललितपुरमा बस दुर्घटना, १९ जना घाइते

नेपालअखबार, ललितपुर । ललितपुरमा बस दुर्घटना भएको छ । ललितपुरको इमाडोल भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिएको हो । प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बस अनियन्त्रित भई बिच सडकमा पल्टिएको हो। ग्वार्को निस्कन लागिरहेको अवस्थामा तीव्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झन्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।...
क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु
दुर्घटना, विश्व, समाचार

क्यानडामा भयानक सडक दुर्घटना, १५ को मृत्यु

नेपालअखबार, मोन्ट्रियल । क्यानडाको मनिटोबा प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सोही क्रममा १० जना घाइते भएका छन् । क्यानाडाली प्रहरीले ट्विटर मार्फत विनिपेगको पश्चिममा रहेको कारबेरी नजिकै एउटा ठूलो सडक दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको हो । जानकारीका अनुसार अपाङ्गता भएका व्यक्ति बोकेको एउटा सानो ट्रक र विशेष गाडी एक आपसमा ठोक्किएको हो । ‘पन्ध्र जनाको मृत्यु भएको पुष्टि भएको छ,’ प्रहरीले भन्यो, ‘जबकि अन्य १० जनालाई विभिन्न चोटपटक अस्पताल लगिएको थियो। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।’ क्यानडाकी नेता हेदर स्टेफेन्सनले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले ट्वीट गर्दै भनेकी छिन, ‘यो दुर्घटनाले मेरो मुटु भाँचिएको छ ।’ दुर्घटनास्थल नजिकै सडकको छेउमा रहेको होटल रेष्टुरेन्टमा काम गर्ने निर्मेश वडेराले सो घटना दिउँसो भएको बताए । उ...
तिलोत्तमामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
दुर्घटना, समाचार

तिलोत्तमामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

नेपालअखबार बुटवल । रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका-६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा-३ शान्तिकुन्जमा दुर्घटना भएको हो । जिप अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका श्रेष्ठको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ  र ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चौराहा अस्पतालमा उपचार भइरहेको र घटना...
कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर
दुर्घटना, समाचार

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

नेपालअखबार,कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । जिपमा तीन जना सवार थिए । एक जना गम्भीर घाइते छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आए पनि थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए ।...
जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु
दुर्घटना, समाचार

जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना, चालकको मृत्यु

नेपालअखबार,स्याङ्जा ।  जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन्। दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्। गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले जानकारी दिए।...
बिहारमा गङ्गा नदीमा निमार्णाधीन चार लेनकाे पुल भाँच्चियो
दुर्घटना, विदेश, समाचार

बिहारमा गङ्गा नदीमा निमार्णाधीन चार लेनकाे पुल भाँच्चियो

नेपालअखबार, पटना । भारतको बिहारको भागलपुरमा गङ्गा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ । सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितीश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो । सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा बढी स्ल्याब गङ्गा नदीमा खसेको देखिन्छ । यो पुल निर्माणको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।  गत ३० अप्रिल २०२२ मा यस पुलको पिलर नम्बर ४०५ र ६ बीचको सुपर स्ट्रक्चर हावाहुरीले भत्काएको थियो । त्यसबेला पनि यो पुल निर्माण कार्यमा गम्भीर प्रश्न उठेको थियो । प्राप्त जानकारी अनुसार सुल्तानगञ्जदेखि खगरिया बीच निर्माण भइरहेको यो पुल चार लेनको थियो । निर्माणाधीन यो पुलको सुपर स्ट्रक्चर खोलामा खसेको छ । हालसम्म प्राप्त जानकारी अनुसार यस घटनामा कसैको हताहत भएको जानकारी छैन । पुलको केही भा...
पाल्पा जीप दुर्घटनामा मुत्यु हुनेको संख्या ४ पुग्यो, मृतक सबैको पहिचान खुल्यो
दुर्घटना, समाचार

पाल्पा जीप दुर्घटनामा मुत्यु हुनेको संख्या ४ पुग्यो, मृतक सबैको पहिचान खुल्यो

नेपालअखबार, पाल्पा। पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका दुई वर्षीय बालक संयोग गौतम रहेका छन। संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको ...
ओडिसामा कसरी भयो भयानक रेल दुर्घटना
दुर्घटना, समाचार

ओडिसामा कसरी भयो भयानक रेल दुर्घटना

नेपालअखबार, काठमाडाैं।  भारतको पूर्वी राज्य ओडिसामा शुक्रबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७५ पुगेको छ। सयौं घाइतेहरू अझै अस्पतालमा रहेकाले मर्नेहरूको संख्या बढ्न सक्ने बताइएको छ। शुक्रबार तीन वटा रेल ठोक्किएर ठूलो संख्यामा भएको मानवीय क्षतिप्रति विश्वभरका नेताहरूले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत् घटनाप्रति दु:ख व्यक्त गरेका छन्। मानवीय क्षतिका हिसाबले भारतमा यो शताब्दीकै अहिलेसम्मको रेल दुर्घटना कसरी भयो भन्ने कारण खुलेको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दुर्घटनास्थलको निरीक्षण गर्दै जोसुकै दोषी भए पनि कडा कारबाही गर्ने बताएका थिए। तर दुर्घटनामा को दोषी हुन् भन्ने एकिन हुन सकेको छैन। बिबिसीका अनुसार आइतबार ...