Saturday, July 25

दुर्घटना

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । दुर्घटनास्थलमा गएरातिदेखि आज बिहानसम्म पनि खोज तथा उद्धार कार्य जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।मुख्यमन्त्री विजयनले पूर्व निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आज बिहान दुर्घटनास्थलको भ्रमण गर्दैछन् ...
संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु
दुर्घटना, समाचार

संखुवासभा हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

नेपालअखबार, संखुवासभा। संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ। दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताए। हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन्। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ। मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। रासस...
तनहुँमा घरमा ठोक्कियो ट्रक, ९ जना घाइते
दुर्घटना, समाचार

तनहुँमा घरमा ठोक्कियो ट्रक, ९ जना घाइते

नेपालअखबार, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते हुनेमा धेरै बालबालिका छन् ।  ना४ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिएको हो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल रहेका छन् । ट्रक चालक आँबुखैरहनी प्रहरीको नियन्त्रणमा छन् । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एकजना गम्भीर घाइते
दुर्घटना, समाचार

सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एकजना गम्भीर घाइते

नेपालअखबार, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा८च ९१३५ नम्बरको कार आज बिहान दुर्घटना हुँदा झापा चारपानेका ५० वर्षीय कुमार पुरी र काठमाडौंको गौरीघाटकी ४३ वर्षीया सहारा प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार चालक पुरी र प्रसाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए । दुर्घटनामा प्युठान नगरपालिका-८ घर भएका योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । उनको सिन्धुलीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । काठमाडौंबाट बीपी राजमार्ग हुँदै सिन्धुली आइरहेको कार आज बिहान सडकबाट अन्दाजी ७० फिट तल खसेको थियो । प्रहरीले घटनाको जानकारी बिहान साढे ५ बजे पाएको थियो । घटनास्थलको प्रकृति हेर्दा बिहान ३-...
गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
दुर्घटना, समाचार

गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालअखबार, गुल्मी। गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठे जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप गएराति करिब पौने १० बजे मालिका गाउँपालिका–२ खल्टिङ खोलामा दुर्घटना हुँदा जिपका सहचालकको मृत्यु भएको हो। प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेको थियो। सहचालक बाग्लुङ बडिगार्ड गाउँपालिका–९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए। जिपका चालक २१ वर्षीय  प्रेम बहादुर केसी घाइते भएका छन्। लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उनको उपचार भइरहेको डिएसपी पाण्डेले जानकारी दिए।...
विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
दुर्घटना, समाचार, समाज

विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालअखबार, मोरङ । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ ।...
मकवानपुरमा ट्र्याक्टर दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते
दुर्घटना, समाचार

मकवानपुरमा ट्र्याक्टर दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते

नेपालअखबार, मकवानपुर। मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेस प्रदेश०३–००१त ७१८८  नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। दुर्घटनामा मनहरि-३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए।उनका अनुसार दुर्घटनामा मनहरी-३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन्। घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।...
दुर्घटनामा घाइते वडाध्यक्षको निधन
दुर्घटना, समाचार

दुर्घटनामा घाइते वडाध्यक्षको निधन

नेपालअखबार, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका वडाध्यक्ष अधिकारीको उपचारका क्रममा आइतबार निधन भएको हो । उनी वैशाख १ गते चम्पादेवी मन्दिर सरसफाइबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए ।
पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु
दुर्घटना, समाचार

पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु

नेपालअखबार, बुटवल । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ । मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।...
तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु
दुर्घटना, समाचार

तनहुँको पिउरी दोभानमा जीप दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु

नेपालअखबार, तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा जीप दुर्घटना भएको छ। आइतबार साँझ दुलेगौंडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जिप पिउरी दोभानस्थित भित्री कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  भने सात यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए। मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार छन्। डिएसपी खाँणका अनुसार उनी जीपका चालक हुन्। घाइते हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का २१ वर्षीया मोतिकला भुजेल, सोही स्थानका ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल छन्। घाइतेमध्ये मोतिकलाको शुक्लागण...