Friday, February 20

दुर्घटना

ढाकामा विमान दुर्घटना, १९ को मृत्यु
दुर्घटना, समाचार

ढाकामा विमान दुर्घटना, १९ को मृत्यु

नेपालअखबार,ढाका  ।  बंगलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा १९ को मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी छन् । चीनमा निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १:०६ मा प्रशिक्षणका लागि उडेको थियो । उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कुल एन्ड कलेजमा दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनामा १०० भन्दा बढी घाइते भएका छन् । ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए । सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीको परिवारजन अहिले गहिरो शोकमा छन् । ...
अमेरिकामा कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु, रूखमा बज्रेर कारमा लागेको थियो आगो
दुर्घटना, समाचार

अमेरिकामा कार दुर्घटनामा परेर दुई नेपालीको मृत्यु, रूखमा बज्रेर कारमा लागेको थियो आगो

नेपालअखबार,काठमाडौँ । अमेरिकाको लुइसियानामा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। आइतबार राति ९ बजेतिर संयुक्त राज्य अमेरिकाको राजमार्ग ८० मा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको लुइसियाना स्टेट पुलिसले जनाएको छ। ज्यान गुमाउनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली छन्। उनीहरू दुबै जना लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कार चलाइरहेका थिए। उनले कार चलाउँदा भारी वर्षा भइरहेको थियो। कार सडकको दायाँ पट्टी गएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ। यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो। उक्त कारमा अरू दुई जना पनि सवार थिए। उनीहरू दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। उनीहरूको परिचय प्रहरीले खुला...
बालीमा ६५ जना सवार डुंगा पल्टिँदा कम्तिमा चार जनाको मृत्यु, ३८ जना बेपत्ता
दुर्घटना, समाचार

बालीमा ६५ जना सवार डुंगा पल्टिँदा कम्तिमा चार जनाको मृत्यु, ३८ जना बेपत्ता

नेपालअखबार,काठमाडौँ । इन्डोनेसियाको बालीमा डुंगा पल्टिँदा  चार जनाको मृत्यु भएको छ। गएराति केएमपी टुना प्राटामा जया नामको डुंगा बाली र जाभा टापुको बीचमा रहेको साँघुरो जलमार्गमा पल्टिएर डुबेको हो। अमेरिकी मिडिया सिएनएनका अनुसार डुंगा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३८ जना अझै हराइरहेका छन्। २३ जनाको उद्धार गरिएको छ। डुंगामा ५३ यात्रु, १२ चालक दलका सदस्य र १४ वटा ट्रकसहित २२ सवारी साधन थिए। डुंगा पूर्वी जाभाको केटापाङ बन्दरगाहबाट ५० किलोमिटर टाढा बालीको गिलिमानुक बन्दरगाहतर्फ जाँदै थियो डुंगा प्रस्थान गरेको करिब आधा घण्टामै डुबेको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीलाई उद्धृत गरेर सिएनएनले जनाएको छ। उद्धार गरिएकामध्ये पनि धेरैजना घण्टौंसम्म अस्थिर पानीमा बग्दा बेहोस अवस्थामा फेला परेका थिए। खोजीका लागि ९ वटा डुंगा, दुइटा टगबोट र इन्फ्लेटेबल बोट परिचालन गरिएको ...
लन्डनका लागि उडेको एयर इन्डियाको विमान अहमदावादमा दुर्घटना
दुर्घटना, समाचार

लन्डनका लागि उडेको एयर इन्डियाको विमान अहमदावादमा दुर्घटना

 नेपालअखबार,काठमाडौं ।  भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ। भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, समाचार

बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

नेपालअखबार, झापा । दमक नगरपालिका –७ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए। उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।...
चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु
दुर्घटना, समाचार

चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

नेपालअखबार,चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
चार सांसद चढेको गाडी दुर्घटना
दुर्घटना, समाचार

चार सांसद चढेको गाडी दुर्घटना

नेपालअखबार,विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा साेमबार दुर्घटनाग्रस्त भएकाे छ । विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको राताे कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हाे । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरिले जनाएकाे छ ।...
न्युयोर्कको ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो
दुर्घटना, विदेश, समाचार

न्युयोर्कको ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

नेपालअखबार,काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ। शनिबार राति ८:२६ बजे इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पुलमा ठोक्किएपछि जहाजमा सवा १९ जना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाउको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ। जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन अवरूद्ध भएको थियो। निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ। उक्त जहाज मेक्सिकोको नौसेना क्याडेटहरूको तालिमका लागि प्रयोग हुने प्रमुख जहाज रहेको भनिएको छ। यो सन् १९८२ मा स्पेनमा बनेको थियो। मेक्सिकोको नौसेनाले पनि जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ। जहाजमा २७७ जना सवार थिए।...
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना, समाचार

दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनीका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार एक जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।...
श्रीलंकामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
दुर्घटना, समाचार

श्रीलंकामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् । करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीलंकामा बर्सेनि औसत तीन हजार सवारी दुर्घटना हुने गरेका छन् । श्रीलंकाका सडकहरू संसारमै सबैभन्दा खतरनाक सडकमध्ये पर्दछन् । यसअघि सन् २००५ को अप्रिलमा श्रीलंकाको पोल्गाहावेला शहरको रेलमार्ग पास गर्ने क्रममा एक रेलले ठक्कर दिँदा बसमा सवार ३७ जनाको मृत्यु भएको थियो । यसैगरी सन् २०२१ को मार्चमा पासारा भन्ने स्थानमा बस दुर्घटना हुँदा १३ यात्रु र त्यसका चालकको मृत्यु भएको थियो । अ...