Saturday, June 13

Uncategorized

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता
Uncategorized, समाचार

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

नेपाल अखबार,म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए । साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो । सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो । यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ । यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अ...
साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण
Uncategorized, दुर्घटना, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका साम्सद कृष्ण थापाले आफ्नो निर्वाचन क्षेत्र कास्की २(१) भित्र बाढी पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । दुई दिनको अविरल बर्षाको कारण आएको बाढी पहिरोले विभिन्न ठाँउमा क्षती पुर्याएको छ । पोखरा १७ स्थित डुबानमा रहेको छोरेपाटन, नमुना टोल स्थित स्थानियको घरमा पसेको पानी , पोखरा १७ र २१ जोड्ने दोबिल्ला पुल नजिक गएको पहिरोले स्थानीयलाई परेको असरको बारेमा बुझ्न थापा प्रभावित क्षेत्रमा पुगेका थिए । थापाले स्थानीय बासीलाई परेको समस्यालाई छिटो भन्दा छिटो हल गर्न सरोकारवाला अनुरोध गरेका छन् ।...
९६ औं जन्मोत्सवको अवसरमा  कोइराला फाउण्डेशन पर्साले पत्रकारलाई सम्मान
Uncategorized, समाचार

९६ औं जन्मोत्सवको अवसरमा कोइराला फाउण्डेशन पर्साले पत्रकारलाई सम्मान

नेपाल अखबार, वीरगंज  ।गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापतिको ९६ औंं जन्मोत्सवको अवसरमा फाउण्डेशन पर्साले आज दुई पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । नेपाल पत्रकार महासघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार कन्हैयालाल केसरी र सञ्चार क्षेत्रमा उदयमान युवा पत्रकार निलिमा पौडेललाई पुरस्कार प्रदान गरिएको छ । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्तर्गत शनिबार तेस्रो दिन पत्रकारिताको माध्यमबाट नेपालमा गण्तन्त्रका लागि कलम चलाएर विशेष योगदान दिएको भन्दै पत्रकार द्वयलाई सम्मान गरिएको हो । जी.पी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनले यस वर्षबाट पत्रकार सम्मान कार्यक्रम सुरु गरेको बताए । गण्तन्त्र नेपालको परिवेशमा सञ्चार क्षेत्रको ठुलो योग्दान रहेको अध्यक्ष स...
सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट
Uncategorized

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, कांग्रेस पनि असन्तुष्ट

नेपाल अखबार, काठमाडौं । सरकारले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरुसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य  गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन् ।संसद अधिवेशन अन्त्यका विषयमा सभामुख सापकोटासँग छलफल नै नभएको सभामुखको सचिवालय स्रोतले बतायो । संसद सचिवालयले पनि चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी थियो । तर, सरकारले संसदको बिजनेस ख्याल नगरी अन्त्यको सिफारिस गरेको संसद सचिवालयका कर्मचारीहरु बताउँछन् । ‘दुबै हाउसबाट पारित गरेर ...
उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल
Uncategorized, राजनीति, समाचार

उत्साहका साथ धान दिवस मनाउन र कृषिमा क्रान्ति ल्याउन प्रधानमन्त्रीको अपिल

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए । उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम महत्वपूर्ण र कृषिको आधुनकीकरणसम्बन्धी बहुआयामिक कार्यक्रम हो ।...
भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)
Uncategorized, विचार, विदेश, समाचार, हाइलाइट-समाचार

भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)

गोरखा । गोरखा नगरपालिका र बेलायत स्थित रश्मोर बरो काउन्सिलबिच स्थापना भएको भगिनी सम्बन्धले भावनालाई उच्च बनाएको मेयर राजनराज पन्तले बताएका छन् । मंगलबार बेलायत स्थित लण्डन नेपाल न्यूजसंगको अन्तरवार्तामा पन्तले गोरखा र रश्मोरबिचको सम्बन्धले दुई देशबिचको भावनात्मक सम्बन्धलाई समेत उचाईमा पु¥याएको बताएका हुन् । देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये गोरखा नगरपालिकासंग रश्मोर बरो काउन्सिलले भगिनी सम्बन्धका लागि प्रस्ताव गर्नु गौरबको बिषय रहेको भन्दै मेयर पन्तले यो सम्बन्धले दुर्व पक्षबिचको भावना प्रगाढ बन्ने बताए । आधुनिक नेपाल निर्माणको जग गोरखासंग रश्मोर काउन्सिलले स्थापना गरेको भगिनी सम्बन्धले बेलायतमा बस्ने गोर्खाली लगायत सारा नेपालीकै शिर उच्च भएको उनले बताए । त्यस्तै संसारभर नेपाललाई गोरखा भनेर चिनिने भएकाले यो सम्बन्धले बेलायतमा नेपालीले गरेको योगदानको समेत सम्मान भएको उनको तर्क छ...
पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा
Uncategorized, प्रदेश ४, समाज

पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा

गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको पन्थेस्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा जडान भएको छ । तुलसी मेयर युनेस्को क्लव, गोरखा नगरपालिका र स्थानीयको श्रमदानमा निर्माण भएको पन्थेस्वाँरा खानेपानी उपभोक्ता आयोजनाबाट सो संख्याका घरमा घरघरै धारा जडान गरिएको हो । क्लवको ३९ लाख ४१ हजार, १४ लाख ९६ हजार स्थानीयको श्रमदान र ८ लाख ५० हजार गोरखा नगरपालिकाको लगानी गरी ६२ लाख ८० हजार लागतमा निर्माण भएको आयोजनाको मंगलबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । लिफ्टीङ प्रणालीद्धारा ल्याइएको खानेपानी आयोजनामा उपभोक्तालाई न्यूनतम मासिक तीन सय रुपैयाँ दर तोकिएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारी, तुलसीमेयर युनेस्को क्लवका अध्यक्ष धिरजबहादुर मास्के, सचिव कृष्णकुमार श्रेष्ठ, ...
आइतबार सार्वजानिक विदा
Uncategorized, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

आइतबार सार्वजानिक विदा

२९८ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार सार्वजानिक विदा हुने भएको छ । नेपाल एकिकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका हुन । गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आइतबार बिदा दिएका हुन् ।
खत्री, मास्के र श्रेष्ठ पर्यटन समितिको सदस्यमा मनोनित
Uncategorized, समाचार, समाज

खत्री, मास्के र श्रेष्ठ पर्यटन समितिको सदस्यमा मनोनित

पर्यटन बर्ष २०२० लाई सफल बनाउन गोरखा नगरपालिकाले पर्यटन समिति गठन गरेको छ । नगरप्रमुख राजनराज पन्तको संयोजकत्वमा नगर पर्यटन समिति गठन भएको हो । समितिमा ब्यवसायीहरुबाट होटल सत्यमका सञ्चालक अञ्जनबाबु खत्री, होटल बिसौनीका सञ्चालक धिरजबहादुर मास्के र होटल बृन्दावनका सञ्चालक प्रकाशचन्द्र श्रेष्ठलाई सदस्यमा मनोनित गरिएको गोरखा नगरपालिकाले जनाएको छ । त्यस्तै कार्यपालिका सदस्यहरुबाट वडा नम्बर १४ का वडाध्यक्ष रामबहादुर खड्का, हरी गान्धारी र रञ्जिला श्रेष्ठलाई मनोनित गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।...
सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना
Uncategorized

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजनासागमा सव...