गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ
नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो ।
निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भएका हुन् । फाउण्डेसनले उहाँहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो ।
प्रमुख संरक्षण अधिकृत...








