Monday, June 1

अपराध

जबरजस्तीकरणी मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला
अपराध, प्रशासन, समाचार

जबरजस्तीकरणी मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला

नेपालअखबार, तनहुँ। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो। साथै निजविरुद्ध एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए। उनीविरूद्ध २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो। यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो। सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ।...
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
अपराध, समाचार, समाज

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नेपालअखबार, बर्दघाट । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ। सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी बोहराले बताए। गोली उनको पाखुरामा लागेको छ। गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ।। घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ।...
श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ
अपराध, प्रशासन, समाचार

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

नेपालअखबार, दाङ । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । नेपालगञ्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । नेपालीको घर रुन्ट...
अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधनलाई प्रहरी नियन्त्रणमा
अपराध, समाचार, समाज

अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधनलाई प्रहरी नियन्त्रणमा

नेपालअखबार, पाेखरा।  पाेखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा सवारी साधनलाई नियन्त्रणमा  वडा प्रहरी कार्यालय बगरले लिएकाे छ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०१ जौवारी स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा) लोड गरी पोखरा तर्फ ल्याउँदै गरेको अवस्थामा ग २ ख ३०९ नम्बरको टिप्पर र लु २ ख ८१६ नम्बरको टिप्परलाई  प्रहरी टोलीले फेलापारी चेकजाँच गर्दा प्रयोजन नखुलेकाे वडा प्रहरी कार्यालय बगरले जनाएकाे छ । टिप्परसंग कागजात साथमा नभएकोले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको  जान्कारी दिएकाे छ ।...
म्याग्दीमा ग्याङफाइट, गर्वुजाको मृत्यु
अपराध, समाचार

म्याग्दीमा ग्याङफाइट, गर्वुजाको मृत्यु

नेपालअखबार,  म्याग्दी। म्याग्दीको बेनीमा ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । बेनी ८ पिपलचोक बस्ने २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको हो । युवाहरुबिच झगडा हुँदा एक्कासी खुकुरीले छातीमा प्रहार गरेपछि गर्बुजा घाइते भएका थिए । उपचारका लागि बेनी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका म्याग्दीका प्रहरी प्रमुख नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । गर्वुजाको टाउको र छात्तिमा चोट लागेको थियो । थप दुईजना घाइते छन् । उनीहरुको बेनीमै उपचार भैरहेको कुवँरले बताए । उनीहरुलाई ८(१० जनाको समूहले चक्कु प्रहार गरेका बताइएको छ । घटनामा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।  कारण खुल्न सकेको छैन । अनुसन्धान भैरहेको छ ।...
पाेखरामा क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ
अपराध, प्रशासन, समाचार

पाेखरामा क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ

नेपालअखबार, पाेखरा  । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दुई विदेशी र ४ नेपाली नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. १३ पाटनबेसी बस्ते ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रीता सुनार, स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीया सीमा सुनार र काठमाडौंको कलंकी बस्ने ३८ वर्षीय प्रदीप उपाध्याय रहेका छन् । यसैगरी क्यानडाको अलवर्टा राज्यको क्यागोरी सिटी स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारत मध्यप्रदेशको भोपाल नगर ठेगाना भएका ३२ वर्षीय इस्मित कौर पनि पक्राउ परेका जिल्ला प्र...
इनरुवाका सुनचाँदी व्यवसायी पप्पु गाँजाको तस्करीमा जयकाली ज्वेलर्सका सञ्चालक ठूलो परिमाणको गाँजासहित भारतमा पक्राउ न्यू जलपाइगुडीबाट प्रशान्त आचार्यको सहयोगमा
अपराध, प्रशासन, समाचार

इनरुवाका सुनचाँदी व्यवसायी पप्पु गाँजाको तस्करीमा जयकाली ज्वेलर्सका सञ्चालक ठूलो परिमाणको गाँजासहित भारतमा पक्राउ न्यू जलपाइगुडीबाट प्रशान्त आचार्यको सहयोगमा

इकबाल अहमद ,इनरुवा। लामो समयदेखि इनरुवामा सुनचाँदीको व्यवसाय गर्दै आएका इनरुवास्थित जयकाली ज्वेलर्सका सञ्चालक निरज साह उर्फ पप्पु ठूलो परिमाणको गाँजासहित भारतको पश्चिम बंगालस्थित न्यू जलपाइगुडीमा पक्राउ परेका छन् । पुस २९ गते अबेर पक्राउ परेका उनी हाल भारत पश्चिम बंगाल मैनागुडी थानाअन्तर्गत हिरासतमा छन् । उक्त दिन इनरुवाबाट विराटनगर हुँदै भारत प्रवेश गरेका निरज सवार बिआर ५० एक्स ७४७५ नम्बरको गाडी भारतको सो क्षेत्रमा त्यहाँको सुरक्षाकर्मीले चेकजाँच उक्त गाडीमा झण्डै २४ किलो गाँजासँगै दुई जनालाई पक्राउ गरेका थियो । पक्राउ पर्नेमा जयकाली ज्वेलर्स इनरुवाका सञ्चालक साह र उनका भतिजा नाता पर्ने एक जना समेत छन् । ठूलो परिमाणको गाँजासहित पक्राउ परेका उनीहरुविरुद्ध त्यहाँको मैनागुडी प्रहरी कार्यालयले एफआईआर नम्बर २० बि सी २५, २९ अनुसार अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान सुरु गरेको त...
जिप चोरेर लैजाँदै गरेका एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

जिप चोरेर लैजाँदै गरेका एक जना पक्राउ

नेपालअखबार, पोखरा । पोखराबाट जिप चोरेर लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द परियार रहेका छन् । उनले बुधबार बिहान साढे १ बजे अमरसिंह खेल मैदानमा पार्किङ गरेको ग२च २३४३ नम्बरको बोलेरो जिप चोरेका हुन् । उनले जिप लिएर जाँदै गर्दा पोखरा १४ समिनतराबाट जिपसहित पक्राउ गरिएको हो । उनले जिप चलाइरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।परियारलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन ६ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ । यसअघि पोखराबाटै बस चोरी भएको थियो ।...
श्रीमतीको हत्या गरि फरार रहेका कुरुम्बाङ पक्राउ
अपराध, समाचार

श्रीमतीको हत्या गरि फरार रहेका कुरुम्बाङ पक्राउ

नेपालअखबार, पाँचथर। खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरि फरार रहेका  पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेका तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ पक्राउ परेका छन् । हाङ्गुमको पखरे टोलमा शनिबार विहान पक्राउ गरिएको प्रहरी इस्पेक्टर दिवक कुँवरले जानकारी दिए । बाटोमा हिड्दै गरेको अवस्थामा शनिवार विहान ७ः४० बजेको समयमा पक्राउ परेका हुन् । उनलाई खोजी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सासु र छिमेकीलाई गम्भिर घाईते बनाएर फरार भएका थिए । ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासु कान्छीमाया फियाक र छिमेकी मेहन्द्र श्रेष्ठ घाईते भएका थिए ।...
गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ
अपराध, प्रशासन, समाचार

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

नेपालअखबार, चितवन। गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गणेश कुमाल,  चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका–२४ मचानबाट पक्राउ गरेको हो। सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए । यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा  वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए। उनका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गत...