Wednesday, July 29

अपराध

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या
अपराध, समाचार

विवाहको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको हत्या

नेपालअखबार,कपिलवस्तु । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्। प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बिहीबार बिहान नौ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। घलेका अनुसार मोहन र अन्जनीबीच केही समययता प्रेम सम्बन्ध रहे पनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी थिइन्। ‘आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्...
खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते
अपराध, समाचार

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

नेपालअखबार,सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ। सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन्। उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि...
कैलालीमा लागुऔषधसहित चार जना पक्राउ
अपराध, प्रशासन, समाचार

कैलालीमा लागुऔषधसहित चार जना पक्राउ

नेपालअखबार, धनगढी । कैलालीमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट तीन र टीकापुर नगरपालिका क्षेत्रबाट एक गरेर गरेर चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले धनगढीबाट दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशीलाई पक्राउ गरेको जानकारी दिए । वडा प्रहरी कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई शंकाका आधारमा जाँच गर्दा पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्तै टीकापुर नगरपालिका वडा नम्बर ९ खर्गौलाबाट २१ वर्षीय दीपेश चन्दलाई खैरो हिरोइनसहित पक्राउ गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भए...
काठमाडौंमा अवैध चन्दा उठाउने दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

काठमाडौंमा अवैध चन्दा उठाउने दुई जना पक्राउ

नेपालअखबार,काठमाडाैं  । काठमाडौंका विभिन्न ठाउँमा अवैध रूपमा चन्दा उठाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न कलेज, विद्यालय, व्यापारी र कम्पनीहरूसँग चन्दा उठाउने सोमबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैतडीका ४२ वर्षीय अमृत कार्की र सल्यानका ३२ वर्षीय डिबी चन्द छन्। कार्कीले आफूलाई अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने गरेका थिए भने चन्दले आफू अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य भएको भन्ने गरेका थिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।...
धरानबाट ८ बोरा गाँजासहित २ जना पक्राउ
अपराध, समाचार

धरानबाट ८ बोरा गाँजासहित २ जना पक्राउ

नेपालअखबार, विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको  धरानबाट आठ बोरा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहानका राति आठ बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका- १३ स्थित शिवधारा चेकप्वाइन्टबाट प्रदेश १-०२- ००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा चेकजाँचका क्रममा  ८ गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले जानाकारी दिए । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोली आज बिहान राति साढे १ बजे  २ सय २७ किलो गाँजासहित ट्रक चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका– ६ सिँधुवाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक छथरजोरपाटी – २ ओख्रेका २८ वर्षीय चूणामणि कटवाललाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिसहित लागुऔषध गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय...
मुस्ताङमा चोरी, काठमाडौँमा पक्राउ
अपराध, समाचार

मुस्ताङमा चोरी, काठमाडौँमा पक्राउ

नेपालअखबार, काठमाडौँ । मुस्ताङमा चोरी गरेर फरार रहेका एक जना युवक काठमाडौँमा पक्राउ परेका छन् । २०७९ साल पुस १२ गते मुस्ताङ वारागुङ गाउँपालिका–१स्थित छिरिङ खाजाघरबाट ५ लाख रुपैयाँ चोरी गरी फरार रहेका राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । मोक्तानलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट पत्राचार गरेको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत वैशाख १७ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ जगातिबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।...
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
अपराध, समाचार

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

नेपालअखबार, गुल्मी। गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए। उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ। लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो। उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ। आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो। वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्...
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
अपराध, समाचार

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

नेपालअखबार, दाङ। दाङमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडामा ५७ वर्षीया केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइको हत्या गरेकी हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवाद हुँदा श्रीमतीले श्रीमानमाथि बञ्चरोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले हत्या आरोपमा केशरादेवीलाई पक्राउ गरेको छ। घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा टोली खटिएको थियो।  घटनाको कारण खुलिनसकेको कार्यालयले जनाएको छ।...
माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार
अपराध, समाचार

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

नेपालअखबार, काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।...
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
अपराध, समाचार

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

नेपालअखबार, एजेन्सि । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं‌ महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो। राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।...