Sunday, August 23

अर्थ

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
अर्थ, प्रशासन, समाचार

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

नेपालअखबार,तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९–८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये रु १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, रु चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी रु १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ । जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो । बैँक तथा वित्तीय ...
‘एउटै नाउरको सिकार गर्न २३ लाख’
अर्थ, प्रशासन, समाचार, समाज

‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालअखबार, काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ। यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ। बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न रु २३ लाखसम्म कबोल गरिएको उनले जानकारी दिए। त्यस्तै, झारलको हालस...
मूल्यवृद्धि घटेपछि अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
अर्थ, विश्व, समाचार, समाज

मूल्यवृद्धि घटेपछि अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

नेपालअखबार,काठमाडौँ । मूल्यवृद्धि निकै तल्लो स्तरमा झरेपछि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा भारी कटौती गरेको छ । बुधबार अमेरिकी फेडेरल रिजर्भले ब्याजदर ५० आधार दरले घटाइदिएको हो । यो गिरावट सन् २०२० पछि पहिलोपटक गरिएको हो । यसलाई अमेरिकी अर्थतन्त्रका लागि यूटर्न मानिएको छ । आगामी दिनमा यो ब्याजदर अझै घट्ने प्रक्षेपण गरिएको छ । ब्याजदर कटौती हुनुअघि ब्याजदर ५.२५ देखि ५.५ प्रतिशतको बिचमा उक्लिएको थियो जुन दुई दशकदेखिकै सबैभन्दा धेरै हो । ब्याजदर बढेका कारण अमेरिकाको मूल्यवृद्धि दर निकै तल्लो स्तरमा झरेको थियो । गत महिना यो दर २.५ प्रतिशतको नजिकसम्म झरेको थियो । यसका कारण बेरोजगारीको स्तर समेत उच्च भएको थियो । नयाँ रोजगारी सिर्जना नहुँदा अमेरिकामा अगष्ट महिनामा बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । जहाँ करिब ७१ लाख अमेरिकीहरु बेरोजगार थिए । सेप्टेम्बरमा भने यो संख्या ६३ लाखमा झर...
चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !
अर्थ, कृषि, समाचार, समाज

चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !

नेपालअखबार, चितवन । चितवनमा मह बिक्री नहुँदा मौरी पालक किसान चिन्तित बनेका छन् । नयाँ मह निकाल्ने समय भइसक्दा पनि पुरानै मह बिक्री नहुँदा उनीहरु चिन्तित बनेका हुन् । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहेका कालिका नगरपालिकाका शिवप्रसाद शर्मा चितवनमा मात्रै करिब ५ सय मेट्रिक टन मह बिक्री हुन नसकेको बताउँछन् । उनी भन्छन्,  ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।’ पौडेलका अनुसार चितवनमा हाल ३० हजार बढी मौरीका घार छन् । यसबाट वार्षिक ८ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ । यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानक...
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
अर्थ, कृषि, समाचार

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

नेपालअखबार, घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उनले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् । केराखेतीबाट राम्रो आम्दानी लिँदै आएको किसान चौधरी बताउँछन् । ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी सुनाउँछन् । अन्य कृषिबालीजस्तो जोखिम नहुने र...
खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर
अर्थ, समाचार, समाज

खल्तीबाट वर्ल्डलिङ्क इन्टरनेटको बिल गर्दा ‘नामी’ ईभी जित्ने अवसर

नेपालअखबार, काठमाडौं । डिजिटल वालेट खल्तीले ‘खल्ती फुल दशैं’ अफर ल्याएको छ  । यस अन्तर्गत खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट नवीकरण गर्ने तथा नयाँ जडान गर्ने ग्राहकले ‘नामी ०१ ईथ्री’ ईभी जित्न सक्नेछन् । अफरमा सहभागी हुन वर्ल्डलिङ्कको सब्स्क्रिप्सन नवीकरण गर्नुपर्नेछ । एक महिना, तीन महिना, एक वर्ष वा २४ महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहक यस अफरमा स्वतः सहभागी हुनेछन् । एक महिनाको सब्स्क्रिप्सन नवीकरण गर्ने ग्राहकले नामी ईभीका लागि एउटा भाउचर कुपन पाउनेछन् । त्यस्तै तीन र छ महिनाको भुक्तानी गर्ने ग्राहकले दुई ओटा र १२ महिना वा २४ महिनाको भुक्तानी गर्ने ग्राहकले ‍पाँच ओटा कुपन भाउचर पाउनेछन् । यसरी भुक्तानी गर्ने ग्राहकको कुपन कोड तत्कालै एसएमएसमा आउनेछ । त्यही कुपनमा आधारमा ईभी विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । त्यससँगै ग्राहकले हरेक हप्ता ‘विक्ली लक्की ड्र’मा सामसङका विभिन्न उ...
कुखुराको अन्डाको भाउ  घटेयाे
अर्थ, समाचार, समाज

कुखुराको अन्डाको भाउ घटेयाे

नेपालअखबार, काठमाडौं । दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ । १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो । यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो । अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ । संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डा उत्पादन बढ्दा भाउ घटेको हो । ‘अहिले माउ कुखुरा बिक्री राम्रो भएको छैन, नयाँ चल्ला पनि धेरै हुर्केका छन्, जसले अन्डा उत्पादन बढायो,’ उनले भने । किसानले पाउने यो भाउ चितवनका किसानको फार्मलाई आधार मानेर तय भएको पोखरेलले बताए ।...
आज सुनको मूल्यले नयाँ रेकर्ड कायम
अर्थ, समाचार

आज सुनको मूल्यले नयाँ रेकर्ड कायम

नेपालअखबार, काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आइतबार ४० रुपैयाँले बढेको छ । शुक्रबार १८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १९०० कायम भएको छ ।...
इजरायलले भारतबाट १५ हजार कामदार लैजाने
अर्थ, विदेश, समाचार

इजरायलले भारतबाट १५ हजार कामदार लैजाने

नेपालअखबार,काठमाडौं । इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ निर्माण र स्वास्थ्य क्षेत्रका लागि १५ हजार भारतीय कामदार माग गरेको छ । इजरायल सरकारले भारत सरकारलाई सम्पर्क गरी १० हजार कामदार निर्माण क्षेत्रका लागि र ५ हजार कामदार स्वास्थ्य क्षेत्रका लागि माग गरेको हो । ती कामदारको तलब मासिक झण्डै दुई लाख भारू हुनेछ । खान, बस्न फ्री र हरेक महिना बोनस पनि भएकाले कामदारहरुले मनग्य कमाउन सक्नेछन् । कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । निर्माण क्षेत्रका कामदार छनोटका लागि महाराष्ट्रमा शिविर सन्चालन हुने छ । इजरायली टोलीले उक्त शिविरबाट आफ्नो मापदण्ड र सिप हेरेर कामदार छनोट गर्ने छ । इजरायल सरकारको बोर्डर अथोरिटी (पीआईबीए)ले फ्रेमवर्क, आइरन वेल्डिङ, प्लास्टिङ र सेरामिक टाइलिङमा काम गर्ने भारतीय कामदार आवश्...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट
अर्थ, समाचार, समाज

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपालअखबार, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच यसबारे सम्झौता भएको हो ।  सम्झौताअनुसार बैंकका ग्राहकका साथै उनीहरुको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) समेतले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८% छुट पाउनेछन् । सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्नुपर्ने जनाइएको छ ।...