Wednesday, September 16

कृषि

दुई कठ्ठा जमिनमा गरेका छन् धनियाँ खेती, कमाउँछन् वर्षको ८ लाख रूपैयाँ
कृषि, समाचार, समाज

दुई कठ्ठा जमिनमा गरेका छन् धनियाँ खेती, कमाउँछन् वर्षको ८ लाख रूपैयाँ

नेपालअखबार,दाङ । खेतका गह्राभरी हरियो धनियाँ छ। एउटा गह्रामा धनियाँ उखेलेर साना साना मुठा पार्दै थिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए। अमितका बुबा आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि आफूले पनि त्यसैलाई निरन्तरता दिएको उनी बताउँछन्। दुई कठ्ठा खेतमा चार किलो धनियाको बीउ दुई हजार चार सयमा खरिद गरी खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए। बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए। उनका अनुसार सिजनमा पाँच रूपैयाँका मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रूपैयाँ प्रतिमुठाका दरमा बिक्री हुन्छ। धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न...
हामी अत्यन्त खुशी छौ
कृषि, विचार, समाचार

हामी अत्यन्त खुशी छौ

नेपाल रिटर्ननी एशोसिएन सफलता उन्मुख अगाडि बढिरहेको छ धन्यवाद छ सरकारलाई हामीले उठाएको केही मुद्दाहरु। आगामी बजेटमा सम्बोधन गरेकोमा । हाम्रो  अभियान जारी छ विश्वास छ हाम्रै पहालम यो देशमा कृषिमा निर्भर हुँदै देश समृद्धिमा लान सक्नेछौं भन्ने थप आत्मविश्वास र ऊर्जाका साथ अगाडि बढी रहने छौ । सरकारले बजेटमा सम्बोधन गरेका बुँदाहरू: १३७. वैदेशिक रोजगारीमा गएका श्रमिकका आश्रित परिवारलाई कल्याणकारी कोषबाट प्रदान हुने लाभको दायरा विस्तार गरिनेछ । यससम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइनेछ । १३८. वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजी मार्फत उद्यमशीलता प्रवर्द्धन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइनेछ । वैदेशिक १३१ रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधा...
पाँच जिल्लामा कस्तूरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने
कृषि, प्रशासन, समाचार

पाँच जिल्लामा कस्तूरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने

नेपालअखबार,काठमाडौं । सरकारले पाँच जिल्लामा कस्तूरी मृग लगायत वन्यजन्तु पालनको व्यावसायिक फार्म स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट भाषणमा सो घोषणा गरेका हुन् । उनले भने, ‘म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लाको हिमाली क्षेत्रमा कस्तूरी मृग लगायत वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गरिनेछ ।’ यो कार्य निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा गरिने अर्थमन्त्री पुनले बताए । मन्त्री पुनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।...
कृषिमा लगानी दशक घोषणा
अर्थतन्त्र, कृषि, प्रशासन, समाचार, समाज

कृषिमा लगानी दशक घोषणा

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी क्षेत्रमा ‘कृषिमा लगानी दशक घोषणा’ गरिएको छ । वि. सं. २०८१ देखि २०९१ सम्म लगानी दशक घोषणा गरिएको हो । आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो घोषणा गरेका हुन् ।
टिमुर खेतीलाई व्यवसायीकरण गर्न माग
कृषि, समाचार, समाज

टिमुर खेतीलाई व्यवसायीकरण गर्न माग

नेपालअखबार,बुटवल । टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै सरोकारवालाले यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् । दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलनमा सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याए । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताए । टिमुर भान्सामा प्रयोग हुने एक खालको मसला मात्र नभई औषधियुक्त जडीबुटी भएकाले यसलाई वैज्ञानीकरण र व्यवसायीकरण गर्न सके विदेश निर्यात गर्न समेत सकिने उनले बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा टिमुर खेती प्रवर्द्धनलाई प्राथमिकता दिन उनले सुझाए । प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री ...
तराईको गर्मीमा पनि लटरम्म स्याउ
कृषि, समाचार, समाज

तराईको गर्मीमा पनि लटरम्म स्याउ

नेपालअखबार ,कैलाली। तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ । उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन् । कैलालीमा उनले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेका छन् । विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन् । रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, ‘अहिले फुलेको स्याउलाई औषधि हालेर झारेको छु’, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि ३०-४० बो...
तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै गुल्मीका किसान
कृषि, समाचार, समाज

तरकारी खेती गरेर मनग्गे आम्दानी गर्दै गुल्मीका किसान

नेपालअखबार, गुल्मी । गुल्मीको सेउघामा ९ महिने खडेरीमा पनि तरकारी खेती गरेर मनग्गे आम्दानी गरेका छन् । रेसुंगा नगरपालिका–४, सेउघाका झवी पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी खेतीउत्पादन  गरेर मनग्गे आम्दानी गरेका छन् । पाण्डे र कुँवर मिलेर पछिल्लो केही वर्ष यता सेउघाको अग्लो डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । भगवती कुषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले यही सिजनमा मात्रै १० कुन्टल बन्दा, ४ कुन्टल सिमीलगायत काक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गरेका छन् । यो सिजनमा उत्पादित तरकारीले राम्रो मूल्य पनि पाएको छ ।  कृषक झवी पाण्डे सामाजिक कार्यसँगै तम्घास बजारमा खाद्यान्न पसल पनि गर्दछन् ।  उनले व्यवसायबाटमात्रै वार्षिक २ लाख रुपैयाँभन्दा बढी कर बुझाउने गरेको बताउँछन् । खाली समय सदुपयोग गरेर काम गर्दा ताजा तरकारी आफैंले पनि खान पाइने बिक्री गरेर आम...
विषादी प्रयोगबारे सचेत बन्दै किसान
कृषि, समाचार, समाज

विषादी प्रयोगबारे सचेत बन्दै किसान

नेपालअखबार, कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयोग गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् । तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछिन् । “बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ”, उनी भन्छिन्, “विगतमा यी प्राणीलाई नाश ...
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
कृषि, समाचार, समाज

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

नेपालअखबार , महोत्तरी। महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन्। जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो। उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन्। ‘यसपालि उखु मिलबाट सबै रकम पाइयो,’ भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले भने, ‘तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौं।’ आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ। उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्यांकनलाई मूल्य निर्धारणको आधार बनाइनुपर्ने बताए। अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा कमसेकम रु सात सय प...
अनुदान पाएपछि व्यावसायिक बाख्रा पालनमा चितवनका चेपाङ समुदाय
कृषि, समाचार, समाज

अनुदान पाएपछि व्यावसायिक बाख्रा पालनमा चितवनका चेपाङ समुदाय

नेपालअखबार, चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन् । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप्ने सोचमा रहेको उनी बताउँछिन् । उनको खोरमा अहिले १५ वटा बाख्रा छन् । यस वर्ष ६ वटा खसीबोका बिक्री गरेर ६० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । ‘छानो बनाउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ’, स्मृति भन्छिन् । वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताइन् । उनले भनिन्, ‘गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु ।’ गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि...