रोल्पाको सुन्तलाले बजार पाएन
नेपालअखबार, रोल्पा । रोल्पा नगरपालिका १० धवाङकी शर्मिला महरा हरेक दिन डोकोमा सुन्तला बोकेर बिक्री गर्न सदरमुकाम आउँछिन । घरबाट सदरमुकाम आउन उनलाई करिब तीन घण्टा लाग्छ ।
दिनभरी सुन्तला बेचेर बेलुका घर फर्कंदा २ घण्टा पैदल हिँड्नु पर्छ । दैनिक आवतजावतमा ५ घण्टा खर्चेर सुन्तला बिक्री गर्ने उनको सुन्तलाले उचित बजार पाउँदैन ।
शर्मिला जस्तै अचेल रोल्पा सदरमुकाम लिवाङमा डोकामा सुन्तला राखेर बिक्री गर्ने कृषकको संख्या उल्लेख रहने गर्छ । ९ वर्षका बालबालिकादेखि ७० वर्षका ज्येष्ठ नागरिक घण्टौं पैदल यात्रा गरि सुन्तला बिक्री गर्न जिल्ला सदरमुकाम आउने गर्छन् । कात्तिकदेखि पुस महिनासम्म यसैगरि सुन्तला बिक्री गर्छन् । यो उनीहरुको पुस्तैनी पेसा हो ।
रोल्पा नगरपालिका वडा नंं १० भुम, भनभने, साउने पानीलगायतका क्षेत्रका किसानहरुको जीविकोपार्जनको मुख्य आधार नै सुन्तला भए पनि यसले उचित बजार नपाउँदा कृष...






