हिमाली च्यांग्रा पहाड र तराईका मुख्य बजारमा
नेपालअखबार,काठमाडौँ । दसैं नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्यांग्रा बजार झारिरहेका छन्। १० दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याउने गरेका छन्।
मुस्ताङका किसानले उत्पादन गरेको च्यांग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्याउने गरेका छन्।
यतिबेला सडक छेउछाउमा बाक्लै च्यांग्राका बथानहरू भेटिन्छन् । सडकमै ग्राहक पुगेर खरिद गर्ने गरेका छन्।
हिमाली क्षेत्रमा हुर्किएका च्यांग्रा अन्यको तुलनामा स्वादिष्ट र औषधीय गुण हुने हुँदा धेरैको रोजाइमा पर्ने गरेको छ।
मुस्ताङ र डोल्पामा खरिद गरेका ल्याएका च्यांग्राको मूल्य चितवन र बुटवलसम्म पुर्याउँदा बढी हुने गरेको व्यापारी बताउँछन्।
व्यापारीले काठमाडौँ, पोखरा, चितवन र बुटवलसम्म ट्रकमार्फत ढुवानी गर्ने मुस्ताङका च्यांग्रापालक किसान नामदेव ...









