Friday, May 22

प्रदेश

पोखरामा थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा ११ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा ११ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ तथा २६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष तथा वडा नम्बर २७ का ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु गैंडाको नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीय महिला, वडा नम्बर ५ का ३२ वर्षीय महिला तथा ३८ वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीय महिला रहेकी छिन् । यस्तै जिल्ला कै कावासोती २ का २३ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६  सय १८ पुगेको छ । गण्डकी प्रद...
डोटीमा निषेधाज्ञाको समय एक हप्ता लम्बियो
प्रदेश ७, प्रशासन, समाचार

डोटीमा निषेधाज्ञाको समय एक हप्ता लम्बियो

नेपाल अखबार, डोटी । जिल्लामा पछिल्लो समय कोरोना कोभिड–१९को सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ । यही भदौ १४ गते राति १२ बजेदेखि २१ गते भदौ १२ बजेसम्म लागू भएको निषेधाज्ञा गएराति १२ बजे सकिएपछि निषेधाज्ञाका समय पुनः एक हप्ताका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि १० बजे सम्म खाद्यान्न तथा तरकारी पसल खोल्न तथा अन्य सबै प्रकारका पसल पूर्णरुपमा बन्द गर्ने निर्णय भएअनुसार निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैैठकले ...
बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।  बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान हुन बाँकी दुई जनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको उन...
पोखरामा ३१ जनामा संक्रमण सहित गण्डकीमा थपिए ६७ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरामा ३१ जनामा संक्रमण सहित गण्डकीमा थपिए ६७ संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहानै ३१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशका विभिन्न चार जिल्लामा गरी ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखरामा थपिएका मध्य २५ जना पोखरामा फुड्समा कार्यरत छन् । उनीहरु मध्ये १७ जना महिला र अन्य पुरुष छन् । त्यसैगरी पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुई जना महिला स्वास्थ्यकर्मी हुन् । त्यसैगरी मेडिसिटी अस्पतालमा उपचाररत दुई जना विरामीमा समेत संक्रमण पुष्टि भएको जनाइएको छ । त्यसैगरी नवलपरासीमा १५ जना,गोरखामा १८ र तनहुँमा तीन जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार ५९८ पुगेको छ ।...
स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार  स्याङ्जा । स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये १८ जना जुवासम्बन्धी कसूरका अभियुक्त हुन् । कोरोना संक्रमितसँग सम्पर्क भएको पाइएपछि क्वारेन्टिनमा राखिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनका अनुसार प्रहरीले एक साता अघि उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको थियो । केही अघि स्याङ्जामा तत्कालीन प्रहरी प्रमुख विमलराज कँडेलसहित ३८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।...
गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।...
कोरोना सङ्क्रमण मुक्त मनाङमा पुनः सङ्क्रमण : आइसोलेसनमा दुई सङ्क्रमित
प्रदेश ४, समाचार

कोरोना सङ्क्रमण मुक्त मनाङमा पुनः सङ्क्रमण : आइसोलेसनमा दुई सङ्क्रमित

नेपाल अखबार, मनाङ। कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् । सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् । शुक्रबार तीन सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन् । “निको भएका सङ्क्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइ समेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्”, आचार्यले भने, “शुक्रबार थपिएका सङ्क्रमितको पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।” त्रिहत्तर जनाको पिसीआर परीक्षण गरिएको मध्ये गोरखाको आ...
गण्डकी प्रदेशमा ६९ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गण्डकी प्रदेशमा ६९ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। आज विहान गण्डकी प्रदेशमा ६९ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा २० सहित गण्डकी प्रदेशमा ६७ थपिएका हुन् । पोखरामा थपिएका मध्य दुई जना पार्क ल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी(स्टाफ नर्स)रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । लमजुङमा दुई, गोर्खामा दुई, बाग्लुङमा तीन,स्याङजामा २२, तनहुँमा सात र नवलपरासीमा १३ जना छन् । हालसम्म प्रदेशमा संक्रमित दुई हजार ५१६ पुगेको छ ।...
गण्डकी प्रदेशमा थप ८९ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ८९ जना कोरोना संक्रमित

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा आज मात्र ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशको नवलपरासी एउटै जिल्लामा ४१ थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार दिउसो ३ः३० बजेसम्मको अद्यावधिक विवरण अनुसार कास्कीमा १७, गोर्खामा २२, नवलपरासीमा ४१, बाग्लुङमा एक, मनाङमा एक, लमजुङमा तीन, स्याङ्जामा दुई तथा तनहुँमा दई जना छन् । हालसम्म गण्डकी प्रदेशमा संक्रमित दुई हजार ४०३ पुगेको छ ।...
विराटनगरमा अस्पतालले भर्ना नगर्दा गर्भवतीको मृत्यु
प्रदेश १, समाचार, समाज

विराटनगरमा अस्पतालले भर्ना नगर्दा गर्भवतीको मृत्यु

नेपाल अखबार, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ । उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्‍याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो । उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे बुधबार अवस्था गम्भीर भएपछि आफन्तले उपचारका लागि विराटनगर ल्याएका थिए । विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल, सुरक्षा अस्पताल पुर्‍याए । तर कुनै अस्पतालले भर्ना गर्न मानेनन् । बिहीबार विहान साढे २ बजेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्...