सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे आन्दाेलनकाे घाेषणा
गाेरखा । सडक कालोपत्रे गर्न माग गर्दै सिरानचोक गाउँपालिका ६ का स्थानीयले शनिबार ३ घण्टा चक्काजाम गरेका छन् ।
गोरखा बारपाक सडक अन्तरगत मसानेठाँटीदेखि खहरेसम्मको खण्ड ठेक्का सम्झौता गरेको ३ बर्ष बित्दा समेत काम नभएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
उनिहरुले शनिबारदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने गरी कार्यक्रम नै घोषणा गरेका छन् । जसका लागि कञ्चनकुमार श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति समेत गठन गरेका छन् ।
सडक अवरुद्ध गराउने कार्यक्रममा गोरखा क्षेत्र नम्बर २ ख का साँसद प्रकाशचन्द्र दवाडी समेत शनिबार नयाँसाँघु पुगेका थिए । उनिहरुले सडक कालोपत्रेको काम सुरु नहुञ्जेल आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
‘३ बर्ष भयो सम्झौता भएको, तर अहिलेसम्म नाप्न पनि आएनन’ आन्दोलन समितिका अध्यक्ष श्रेष्ठले भने ‘अब हामी चुप लागेर बस्दैनौ, काम सुरु नहुञ्जेल आन्दोलन चलाउछौ ।’
स्थानीयले शनि...
