राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत्रमा हुने, आयोजना सिरानचोकले गर्ने
गोरखा । नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड खेलकुद प्रतियोगिता चैत महिनामा गर्ने निर्णय भएको छ ।
जिल्ला भित्रका अन्तरपालिका माध्यामिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता चैतको २५, २६ र २७ गते सिरानचोक गाउँपालिकामा गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।
नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सो प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाका स्वर्ण र रजत पदक बिजेता विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा भलिबल कबडी, एथलेटिक्स् र मार्सलआर्ट विभिन्न विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
बैठकले फागुन मसान्त भित्र सबै पालिकाले प्रतियोगिता गरी जिल्ला खेलकुद बिकास समितिमा बिजेता खेलाड...
