Monday, August 31

प्रशासन

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ
प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं । भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ। योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या १० पुगेको छ। यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। टोपबहादुर रायमाझी भने फरार छन्। मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सातदोबाटोस्थित उनको घरमा पुगेको थियो। तर उनी फेला परेका छैनन...
बढुवा भएका २० जना एसएसपीले पाए दर्ज्यानी चिन्ह
प्रशासन, समाचार

बढुवा भएका २० जना एसएसपीले पाए दर्ज्यानी चिन्ह

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले दर्ज्यानी चिन्ह पाएका छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपी पदमा बढुवा भएका २० जनाले दर्ज्यानी चिन्ह पाएका हुन्। सोमबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासीनी र दीप शम्शेर जवराले चिन्ह पाएका हुन्। यस्तै वेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्णबहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जनले पनि चिन्ह पाएका छन्। प्राविधिकतर्फका एसएसपी डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्तले प...
ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश, विपक्षीका नाममा कारण देखाउ आदेश जारी
प्रशासन, राजनीति, समाचार

ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश, विपक्षीका नाममा कारण देखाउ आदेश जारी

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भएको हो । इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको छ । इजलासले लिखित जवाफ आएपछि अन्तरिम आदेशबारे दुवै पक्षलाई बोलाएर छलफल गर्ने गरी त्यतिन्जेलसम्म उनीमाथिको कारवाही कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठमाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।...
नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड आन्तरिक ऋण उठाउँदै सरकार, १० प्रतिशत ब्याज पाइने
अर्थ, प्रशासन, समाचार

नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड आन्तरिक ऋण उठाउँदै सरकार, १० प्रतिशत ब्याज पाइने

नेपालअखबार, काठमाडौं । नेपाल सरकारले नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ५ वर्ष अवधिको नागरिक बचतपत्र मार्फत सार्वजनिक ऋण परिचालन गर्नको लागि सुचना प्रकाशित गरेको छ । बचतपत्र २४ वैशाखदेखि २४ जेठसम्मा आवेदन दिन सकिने र निष्कासन ३० जेठ २०८० मा हुनेछ । बचपत्रको सावाँ भुक्तानी ३० जेठ २०८५ मा भुक्तानी हुनेछ । राष्ट्र बैंकले २ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो । १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रको ब्याज ६/६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । बचपत्रको ब्याजमा ब्याजकर नलाग्ने केन्द्रीय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ । बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ । उक्त बचतपत्र ध...
बुटवलमा पक्राउ परेका सन्दीपलाई काठमाडौँमा ल्याइयो
प्रशासन, समाचार

बुटवलमा पक्राउ परेका सन्दीपलाई काठमाडौँमा ल्याइयो

नेपालअखबार, काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौँ ल्याएको छ । बुधवार बुटवलमा पक्राउ परेका सन्दीपलाई बिहीबार हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उनलाई कागजी प्रक्रिया पुर्‍याएर अब म्याद थपका लागि बिहीबार अदालत पेस गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।...
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन
प्रशासन, समाचार

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

नेपालअखबार, काठमाडाैं। काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ। महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो। तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ। त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च ...
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु : प्रतीक थापा
प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु : प्रतीक थापा

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन् । तर, संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । प्रेस वक्तव्य जारी गर्दै थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् । पटक-पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘ …तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरूद पक्राउ पुर्जी जारी  भए...
महिला स्वयम्सेविकालाई ५० हजारसम्म पेन्सन
प्रशासन, समाचार, स्वास्थ्य

महिला स्वयम्सेविकालाई ५० हजारसम्म पेन्सन

नेपालअखबार, गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरूआत गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरू गरिएको हो । गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकामध्ये स्वेच्छिक अवकाश लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधिअनुसार र अनिवार्य अवकाश लिनेलाई एकमुष्ट ५० हजार निवृत्तीभरण दिने स्वास्थ्य शाखाप्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिए। उनका अनुसार अनिवार्य अवकाश हुने स्वयम्सेविकाहरूले मासिक एक हजार रूपैयाँ पेन्सन पाउनेछन्। गाउँपालिकाका विभिन्न वडामा कार्यरत रहेका चारजना स्वास्थ्य स्वयम्सेविका सेवानिवृत्त भएका छन्। स्वेच्छिक अवकाशअन्तर्गत कमला ज्ञवाली, गोमा भण्डारी, विष्णुमाया घिमिरे र भगवती न्यौपाने रहेका छन्। उनीहरूले हालसम्म सेवारत रहेबापत ...
सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडाैं।  उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको प्रकरणमा संलग्न भएको आरोपमा पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। यस्तै मंगलबार पक्राउ परेका पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई भने चार दिनको म्याद दिएको हो। उनीहरूसँगै प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ। यस्तै नेता एवं उच्च पदस्थका व्यक्तिहरू समेत मुछिएका छन्। प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, इन्द्रजितका छोरा निरज लगायतविरूद्ध पुर्जी जारी छ।...
एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी
प्रशासन, समाचार

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

नेपालअखबार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका  सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित भएका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग रकम असुलेको गिरोहबाट आर्थिक लाभ लिएको पाइएपछि तत्कालीन गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ब...