Saturday, August 8

प्रशासन

सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा
प्रविधि, प्रशासन, समाचार

सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा

नेपालअखबार, काठमाडौँ । मङ्गलवार बिहानबाट ह्याकरले पहुँच बनाएको सशस्त्र प्रहरीको फेसबुक पेज अझै उनीहरूको पहुँचबाट बाहिर आएको छैन । अनधिकृत व्यक्तिको पहुँचमा रहेको फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले  बताए । उनले भने–‘अनधिकृत व्यक्तिको पहुँचबाट फिर्ता ल्याउन लागिराखेका छौँ, हाम्रो आइटी टिमले काम गरिरहेको छ ।’ मङ्गलवार बिहान १० बजेर ५९ मिनेटमा अनधिकृत व्यक्तिले पहुँच बनाएर भियतनामी भाषा पोस्ट गरेका थिए । बुधवार साँझसम्म फेसबुक पेज अनधिकृत व्यक्तिको पहुँचबाट मुक्त गराउने गरी सशस्त्र प्रहरीको आइटी टिमले काम गरिरहेको छ । यसअघि सशस्त्रको ट्विटर ह्यान्डलमा पनि ह्याकरले पहुँच बनाएका थिए । चैत २४ मा नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच राखेको आरोपमा स्याङ्जाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए ।...
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
प्रशासन, समाचार

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

नेपालअखबार, नुवाकोट । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पुर्याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको  नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)...
न्यायाधीश भुवन गिरी पक्राउ
अपराध, प्रशासन, समाचार

न्यायाधीश भुवन गिरी पक्राउ

नेपालअखबार । बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन्। गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ। पछिल्लो समय गिरी न्याय परिषदमा कार्यरत थिए। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए। गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानिएको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन। पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पन...
तातोपानी नाका आजदेखि बैशाख २ सम्म बन्द रहने
प्रशासन, समाचार

तातोपानी नाका आजदेखि बैशाख २ सम्म बन्द रहने

नेपालअखबार, काठमाडौँ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको हो । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।...
वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
प्रशासन, समाचार

वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

नेपालअखबार, विराटनगर। विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ। केही साताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो। विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बता...
सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता
प्रशासन, समाचार

सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता

नेपालअखबार, काठमाडौँ । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो । सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।...
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
प्रशासन, समाचार

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

नेपालअखबार, झापा । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ६ मा बस्ने २० वर्षीय कादिर मोमिन छन्। प्रहरीका अनुसार कादिरले सामाजिक सञ्जालमा पीडित महिलाको वाल/टाइमलाइनमा अन्य महिलाको शरीरको तस्बिर जोडेर अश्लिल शब्द लेखी तस्बिर र भिडिओ पोस्ट गर्ने गर्थे। साथै पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामग्रीमा समेत अश्लिल क्याप्सन राखेर दु:ख दिने गरेको  प्रहरीले जनाएको छ। सोही विषयमा कारबाहीको लागि साइबर ब्युरोमा निवेदन परेको थियो। अनुसन्धान गर्ने क्रममा कादिरलाई साइबर ब्युरो र जिप्रका झापाको सहयोगमा गत शुक्रबार पक्रेको थियो। आइतबार उनीमाथि थप अनुसन्धान गर्नको लागि चार दिन म्याद थपिएको प्रहरीले जनाएको छ।...
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज
प्रशासन, समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

नेपालअखबार, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो । सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ । परिवर्तित नाम गौशाला–२६ ले उनीविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।...
नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने
प्रशासन, समाचार

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

नेपालअखबार, चितवन । एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ। अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए। स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार नगरपालिकामा गैँडाकोट बचाऔँ सङ्घर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैँडाकोट नगरपालिकाबीच तीन बुँदे सहमति गरिएको छ। गैँडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्...
नेपाली सेनामा जागिर खुल्यो, डाक्टरदेखि पण्डितसम्म माग
प्रशासन, समाचार

नेपाली सेनामा जागिर खुल्यो, डाक्टरदेखि पण्डितसम्म माग

नेपालअखबार, काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ । दरखास्त पेस गर्ने अन्तिम मिति आज चैत २४ गतेदेखि बैशाख २३ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर थप एक हप्तासम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भुमा आवेदन फारम बुझाउन सकिन्छ । हेर्नुहोस् नेपाली सेनाको दरखास्त आह्वान सम्बन्धी सूचना  ...