Sunday, August 9

प्रशासन

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी दिइने
प्रशासन, समाचार

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी दिइने

नेपालअखबार, काठमाडाैं । सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ। उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन्। हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर सेवा प्रवाहमा परेको कठिनाइका सम्बन्धमा परराष्ट्र मन्त्रालयको यही फागुन ३ गतेको निर्णय (परराष्ट्र मन्त्रीस्तरीय) ले नयाँ व्यवस्था गरिएको हो। राहदानीको लागि तोकिएको प्रक्रिया पूरा गरी र कन्सुलर सेवाको लागि खास गरी अधिकृत वारेसनामाको लागि भेटघाटको समय लिएर मात्र राजदूतावासमा जानुपर्ने पेरिसस्थित नेपाली दूतावासले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ। पोर्चुगलको लिस्वनमा राहदानीक...
सिद्धबाबामा सुरुङमार्गको तयारी : सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द
प्रशासन, समाचार

सिद्धबाबामा सुरुङमार्गको तयारी : सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द

नेपालअखबार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ । सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सडक डाइभर्सनको काम शुरु भएको र सवारी साधन चल्दा दुर्घटनाको जोखिम देखिएकाले फागुन १३ देखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको जनाएको छ । ‘डाइभर्सन निर्माण स्थलमा माथि पहराबाट ढुंगाहरु खसिरहेकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने संभावना रहेकाले ढुंगाहरुलाई पूर्णरुपमा व्यवस्थित गर्नका लागि वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र ...
आयोगले सार्वजनिक गर्‍यो राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता सूची
प्रशासन, समाचार

आयोगले सार्वजनिक गर्‍यो राष्ट्रपति निर्वाचनका लागि ८८१ जनाको मतदाता सूची

नेपालअखबार, काठमाडौँ । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता सूची सार्वजनिक गरेको छ । बुधबार राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सूची प्रकाशन गरेको छ । संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सुचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ ।  सो मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहिबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको छ ।...
९ जनालाई ७ दिनभित्र हाजिर हुन प्रहरीले जारी गर्‍यो सूचना
प्रशासन, समाचार

९ जनालाई ७ दिनभित्र हाजिर हुन प्रहरीले जारी गर्‍यो सूचना

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरी प्रधानले सम्पर्कबिहिन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । एक सार्वजनिक सुचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो । गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिभित्र सम्पर्कमा रहन जारी सुचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ।...
राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिंदै
प्रशासन, समाचार

राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिंदै

नेपालअखबार, काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । आज दिउँसो १ बजे हुने कार्यालय उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ । यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।...
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
प्रशासन, समाचार

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

नेपालअखबार, चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत...
बसपार्कमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरू
प्रशासन, समाचार

बसपार्कमा लुटपाट, तोडफोड र आगजनी गर्ने ४० जनामाथि अनुसन्धान सुरू

नेपालअखबार, काठमाडाै । यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ। यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो। आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए। उनीहरूले प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडी समेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको प्रहरीको आरोप छ। आन्दोलनका क्रममा बालाजु चो...
मानव बेचबिखनमा परेका ३० जनाको उद्धार
प्रशासन, समाचार

मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

नेपालअखबार, काठमाडाैं । वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन्। प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ। त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा कुवेतबाट छ महिला, ओमनबाट दुई महिला, इराकबाट एक महिला र नेपालभित्रै आन्तरिक बेचबिखनमा परेका दुई जनाको उद्धार गरिएको ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। आकर्षक वैदेशिक रोजगारीको बहानामा पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न दलाल तथा म्यानपावर कम्पनीले भ्रमण भिसामा विदेश जाने कागजातको न्यूनतम प्रक्रियासमेत पूरा नगरी नक्कली कागजात बनाइ उनीहरूलाई विदेश पठाएको पाइएको छ।...
कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ
प्रशासन, समाचार

कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित ३ जना पक्राउ

नेपालअखबार, धनगढी । कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका-४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले उनीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका-४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेको सशस्त्र प्रहरी बल नम्बर ३५ गण कञ्चनपुरले जनाएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाा र गरगहनासहित भेटाएको गणका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) प्रेमबहादुर रावलले जानकारी दिए । उनकाअनुसार उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन,...
बालाजु घटनामा संलग्न थप २३ जना पक्राउ
प्रशासन, समाचार

बालाजु घटनामा संलग्न थप २३ जना पक्राउ

नेपालअखबार, काठमाडौं । बालाजुस्थित माछापोखरीमा प्र्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले थप २३ जनालाई पक्राउ गरेको छ । हालसम्म गाडी आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या २९ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए । मोबाइल लुटेको आरोपमा पक्राउ पर्नेका संख्या ११ पुगेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ छन् । तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाहीलाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए । उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै...