प्रहरी चौकी प्रमुख सम्मको फोन नम्वर अब वेबसाईटमा
नेपालअखबार, पोखरा । प्रहरी चौकी प्रमुख सम्मको फोन नम्वर अब वेबसाईटबाट नै हेर्न मिल्ने छ । सेवाग्राही र प्रहरीको विचमा विश्वासको वातावरण विकास गरी शान्ती सुरक्षासंग सम्बन्धित महत्वपुर्ण सुचनाहरु आदानप्रदानमा सहज गराउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश भरी भएका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रहरी चौकी सम्मको कार्यालय र कार्यलय प्रमुखको सम्पर्क नम्वर गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाईटमा हेरी सम्पर्क गर्नसकीने व्यबस्था गरेको छ ।
सेवाग्राहीले गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाईट https://gandaki.nepalpolice.gov.np मा गई आफ्नो गुनासो वा समस्या कुन प्रहरी कार्यलयमा पुर्याउनुपर्ने सो कार्यालय र कार्यालय प्रमुखको सम्पर्क नम्बर प्राप्त गर्न सक्नेछन । यसबाट सेवाग्राहीले
आफुले चाहेको प्रहरी कार्यालय प्रमुखसंग...










