नौ जना फरार प्रतिवादी पक्राउ
नेपालअखबार, काभ्रे । जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका नौ प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न अदालत पेस गरिएको प्रहरीले जनाएको हो ।
चौँरीदेउराली गाउँपालिका–१ का ३० वर्षीया हीरा लामालाई बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष तीन महिना कैद तथा रु १० हजार जरिवाना फैसला गरेको थियो । लामालाई सोमबार घरबाटै पक्राउ गरी अदालत पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार सोमबारै बोक्सीको आरोप मुद्दामा उच्च अदालत पाटनले २०७६ भदौ २९ गते तीन वर्ष कैद तथा रु १२ हजार पाँच...








