महालेखाले भन्यो : वैदेशिक सहायतालाई पारदर्शी बनाऊ
नेपालअखबार,काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले गैरसरकारी संस्थामार्फत परिचालित हुने वैदेशिक सहायतालाई पारदर्शी बनाउन प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएको छ।
गैरसरकारी संस्थामार्फत आउने वैदेशिक सहायता खर्चको विषयमा प्रश्न उठिरहँदा महालेखाले उक्त खर्चको अनुगमनमा जोड दिएको हो। ‘राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत परिचालित हुने वैदेशिक सहायतालाई पारदर्शी, जवाफदेही र उपलब्धिमूलक बनाउन प्रभावकारी अनुगमन गर्नुपर्दछ,’ महालेखाले बुधबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
वैदेशिक सहायताका सन्दर्भमा महालेखाको ६२औँ प्रतिवेदनले सात बुँदे सुझाव दिएको छ। पहिलो सुझावमा राष्ट्रिय आवश्यकता र प्राथमिकता भएका क्षेत्रमा मात्र वैदेशिक सहायता परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, प्राविधिक तथा वस्तुजन्य वैदेशिक सहायतालाई राष्ट्रिय बजेटमा समावेश गरी लेख...










