मधेश सरकारले पनि ३ दिन गणतन्त्र दिवस मनाउँदै
नेपालअखबार,जनकपुरधाम । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश सरकारको प्रशासनिक तथा आवस क्षेत्र रहेको मधेश भवनमा सरसफाइ गरिएको छ ।
गृह संचार तथा कानुन मन्त्रालयको आयोजनामा मधेश भवन परिसर आज बिहान सरसफाइ गरिएको हो ।
गृह संचार तथा कानुनमन्त्री राजकुमार लेखीको नेतृत्वमा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले सरसफाइ गरेका हुन् । प्रशासनिक क्षेत्र हुँदै आवस क्षेत्रसम्म सरसफाइ गरिएको हो ।
मन्त्री लेखीले मधेश भवनमा गृह मन्त्रालय बाहेक अन्य मन्त्रालय नियमित सरसफाइको अभाव रहेको बताए ।
अन्य मन्त्रालय तथा कर्मचारीका आवस क्षेत्रमा नियमित सरसफाई भए वातावरण सफा एवं मधेश भवन बारे सकरात्मक संदेश बाहिर जाने उनको भनाइ थियो ।
उनले मधेशमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले अपारध न्यूनीकरण, समाजका लागि उत्कृष्ट र नतिजामुखी काम गरे मन्त्रालय त्यस अनुसारको सुविधा दिन सक्ने आश्वासन दि...










