Friday, April 24

प्रशासन

सरकारको कर्मचारी सरुवा, बढुवा र नियुक्ती आयोगले रोक्यो
प्रशासन, समाचार

सरकारको कर्मचारी सरुवा, बढुवा र नियुक्ती आयोगले रोक्यो

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढि निवेदन रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिता विपरित हुने खालका काममा अनुमति पाउँ भनि दिएको निवेदनहरू रोकिदिएको प्रष्टाएका हुन् । उनले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ती, नयाँ भवन शिलान्यास, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिता विपरित भएकाले त्यस्ता खालको काममा अनुमती नदिइएको बताए । तर आयोगले अत्यावश्यक सेवाका लागि परेको करिब १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ । निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाइलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्विकृत गर्दै अघि बढाउन अनुमति दिइएको...
कुन जिल्ला र निर्वाचन क्षेत्रमा कति मतदाता विवरणसहित
प्रशासन, समाचार

कुन जिल्ला र निर्वाचन क्षेत्रमा कति मतदाता विवरणसहित

नेपालअखबार, काठमाण्डौ ।   मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् । यीमध्ये पुरुष ८८ लाख ४७ हजार ५ सय ७९ जना  र महिला ९१ लाख ४० हजार ८ सय ६  र अन्य  १ सय ८५ जना  रहेका छन् । देशभर प्रतिनिधि सभाका लागि निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १ सय ६५ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभातर्फ प्रदेश एकमा ५६, मधेस प्रदेशमा ६४, बाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ । निर्वाचन आयोगले सार्वजनि गरेको मतदाताहरुको विवरण यस्तो छ -...
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश
प्रशासन, समाचार

सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

नेपालअखबार, काठमाडाैं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी कायम नै राख्न आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २ गतेको पेसी तोकेको छ । एकीकृत समाजवादी पार्टीका नेतासमेत रहेका गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कुरा उल्लेख छ । तर आफू कालोसूचीमा नपरेक...
१८ जिल्लामा मतपत्र ढुवानी
प्रशासन, समाचार

१८ जिल्लामा मतपत्र ढुवानी

नेपालअखबार, काठमाडाैं  । आगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र सम्पन्न गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ । हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ । प्रत्यक्षतर्फ पनि मतपत्र छपाइको काम सुरु भएको छ । १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।...
निर्वाचन आयोगले गर्‍यो ‘लौरो, डोजर र क्रस खुकुरी’ चुनाव चिन्हमा परिमार्जन
प्रशासन, समाचार

निर्वाचन आयोगले गर्‍यो ‘लौरो, डोजर र क्रस खुकुरी’ चुनाव चिन्हमा परिमार्जन

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले उम्मेदवारहरूलाई दिइसकेको ३ वटा चुनाव चिन्ह परिमार्जन गरेको छ ।  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको चिन्हमध्ये तीनवटा निर्वाचन चिन्हहरूमा सामान्य हेरफेर गरिएका आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी लौरो, डोजर र क्रस खुकुरी चिन्हमा सामान्य परिमार्जन गरिएको हो । आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।...
प्रत्यक्षतर्फको मतपत्र उम्मेदवारको चिह्न मात्र रहने
प्रशासन, समाचार

प्रत्यक्षतर्फको मतपत्र उम्मेदवारको चिह्न मात्र रहने

नेपालअखबार, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ (प्रत्यक्षतर्फ)को मतपत्र छपाइ सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्रमा उम्मेदवारको मात्र चिह्न रहनेछ । निर्वाचन आयोगका अनुसार प्रत्येक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । बुधबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेसँगै निर्वाचन आयोग प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइमा जुटेको हो । समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको पनि आयोगले जनाएको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइको प्रबन्ध मिलाइएको छ ।...
मत सर्वेक्षण नगर्नू निर्वाचन आयोग
प्रशासन, समाचार

मत सर्वेक्षण नगर्नू निर्वाचन आयोग

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो । ‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘(आचारसंहिताका) व्यवस्थाहरु विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’ मत सर्वेक्षणले निष्पक्ष निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने भन्दै मत सर्वेक्षण नगर्न, त्यससम्बन्धी सामग्री प्रचारप्रसार नगर्न र सामाजिक सञ्चालमा प्रकाशन पनि नगर्न भनेको छ । निर...
प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
प्रशासन, समाचार

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपालअखबार, काठमाडाैं । आगामी मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुन विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको हो । आयोगले बुधबार दिउँसोसम्म मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको हो ।...
सामाजिक सञ्जालबाट गरिने विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने
प्रशासन, समाचार

सामाजिक सञ्जालबाट गरिने विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले उम्मेदवारहरूले सामाजिक सञ्जालमा गरिएको विज्ञापन पनि निर्वाचन खर्चमा समावेश हुने जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले सामाजिक सञ्जालको प्रयोग गरेर चुनावी प्रचार निर्वाचन खर्चमा समावेश हुने जनाएको हो । आइतबार देशभर १६५ प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएकामध्ये कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रचारप्रचार र विज्ञापन गर्न थालेको आयोगले जनाएको छ । आयोगले भनेको छ, ‘सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको सबै खर्च विवरण समेत चुस्त दुरुस्त राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन्छ ।’ आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ बमोजिम सामाजिक सञ्जालबाट गरिएका र गरिने प्रचारको अ...
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूची
प्रशासन, समाचार

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूची

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए । हेर्नुहोस् निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली-...