Friday, April 24

प्रशासन

आज समानुपातिक उम्मेदवारको  बन्दसूची प्रकाशन गरिने
प्रशासन, समाचार

आज समानुपातिक उम्मेदवारको बन्दसूची प्रकाशन गरिने

नेपालअखबार, काठमाडाैं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ । यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ । आजै ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।...
सार्कका निर्वाचन आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो
प्रशासन, समाचार

सार्कका निर्वाचन आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई निम्तो गरेको छ । अफगानिस्तान भने यो सूचीमा छैन । ‘निर्वाचन आयोगले गरेको कामकारबाहीको पर्यवेक्षणका लागि आयोगले परराष्ट्र मन्त्रालयमार्फत उहाँहरुलाई आमन्त्रण  गरेको हो’, निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले  भने, ‘कतिपय सार्क मुलुकहरुका निर्वाचन आयोगले निर्वाचनका बेलामा अरु सार्क सदस्य मुलुकका निर्वाचन आयोगमा निम्तो पठाउने प्रचलन छ, त्यसै अनुसार हामीले आमन्त्रण गरेका हौं ।’ निर्वाचन आयोगका एक आयुक्तका अनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइए पनि अफगानिस्थानमा भने निर्वाचन आयोगले कुनै पत्राचार गरेन । परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सल्लाह अनुसार, तालिबानको सरकार रहेको र आधारभूत लोकतान्त्रिक मूल...
आज समानुपतिक बन्दसूची संशोधनको समय सीमा  सकिँदै
प्रशासन, समाचार

आज समानुपतिक बन्दसूची संशोधनको समय सीमा सकिँदै

नेपालअखबार, काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा सकिँदै छ । असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आज संशोधित सूची बुझाउन आज अन्तिम दिने हो । आयोगले आज (१६ गते)भित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरिसकेको छ । आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई भनेको थियो । आयोगको आग्रह बमोजिम दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्दै छन् । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने हुन्छ । संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने सक्ने आय...
निर्वाचन आयोगको प्रष्टीकरण : सञ्चार माध्यम नियमन गर्न खोजेका होइनौं
प्रशासन, समाचार

निर्वाचन आयोगको प्रष्टीकरण : सञ्चार माध्यम नियमन गर्न खोजेका होइनौं

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि सञ्चालनमा ल्याएको प्रेस अफिसले सञ्चार माध्यमको नियमन नगर्ने प्रष्टीकरण दिएको छ । शुक्रबार आयोगले एक विज्ञप्ति जारी सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबही गर्ने प्रक्रियामा संलग्न नहुने बताएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक व्यवस्थामा सञ्चार माध्यमको अनुगमन तिनका पाठक, स्रोता र दर्शकले मात्र गर्नुपर्छ र गर्नेछन् भन्ने मान्यतामा आयोग विश्वास राख्छ । त्यसैले आयोग सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबाही गर्ने प्रक्रियामा संलग्न हुने छैन ।’ आयोगले आन्तरिक प्रयोजनका लागि आयोगले जारी गरेका सूचना सञ्चार माध्यम र सामाजिक सञ्जालमा कुन रुपबाट प्रस्तुत भएका छन् भनेर विज्ञ समूहबाट कन्टेन्ट एनालाइसिस गर्ने बताएको छ । प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आ...
चाडपर्वमा ग्रामीण यात्रुलाई समस्या: एक किमीको भाडा २५ रुपैयाँ!
प्रशासन, समाचार

चाडपर्वमा ग्रामीण यात्रुलाई समस्या: एक किमीको भाडा २५ रुपैयाँ!

नेपालअखबार, मलेखु,। ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन्। बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन्। दसैंमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ। उकालो–ओरालो र घुम्तीमा यात्रुबाहक बस जानै सक्दैनन्। त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका बोलेरो जीपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन्। चालकसहित छ जनाको सिट क्षमता भएका सवारीले १५ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन्। चाडपर्व नजिकिएसँगै निजी सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन। यात्रुको लोड त छँदैछ, खाद्यान्न, लत्ताकपडा लगायतका सामानको लोड पनि उस्तै हुन्छ। यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन्। सदरमुकामबाट बोलेरो जीप चढेर गन्तव्यतर्फ जाँदै गरेका यात्रु शिव मगर भन्छन्, ‘बाटो अप्ठ्यारो छ, सबैलाई ...
शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै
प्रशासन, समाचार

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

नेपालअखबार, काठमाडाैं । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पुर्‍याएबापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना गरिएका शान्ति मिसनमा रही सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेवापत सेनाले उक्त सङ्ख्यामा शान्ति पदक प्राप्त गरेको हो। शान्ति मिसनमा आफ्नो कार्यकाल पूरा गरेर फर्कने सैनिकलाई राष्ट्रसंघले शान्ति पदक प्रदान गर्ने चलन छ। संयुक्त राष्ट्रसंघको शान्ति यात्रामा हालसम्म एक हजार आठ सय ९६ नेपाली महिला सुरक्षा फौजबाट समेत योगदान भइसकेको छ। विश्वकै सैनिक इतिहासमा साहसिक, व्यावसायिक र अनुशासित सेनाको कोटीमा अब्बल साबित नेपाली सेना अहिले शान्ति सेना धेरै पठाउने मुलुकको सूचीमा दोस्रो बरियतामा छ। विश्वशान्ति कार्यमा अहिले ११ मुलुकका १२ मिसनमा तीन सय ६९ म...
दसैंमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने
प्रशासन, समाचार

दसैंमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

नेपालअखबार, काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ। दसैं पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ। रासस...
आजदेखि निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइदैन ?
प्रशासन, राजनीति, समाचार

आजदेखि निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइदैन ?

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ । आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने भएका छन् । संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न ह...
राजनीतिक दललाई आयोगले दियो ६० बुँदे निर्देशन (पूर्णपाठसहित)
प्रशासन, समाचार

राजनीतिक दललाई आयोगले दियो ६० बुँदे निर्देशन (पूर्णपाठसहित)

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो । दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, ...
निर्वाचन आचारसंहिता लागु भएपछि सरकार र मन्त्रीहरुले के गर्न पाउँदैनन् ?
प्रशासन, समाचार

निर्वाचन आचारसंहिता लागु भएपछि सरकार र मन्त्रीहरुले के गर्न पाउँदैनन् ?

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता २०७९ पुर्ण रुपमा लागु गर्ने भएको छ । आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि भदौ १३ गते नै राजपत्रमा प्रकाशित भैसकेको निर्वाचन आचारसंहिताको पालना गर्नु सवैको दायित्व भएको बताएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सवैले पालना गर्नुपर्ने आयोगको भनाइ छ ।  आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ । जसमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्री आफु उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न पाउने भए...