Monday, August 3

प्रशासन

५२ संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा
प्रशासन, समाचार

५२ संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

नेपालअखबार,काठमाडौँ । ५२ संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट हेर्दाहेर्दैमा राखिएको छ । आइतबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । आइतबार सरकारी वकिलहरूले सरकारको बचाउ गर्दै बहस गरेका थिए । बहस नसकिएपछि अर्को पेसी सोमबारका लागि तोकिएको छ । माघदेखि सुरू नियमित सुनुवाइअन्तर्गत आज पाँचौँ  दिनको सुनुवाइ भएको हो । २०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए । २०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।...
काठमाडौं महानगरले ९ महिनामा तिरायो २ करोड ४७ लाख जरिबाना
अर्थ, प्रशासन, समाचार

काठमाडौं महानगरले ९ महिनामा तिरायो २ करोड ४७ लाख जरिबाना

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा साढे २ करोड रुपैयाँ बराबर जरिबाना गरेको छ । महानगरपालिका राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार चैत मसान्तसम्म महानगरपालिकाले प्रशासनिक दण्ड, जरिबाना शीर्षकमा २ करोड ४७ लाख २० हजार बराबर राजस्व संकलन गरेको हो । जुन गत वर्षको तुलनामा १९ प्रतिशत बढी हो । गत आव चैत मसान्तसम्म महानगरले २ करोड ७ लाख ७२ हजार रुपैयाँ उठाएको थियो । काठमाडौं महानगरले सभा, सम्मेलन, आन्दोलन गर्दा फोहोर गर्ने राजनीतिक दल, संस्थालाई कारबाही गर्दै आएको छ । यस्तै जथाभावी पोस्टर टाँस्ने, होर्डिङ बोर्ड राख्ने, फोहोर फाल्ने, अनुमतिविना सडक खन्ने, खुला ठाउँमा आगो बाल्ने जस्ता विभिन्न शीर्षकमा कारबाही गर्दैै आएको छ ।...
वीरगन्जको निषेधाज्ञा हट्यो
प्रशासन, समाचार, समाज

वीरगन्जको निषेधाज्ञा हट्यो

नेपालअखबार,पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजे बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 'स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,' जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ। गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा कर्फ्यू आदेश जारी गरेको थिय पछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको थियो।...
विशेषको फैसलाविरूद्ध अख्तियार गयो सर्वोच्चमा
प्रशासन, समाचार

विशेषको फैसलाविरूद्ध अख्तियार गयो सर्वोच्चमा

नेपालअखबार,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले साविक प्रदेश नं ५ (लुम्बिनी प्रदेश) को कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीविरुद्ध ४३ लाख ३७ हजार पाँच सय बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनका लागि सम्झौता पत्रमा उल्लेख भए बमोजिम मिनिटिलर खरिद नगरी कम गुणस्तरको खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले २०८० चैत १९ गते फैसला गरेको थियो । यस्तै, आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी समेतका प्रतिवादी र सामान आपूर्तिकर्ता विरुद्ध रु एक करोड ३१ लाख ६० हजार बराबरको भ्रष...
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
अर्थ, प्रशासन, समाचार

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

नेपालअखबार,काभ्रेपलाञ्चोक । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् । यसैबिच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।...
विमानस्थलबाट ६ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

विमानस्थलबाट ६ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनले भने, 'थाई एयरको उडानमार्फत् बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेला परेपछि पक्राउ गरिएको हो।' भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ।...
बूढीगण्डकी प्रभावितका लागि मुआब्जा निर्धारण
प्रशासन, समाचार, समाज

बूढीगण्डकी प्रभावितका लागि मुआब्जा निर्धारण

नेपालअखबार,गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना ३ लाख कायम गरिएको छ । ‘चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ।’ उनका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ । उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन। गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उनले पाठकले जानकारी दिए । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन्। वि...
रुपा गाउँपालिकाले बीमामा ५० प्रतिशत अनुदान
प्रशासन, समाचार

रुपा गाउँपालिकाले बीमामा ५० प्रतिशत अनुदान

नेपालअखबार,कास्की । कास्कीको रुपा गाउँपालिकाले पालिकाका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । रुपामा कुल तीन हजार ५०० घरपरिार रहेकामा हालसम्म ५०० परिवारको बिमा गरिसकिएको र बाँकीलाई समेत सहभागी गराइने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जनाको परिवारको बीमा गर्दा लाग्ने रु तीन हजार ५०० को ५० प्रतिशत गाउँपालिकाले व्यर्होने छ । बीमाका लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको ओझाले बताए । उनले भने “स्वास्थ्योपचार सेवा नागरिकको मौलिक अधिकार हो । स्वास्थ्य बिमामार्फत नागरिकको स्वास्थ्योपचार सेवामा पहुँच वृद्धि गर्नेगरी माौलिक हकको कार्यान्वयनको काम गरेका छौँ ।” त्यसैगरी, गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बीमा बोर्डसँगको सहकार्यमा रुपा अ...
सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार
पर्यटन, प्रशासन, समाचार

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

नेपालअखबार,काठमाडौँ । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन् ।  नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि गएका छन् । विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ । हालसम्म विभ...
नेपाल प्रहरीका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस
प्रशासन, समाचार

नेपाल प्रहरीका ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीका ६१ जना वरिष्ठ सहायक निरीक्षक प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको हो। इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएका ६१ जनाको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत वरिष्ठ सई सुदिप थापा छन्। त्यस्तै इलाका प्रहरी कार्यालय बरेङडाँडा बाग्लङमा कार्यरत रवी घिमिरे दोस्रो नम्बरमा छन् भने इलाका प्रहरी कार्यालय बाफिकोट रूकुम पश्चिममा कार्यरत फणिन्द्र क्षेत्री तेस्रो नम्बरमा छन्। सूचीः...