Thursday, April 23

प्रशासन

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
प्रशासन, समाचार

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

नेपाल अखबार, काठमाडौँ। प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौँ  बुझाएको थियो । उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ । रासस...
असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल
प्रशासन, समाचार

असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

नेपाल अखबार, काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको छ। स्वास्थ्य सेवा विभागका उपचार सेवा महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सम्मान र संक्रमितहरुको मनोबल बढाउन घर घरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरिएको जानकारी दिए। विश्व विरामी सुरक्षा दिवसको अवसर मन्त्रालयले दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको डा. पोखरेलले जनाए। यस्तै सोही समयमा कोरोनाबाट मृत्यु भएकाको सम्झनमा एक मिनेट मौनधारण गर्न समेत मन्त्रालयले आग्रह गरेको छ। साथै असोज ७ गते सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा माइतिघरमा दीप प्रज्वलन गर्ने मन्त्रालयको तयारी छ।...
गृहमन्त्री बादल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
प्रशासन, समाचार

गृहमन्त्री बादल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

नेपाल अखबार, काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । नेपालमा आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेको राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा उनलाई धन्यवाद दिए । भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाइ सुखद रहेको भन्दै...
ई–पासपोर्ट छपाइ : अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
पत्रपत्रिका, प्रशासन, समाचार

ई–पासपोर्ट छपाइ : अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी

नेपाल अखबार, काठमाडौं ।  परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी गरेको छ । बोलपत्रको मागअनुसार आवेदन नपरेपछि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) छपाइको टेन्डर दोस्रो पटक रद्द गर्न लागेको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको पासपोर्ट छपाइ टेन्डरमा चार कम्पनीको आवेदन परे पनि मागअनुसार निवेदन नपरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । गत आइतबार पासपोर्ट छपाइका लागि कुन कम्पनीलाई दिने भन्ने विषयमा मूल्यांकन समितिको बैठक बसेको थियो । तर, टेन्डर हाल्ने कम्पनीले मापदण्ड पूरा गरेर मागअनुसार आवेदन हालेको नपाइएपछि बोलपत्र रद्द गर्न लागिएको हो । ‘कुनै पनि कम्पनीले राहदानी विभागले बोलपत्र आह्वान गरेको नियमअनुसार मापदण्ड पुर्याएको  देखिएन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘माग भएअनुसार चारै कम्पनी...
कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

नेपाल अखबार, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो । विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्नु पर्नेछ । कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालय भन्दा टाढा रहेका विद्यार्थीले मात्रै हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाई हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउनु पर्नेछ । कोभिड-१९ का कारण यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) हुन सकेन भने कक्षा ११ को वाषिर्क परीक्षा सम्बन्धित विद्यालयले नै लिने भएको छ । तर शिक्षा ऐन अनुसार ...
पाल्पाकी ६१ वर्षीया टिकासरीले पहिलो पटक पाइन् नागरिकता
प्रशासन, समाचार

पाल्पाकी ६१ वर्षीया टिकासरीले पहिलो पटक पाइन् नागरिकता

नेपाल अखबार, पाल्पा ।  माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीका ६१ वर्षकी टिकीसरा कामीले शुक्रबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन्। तानसेन नगरपालिका वडा नम्बर ११ जुकीया जन्म घर भर्इ २०३५ साल मंसिर १ गते माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी छोडिघाट बस्ने ओमबहादुर कामीसंग बिवाह गरेर आएकी उनी २०१६ साल असार २२ गते जन्मेकी थिइन् । टिकीसराको न त जन्मदर्ता नै थियो न त विवाह दर्ता नै । आफ्नो घरमा दाउरा पात खोजेर  बजारमा बेच्न ल्याउने र त्यसको  पैसाले घर गुजारा गर्दै आएकी उनलार्इ सामाजिक सुरक्षा भत्ता पाइने कुरा कसैले सुनाइ दिए पछि बल्ल नागरिकताको आवश्यकता बुझिन् उनले । उनका श्रीमानले पाएको अपाङ्ग भत्ताले चामल किनेर गुजारा गर्दै आएकी उनले जनप्रतिनिधिको सहायताले नागरिकता पाएकी छन् ।...
जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
प्रदेश ७, प्रशासन, समाचार

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

नेपाल अखबार, बैतडी । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए । शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर किशोरीकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप ...
परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास
प्रशासन, समाचार

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

नेपाल अखबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल÷आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो  । भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो । तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चलन कार्यविधि...
केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
प्रशासन, समाचार, स्वास्थ्य

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका ४ जनामध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका थिए । उनीहरु सबै केन्द्रीय कारागारकै अस्पतालमा उपचाररत थिए ।...
नेपाल रेडक्रसमा आर्थिक अनियमितता : पूर्वपदाधिकारीलाई रकम फिर्ता गर्न ताकेता
प्रशासन, समाचार

नेपाल रेडक्रसमा आर्थिक अनियमितता : पूर्वपदाधिकारीलाई रकम फिर्ता गर्न ताकेता

नेपाल अखबार, काठमाडाैं । भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालक समितिका नाममा दाताहरुले दिएको ठूलो आर्थिक सहायता ‘आकस्मिक लाभ’ का नाममा आफ्नो गोजीमा हाल्ने पूर्वपदाधिकारीहरुलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्य समितिले रकम फिर्ता गर्न पत्रचार गरेको छ । भदौ १७ गतेको मितिमा रेडक्रस केन्द्रीय कार्य समितिले पुर्व पदाधिकारीहरु तथा ७७ वटै जिल्लाका अध्यक्षहरुलाई पत्रचार गरेको बुझिएको छ । रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष संजीव थापालाई लेखेको पत्रमा भनिएको छ, ‘..यहाँले कार्य समितिको अध्यक्ष भई भूकम्प प्रतिकार्य सञ्चालन समितिको पनि अध्यक्ष पदमा रहेर स्वयम्सेवा प्रदान गर्ने सिलसिलामा केन्द्रीय कार्य समितिको मिति २०७२।०४।१८ र १९ गतेको बैठक सङ्ख्या २५२ को निर्णय संख्या ३ बमोजिम मासिक रुपमा प्राप्त गर्नु भएको आर्थिक सुविधा (बैठक भत्ता बाहेक) २०७७।०५।२६ गतेभित्र नेपाल रेडक्रसको केन्द्रीय कार्यालयको स्ट्या...