कालीकोटमा शुक्रबार रातिदेखि निषेधाज्ञा
नेपाल अखबार, सुर्खेत । कालीकोटमा पनि आजै (शुक्रबार) रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रबार बसेको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी चन्ऽप्रसाद गैरेले जानकारी दिए । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार पछिल्लो समय कालीकोटमा प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिएको छ ।
निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सु...
