Wednesday, June 3

प्रशासन

आजदेखि  लकडाउन हट्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

आजदेखि लकडाउन हट्यो

नेपाल अखबार, पाेखरा। आजदेखि लकडाउन हट्यो । कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा भने सरकारले गर्न सक्नेछ । सरकारले लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछन् । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयह...
त्रिविका क्याम्पसहरु खुले
प्रशासन, शिक्षा, समाचार

त्रिविका क्याम्पसहरु खुले

नेपाल अखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि   लकडाउन अन्त्य   भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो । गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय...
सरकारी कार्यालयमा अब दुई सिफ्टको व्यवस्था हट्यो
प्रशासन, समाचार

सरकारी कार्यालयमा अब दुई सिफ्टको व्यवस्था हट्यो

नेपाल अखबार, काठमाडौं । सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए  ।...
साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय
प्रशासन

साउन १५ देखि होटल–रेस्टुरेन्ट र भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडाैं। सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन । यस्तै ट्रेकिङ  र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । यस्तै भदौ १ देखि  छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।...
१९५ जना सईमा बढुवा सिफारिस (नामावलीसहित)
प्रशासन

१९५ जना सईमा बढुवा सिफारिस (नामावलीसहित)

नेपाल अखबार, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १ सय ९५ जना प्रहरी सहायक निरीक्षक (असई) लाई  प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो । बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ८५ दशमलव २७०९ अंक प्राप्त गरेका फुलमाया क्याप्छाकी रहेका छन् । हेर्नुहोस् को–को बढुवा सिफारिस भए ?...
नेपाल एयरलाइन्सले किन बन्द गर्‍यो चिनियाँ जहाजबाट व्यावसायिक उडान ? (८ कारणसहित)
अर्थ, प्रशासन

नेपाल एयरलाइन्सले किन बन्द गर्‍यो चिनियाँ जहाजबाट व्यावसायिक उडान ? (८ कारणसहित)

नेपाल अखबार, काठमाडौं । नेपाल एयरलाइन्सले चिनियाँ जहाजहरुबाट व्यावसायिक उडान नगर्ने निर्णय गरेको छ । हाल निगमसँग ६ वटा चिनियाँ जहाज रहेकोमा कुनैबाट पनि मुनाफा आर्जन हुन नसकेपछि आगामी साउन १५ देखि व्यवसायिक उडान नै नगर्ने निर्णय लिएको हो । चिनियाँ जहाजको बिमा रकम अन्य जहाजहरुको भन्दा करिब ३५ प्रतिशत बढी रहेको, जहाज चलाउन पाइलटको अभाव रहेको, जहाजको स्पेयर पार्टस् महँगो रहेको जस्ता कारणले जहाज नचलाउने निर्णय भएको एयरलाइन्सले जनाएको छ । यस्तै जहाजको प्रशिक्षक पाइलट अभाव रहेको, स्टल रुटमा प्रस्तावित जहाजहरुमा २५ देखि ६७ प्रतिशतसम्म पेलोडरेष्टिट्रक्सन रहेको, इन्धन खर्च पनि बढीरहेको जस्ता ८ वटा कारण निगमले देखाएको छ । एयरलाइन्सलाई चिनियाँ ६ वटा जहाजबाट मात्रै आर्थिक वर्ष २०७१–७२ देखि आर्थिक वर्ष २०७५–७६ सम्म ५ आर्थिक वर्षमा १ अर्ब ९० करोड नोक्सान भएको जनाइएको छ । अब पनि सञ्चालन गर्दै जाँदा प्रतिव...
प्रहरीमाथि ढुङ्गामुढा प्रहार
प्रशासन, समाचार, समाज

प्रहरीमाथि ढुङ्गामुढा प्रहार

नेपाल अखबार, बाजुरा। जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढाबाट दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिएका छन् । घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ । ढुङ्गामुढा प्रहारबाट...
हराएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला
प्रशासन

हराएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला

नेपाल अखबार, सुनसरी। हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो । दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका मोवाइल फेला पारेको इलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । सो मोबाइलको बजार मूल्य ७२ लाख १८ हजार रहेको छ । ०७६ वैशाखमा इप्रका ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको थियो । असारमा फेला परेको २७६ थान र साउनमा फेला परेको २० थान मोबाइल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।...
बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने
प्रशासन, समाचार

बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने

नेपाल अखबार,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त  क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको खण्डमा उक्त जग्गामा प्रदेश सरकारले पीडितका लागि आवास निर्माण  गरिदिने वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले निर्णय गरेको हो । बैठकले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा रहेको समितिले क्षतिको अवस्था हेरी तत्काल स्थानीय तहमार्फत राहत उपलब्ध गराउन लागेको हो । समितिले बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोशी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा १० लाख राहत रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । उनका अनुसार सो र...
नेपालमा अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका
प्रशासन, समाचार

नेपालमा अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

कृष्ण आचार्य । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताए पछि चितवन जिल्लाको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो । नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताए । उनले भने “पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ ।” माडीका धार्मिक गुरुहरुको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उनले बताए । धार्मिक गुरुहरुलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण रहेका बताए । उनले भने “अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्, यी रामायणसँग जोडिएका छन् ।” ...