Monday, April 20

प्रशासन

ट्याक्सी सञ्चालन गर्न दिने सरकारको निर्णय
प्रशासन

ट्याक्सी सञ्चालन गर्न दिने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । निर्णयअनुसार चालकसहित ३ जना यात्रा गर्न पाइने छ भने एकै परिवारका भए ५ जनासमेत सवार हुन पाइने मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।...
सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय
प्रशासन, समाचार

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।  गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको जनाकारी गराएका हुन् । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेकाे छ । कूल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. खतिवडाले बताए । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हु...
राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग
प्रशासन, समाचार

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग

नेपाल अखबार, विराटनगर। राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा रु ७३ करोडभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई रु पाँच लाख धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई रु ४५ लाख धरौटी माग भएको हो ।रर उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । साकम्बरी प्रोडक्ट, माधव इन्टरप्राइजेज र एसएस इन्टरप्राइ...
प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त
प्रशासन, समाचार

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

नेपाल अखबार, काठमाडाैं। सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो। बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्। सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्। प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापाले यसअघिका ५ वटा आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्। डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्। २...
करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ
प्रशासन, समाचार

करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा पक्राउ

नेपाल अखबार, लमही ।   किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिव सहित तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १ का सचिव धनबहादुर केसी र वडा नं १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं १३ कै हेल्लो टावर नजीकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले जानकारी दिए । उनीहरुले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘‘पक्राउ परेका दुई जना वडा सचिवहरुले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौंँ’’, प्रहरी प्रवक्ता खड्काले भने । अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । जबर्जस्ती करणी मुद्दाका अभियुक्...
बाघको छालासहित एक जना पक्राउ
प्रशासन, समाचार

बाघको छालासहित एक जना पक्राउ

नेपाल अखबार, बुटवल । बाँकेको राप्ती सोनारीबाट बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सिमलघारी बस्ने ४६ वर्षीय नवराज घर्ती मगर रहेका छन् । घर नजिकैको मकै बारीमा लुकाई राखेको अवस्थामा बाघको छाला र हड्डीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले घर्तीलाई बाघको छाला र हड्डीसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताए । पक्राउ परेका घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता वैदवारले भनाइ छ ।...
६३ जना सहसचिवको सरुवा, को कहाँ ?
प्रशासन, समाचार

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

नेपाल अखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरुलाई बिभिन्न कार्यालयहरुमा खटाइएको मन्त्रालयका एक अधिकारीले बताए । यसअघि वरिष्ठ सहसचिवहरुले पहुँचको भरमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो । यही गुनासोको बीच ६३ जना सहसचिवहरुमध्ये धेरैजसोलाई काठमाडौं बाहिर पठाइएको छ । मन्त्रीयस्तरमा यो निर्णय यही असार १९ गते नै भए पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको ...
गाउँपालिकाले किसानलाई बाँड्यो ९० थान बन्दुक
प्रशासन

गाउँपालिकाले किसानलाई बाँड्यो ९० थान बन्दुक

नेपाल अखबार,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले किसानलाई बाँदर धमाउन निःशुल्क बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ७ वटै वडाका कृषकलाई गाउँपालिकाले बाँदर धपाउन बन्दुक विरतण गरेको हो। पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर कृषकलाई वितरण गरिएको उनले बताइन्। ‘बाँदरले बालीनाली खाएर नोक्सान गर्न थालेपछि कृषकलाई बन्दुक वितरण गरेका हौँ,’ अध्यक्ष रानाले भनिन्। बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा गएर राहत माग्दै आन्दोलन गर्न थालेपछि गाउँपालिकाले बाँदर धपाउन बन्दुक दिएको हो। ‘पहिलो चरणमा क्षेत्र मिलाएर ९० थाल बन्दुक बाँडेका छौँ,’ अध्यक्ष रानाले भनिन्, ‘अझै पनि माग अनुसार वितरण भएके छैन, मगाएर वितरण गर्ने योजना बनाएका छौँ।’ गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था छन्। एक टोल...
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो
प्रशासन, समाचार

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

नेपाल अखबार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालएकिो हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रद...
काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा
प्रशासन

काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा

नेपाल अखबार, काठमाडौं । प्रहरीले काठमाडौंका सडकमा गुडेका ट्याक्सीलाई कारबाही गर्न थालेको छ । लकडाउन खुकुलो बनाउँदा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाए पनि केही ट्याक्सी आफुखुशी चलेका थिए । दैनिक चारदेखि पाँच सयको संख्यामा सञ्चालनमा आएका ट्याक्सीलाई सडकमै दिनभर रोकेर कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ती सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए । सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए । अत्यावस्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी जान दिइएको उनको भनाइ छ । बुधबार आफूहरुले पनि व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै ट्याक्सी  चालकहरु आन्दोलनमा उत्रिएका थिए । यद्यपि सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने नि...