Sunday, April 19

प्रशासन

अब वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै
प्रशासन

अब वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै

नेपाल अखबार, काठमाडौं । वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुने गरी कानुन बन्ने भएको छ । संविधानले नरोकेका पदाधिकारीमा निर्वाचित हुन (चुनिने अधिकार प्राप्त गर्न) अंगीकृत नागरिकले अंगीकृत नागरिकता प्राप्त गरेको पाँच वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ । अंगीकृत नागरिकता प्राप्त गर्नका लागि नै ७ वर्ष कुर्नुपर्ने गरी नागरिकता ऐन संशोधन हुने भएपछि वैवाहिक अंगीकृतले चुनिने अधिकार १२ वर्षपछि मात्रै पाउने छन् । संविधानको धारा २८९ ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने स्पष्ट गरेको छ । यीबाहेकका पदाधिका...
जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद
प्रशासन, समाचार

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

नेपाल अखबार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए । पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घट...
घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू
प्रशासन, समाचार

घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू

नेपाल अखबार, काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीरीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताए। उनले बाहरिबाट आएका व्यक्तिहरु दुई हप्तासम्म मापदण्ड बमोजिम क्वारेन्टिनमा बसेको प्रमाण भएमा र कोरोनाको कुनै लक्षण नदेखिएमा उनलाई परीक्षण बिनै घर पठाउन मिल्ने बताए। उनले लक्षण नै नभएका व्यक्तिबाट कोरोना नसर्ने समेत जानकारी दिए। ‘मापदण्ड बमोजिम क्वारेन्टिनमा भएका र कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिलाई पीसीआर परीक्षण नगरी घर पठाउन मिल्छ’, प्रवक्ता गौतमले भने। उनले विभिन्न सञ्चारमाध्यममा क्वारेन्टिमा बसेको प्रमाण हुँदा हुँदै पनि घरभेटीले घर छिर्न नदिएको भन्ने समच...
आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने
प्रशासन, समाचार

आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने

नेपाल अखबार, स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो । गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् । उनले अगाडि भनेका छन्, ‘क्षति कम गर्न आगो बाल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पीकर लगाउने, प्रांकृतिक सिकारीको प्रयोग गर्ने, खरानी तथा धुलीजन्य पदार्थ छर्कने कार्यहरु गरी प्रकोपलाई न्यूनिकरण गर्न गराउनुहुन आँधीखोलावासीमा अनुरोध गर्दछौं ।’  ...
३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर
प्रशासन

३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

नेपाल अखबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको  अख्तियारले जनाएको छ । साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यसैगरी अख्तियारले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडानम्बर ४ मा प्रशासन सहायक पदमा कार्यरत रत्नबहादुर विकले वडा कार्यालयबाट उठाएको रकम कार्यालयको राजश्व खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिएको छ ।...
भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील
प्रशासन

भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै भौतिक दूरी कायम गर्न पुन अपील गरेको छ । मन्त्रालयले अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले सडकहरुमा हिँडडुल गर्नेहरुको भीड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भीडभाड भएको कुराहरु देखन थालेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको गतिविधि प्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गर्दै सचेतना अपनाउन र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।...
विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ
प्रशासन

विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

नेपाल अखबार,  कैलाली । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-९ का ४८ वर्षीय दलबहादुर विकसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । विकसहित पक्राउ पर्नेमा २२ वर्षीय धनगढी-३ का लक्की शाह, वडा नम्बर-२ का ४० वर्षीय डम्बर सुनार, वडा नम्बर-७ का २५ वर्षीय सुवास जोशी छन् । त्यसैगरी त्रिवेणी –८ बाजुराका ३० वर्षीय प्रकाश रावल, खप्तड छान्ना-५ बझाङका ३० वर्षीय बबरजङ्ग सिंह रहेको प्रहरीले जनाएको छ । जोशी अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष भएको, रावल धनगढी उपमहानगरपालिकाका इन्चार्ज भएको र सिंह पूर्व क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष एवं जिल्ला कमिटी सदस्य रहेको प्रहरीले बताएको छ । विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा आपराधिक क्रियाकलाप, राज्यद्रोह, कर्तव्य ज्यान, हातहतियार तथा खरख...
सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै
प्रशासन

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

नेपाल अखबार, काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको हो । बैठक साढे ९ बजेबाट बस्ने भनिएकाे छ । भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ । यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको  जाेखिम टरेकाे  निष्कर्ष निकालेको विवरण २३ जेठमा   सार्वजनिक  भएको थियो । पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा भनिएको थियो । बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जो...
भूमि व्यवस्था र कृषि मन्त्रालयद्वारा सलह किराबाट बाली जोगाउन सुझावसहित अनुरोध
प्रशासन

भूमि व्यवस्था र कृषि मन्त्रालयद्वारा सलह किराबाट बाली जोगाउन सुझावसहित अनुरोध

नेपाल अखबार,काठमाडौं । भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले सलहले सलह किराबाट खाद्यबाली जोगाउनेबारे किसानलाई सुझावसहित विशेष अनुरोध गरेको छ । शनिबार दुई मन्त्रालयद्वारा सयुक्त रुपमा जारी अनुरोधपत्रमा असार १३ गते भारतबाट सलह किराको ठूलो झुण्ड नेपालमा प्रवेश भई खेतवारीमा रहेका खडा वालीहरुलाई व्यापक क्षति पुर्याउने संभावना रहेकोले खाद्य संकट निम्तीन गई मानवजीवनमा प्रतिकूल असर पार्ने अवस्था श्रृजना भएको जनाइएको छ । सलह नियन्त्रणका लागि सलहले अतिक्रमण गर्दा धुवाउने, ठुल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू बारीको वारपार टाँगेर दुई जनाले दुईतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने, चराहरूलाई संरक्षण गर्ने, सलह उडनुअघि बिहान बिहानै बाली खानुभन्दा पहिलै बारीबाट सलहलाई धपाउने, प्रकोप क्षेत्रका कृषकहरूलाई पनि विषादीरहीत सलह संकलन गरी पशुपन्छी तथा माछाको दानाहरूमा प्रयोग गर्ने, जालमा समात्ने र नेटजा...
कोशीमा पानीको वहाव बढ्दै, २६ ढोका खोलियो
प्रशासन, समाचार

कोशीमा पानीको वहाव बढ्दै, २६ ढोका खोलियो

नेपाल अखबार,सुनसरी । तराई तथा पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ। तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। शुक्रबार मध्याह्न १२ बजे गरिएको मापना अनुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए। अहिले कोशी ब्यारेजका २६ ढोका खुला गरिएको छ। बिहीबार बिहान कोशी व्यारेज भएर एक लाख सात हजार क्युसेक प्रतिसेकेन्ड तथा बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव थियो। आज बिहान ९ बजे गरिएको मापन अनुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो। कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुनसरीका प्रहरी नायब उप...