निजी सवारी चालकले सार्वजनिक सवारीसाधन चलाउन नपाउने मापदण्ड बनाउन निर्देशन
नेपाल अखबार, काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समितिले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न निजी सवारी साधनको लाइसेन्स बाहकलाई सार्वजनिक सवारीसाधन चलाउन नपाउने गरी फरक मापदण्ड तयार गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले यातायात व्यवस्था विभागको हालको जनशक्ति अपर्याप्त भएको भन्दै आवश्यक जनशक्ति पुरिपूर्ति गर्ने काम तत्काल अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभागमा जनशक्ति कम हुँदा त्यस अन्तर्गतका कार्यायहरुमा कामको चापलाई समयमै व्यवस्थापन गर्न कठिनाइ भएको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
साथै बैठकले कोभिड–१९ का सार्वजनिक यातायातमा भएको लगानी डुब्ने अवस्था आएकाले व्यवसायीको लगानीमा कर सहुलियत प्रदान गर्ने र बैंक ऋण्को व्याजमा पुनर्तालिकिकरण गर्ने तथा सवारी मर्मतका लागि सहुलियत दरमा प...
