Tuesday, May 12

प्रशासन

नेपाली सेनामा भर्ना खुल्यो, डाक्टर, पाइलटदेखि समाचार सम्पादकसम्मलाई अवसर
प्रशासन, समाचार

नेपाली सेनामा भर्ना खुल्यो, डाक्टर, पाइलटदेखि समाचार सम्पादकसम्मलाई अवसर

नेपालअखबार ,काठमाडौं। नेपाली सेनाको प्राड/प्राविधिक/हवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो । दरखास्त दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर मंसिर ३० देखि पुस ६ गतेसम्म पनि दरखास्त दिन सकिने छ । दरखास्त बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँको बैंक भौचर बुझाउनुपर्ने छ । हेर्नुहोस् भर्नाको सूचना-...
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
प्रशासन, समाचार

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

नेपालअखबार, ढोरपाटन । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ। नयाँ सहर आयोजना कार्यालयले निर्माण गर्न लागेको बसपार्कको सिमानामा विवाद हुँदा काम रोकिएको हो। वि.सं.२०७५ सालमा छ रोपनी जग्गा खरिद गरेर निर्माण सुरु भएको बसपार्कको पर्खाल सँधियारले भत्काएपछि काम रोकिएको नयाँ सहर आयोजना कार्यालयका प्रमुख रामृकष्ण गिरीले जानकारी दिए। नापी विभागले निर्णय नसुनाएसम्म बसपार्क निर्माणको काम अगाडि नबढ्ने उनले बताए। सँधियारले २० मिटर पक्की पर्खाल भत्काएपछि काम रोकिएको हो। हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ। सात करोडको लगानीमा बन्ने बसपार्कमा २ करोड २६ लाख खर्च भइसकेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिक रहेको भुजीखोला किनारमा तटबन्धन गरेर निर्माण थालिएको बसपार्कमा हाल टर्मिनलको आधा काम पूरा भएको छ। बसपार्कमा ३० व...
शीतल निवासको गार्डेन सजाउन २४ लाखको ठेक्का
प्रशासन, समाचार

शीतल निवासको गार्डेन सजाउन २४ लाखको ठेक्का

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २४ लाखको ठेक्का स्वीकृत हुने भएको छ । गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्नेगरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो । कार्यालयले कार्यालयको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ । कार्यालयले २०८१ साउनमा उक्त ठेक्काको बोलपत्र आह्वान गरेको थियो । मूल्याङ्कन समितिले न्यून मूल्याङ्कन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ ।...
पोखराबाट जुवातास खेलिरहेका ७ जना पक्राउ
अपराध, प्रशासन, समाचार

पोखराबाट जुवातास खेलिरहेका ७ जना पक्राउ

नेपालअखबार, पोखरा । पोखराबाट जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अमरदीपमा गौमाया गुरुङले आफ्नै घरमा जुवा खेलाएकी प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा १ लाख १२ हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट २ सय १२ पत्ति तास समेत बरामद भएको छ । पक्राउ पर्नेमा गौमायासहित स्थानीय कृष्ण गुरुङ, पोखरा ८ का गौमान गुरुङ, दीपकै जुनिता भट्टचन, पोखरा ८ की रुपा गुरुङ, पोखरा १३ का हेमजार गुरुङ र पोखरा २७ का बुद्धि बहादुर गुरुङ छन् । उनीहरूलाई १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृह मन्त्रालय भवनको निरीक्षण
प्रशासन, समाचार

गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृह मन्त्रालय भवनको निरीक्षण

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गरेका छन् ।  मंगलबार गृहमन्त्री लेखकले सिंहदरबारभित्र गृह मन्त्रालयका लागि नयाँ बन्दै गरेको भवनको निरीक्षण गरेका हुन् । अत्याधुनिक प्रविधिमा बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवन बन्ने तयारीमा रहेको छ । अहिलेको गृह मन्त्रालयको भव पुरानो र साँघुरो भएसँगै नयाँ भवन बन्न लागेको हो । निरीक्षणको क्रममा गृहमन्त्री लेखकले नयाँ भवनलाई उज्यालो बनाउन निर्देशन दिए । उनले नयाँ भवन निर्माण अवधिभित्रै सम्पन्न गरी बुझाउन निर्माण कम्पनीलाई आग्रह समेत गरेका छन् । भवन निर्माण कम्पनी माउण्टटेण्ड सत्यश्वरका प्रतिनिधि अच्युत भण्डारीले नयाँ भवन निर्माण गर्न पाएको समय सीमाभित्रै सम्पन्न गर्ने बताए । उनले निर्माण कम्पनीले सम्झौता गरेअनुरुप भवनको गुणस्तरीय बनाएर समयमा नै सरकारलाई हस्तान्तरण गरिने बताए ।...
सांसदका स्वकीयहरूको मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट
प्रशासन, समाचार

सांसदका स्वकीयहरूको मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट

नेपालअखबार,काठमाडौं । संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको स्तरअनुसार योग्यताको मापदण्ड तोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारीहरूले योग्यता विनाका व्यक्तिहरूलाई आफ्नो सचिवालयमा नियुक्ति गरेको भन्दै मापदण्ड तोक्न माग गरेका हुन् । उनले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्न माग गरेका छन् ।...
सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल
प्रशासन, समाचार

सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल

नेपालअखबार,काठमाडौँ । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र  सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ । नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रस्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मंगलबार विशेष अपिल जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ । सह प्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ । सञ्चार म...
एकै दिनमा ५ जना फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

एकै दिनमा ५ जना फरार प्रतिवादी पक्राउ

नेपालअखबार,रौतहट । रौतहटका विभिन्न स्थानबाट सोमवार एकै दिन ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार जुवा मुद्दामा दोषी ठहर भएका गरुडा नगरपालिका ६ पोठीयाहिका साह कानु, अभद्र व्यवहार मुद्दामा दोषी ठहर देवाही गोनाही नगरपालिका ७ का राकेश भन्ने रुपेश यादव, रमेश ठाकुर, विजय भन्ने सञ्जय यादव र विवेक यादवलाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरिएको हो। नेपालअखबार, पक्राउ परेका ५ जनालाई फैसला कार्यान्वयन लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।...
कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय
प्रशासन, समाचार

कास्कीमा ‘एक पालिका एक हुलाक’ कार्यालय

नेपालअखबार,कास्की । सरकारको हुलाक सेवालाई पुनर्संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ ।  अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताए । उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताए । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिए । जिल्लाका बाँकी माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो...
कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति
प्रशासन, राजनीति, समाचार

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।...