Wednesday, August 5

प्रशासन

पक्राउ परेका रविलाई स्थलमार्गबाटै पोखरा लगिँदै
Uncategorized, प्रशासन, राजनीति, समाचार

पक्राउ परेका रविलाई स्थलमार्गबाटै पोखरा लगिँदै

नेपालअखबार,काठमाडौँ । शुक्रबार साँझ पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै पोखरा लगिने भएको छ । उनलाई गाडीबाटै पोखरा लैजान लागिएको हो । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई गाडीबाट ल्याउन लागेको श्रोतले जनाएको छ । लामिछानेसँग उपसभापति डीपी अर्याल कार्यवाहक प्रवक्ता मनिष झा पनि सँगै जाने जनाइएको छ । रास्वपाका अर्का नेता स्वर्णिम वाग्ले तनहुँमा भएकाले त्यहाँबाट पोखरा जाने बताइएको छ । सो पार्टीका अन्य नेता कार्यकर्ता भोलि पोखरा जाने बताइएको छ ।  ...
रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा
प्रशासन, राजनीति, समाचार

रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ । कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा अघि बढेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ । ‘पक्राउ अनुमति प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनु हुन सादर अनुरोध गरिएको छ’, कास्कीका डीएसपी वसन्तकुमार शर्माले हस्ताक्षर गरेको पत्रमा भनिएक...
असोजमा वैदेशिक रोजगारीका लागि ५३ हजार नेपाली बिदेसिए
प्रशासन, समाचार

असोजमा वैदेशिक रोजगारीका लागि ५३ हजार नेपाली बिदेसिए

नेपालअखबार,काठमाडौँ । असोज महिनामा ५३ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला छन् । ३४ हजार १६९ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ । असोजमा ६४२ म्यानपावर कम्पनीले २४ हजार ३९१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर आठ हजार ९३८ जना र जी–टु–जी मार्फत ८४० जना वैदेशिक रोजगारीमा गएका हुन् । असोजमा ७५ जना उच्च जनशक्ति, ३३० जना व्यावसायिक, पाँच हजार ७६३ जना अर्ध दक्ष, ३३ हजार ९१९ जना दक्ष र १३ हजार ४३८ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या गत वर्षको असोज महिनाको तुलनामा दुई हजार ७१० जना क...
स्थानीय तह उपनिर्वाचनका लागि तोकियो अधिकृत कार्यालय रहने स्थान
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचनका लागि तोकियो अधिकृत कार्यालय रहने स्थान

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद सापकोटाले बिहीबार एक विज्ञप्‍ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको जानकारी दिए। उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अधयक्ष/उपाध्यक्षको निर्वाचनका लागि स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ। त्यस्तै वडाध्यक्षको निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा कार्यालय रहने आयोगले जनाएको छ। मंसिर १६ गते ३९ स्थानमा उपनिर्वाचन हुँदैछ।...
विमानमा बम आतंक : छत्तिसगढका किशोर पक्राउ, पैसा नदिनेलाई फसाउने उद्देश्य
प्रशासन, विदेश, समाचार

विमानमा बम आतंक : छत्तिसगढका किशोर पक्राउ, पैसा नदिनेलाई फसाउने उद्देश्य

नेपालअखबार,मुम्बई । सामाजिक सञ्जालमार्फत भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण सन्देश साझा गरेको आरोपमा मुम्बई प्रहरीले छत्तिसगढका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार दिएको जानकारी अनुसार धम्कीपूर्ण सन्देश प्रवाह गर्न प्रयोग भएको एक्सको ह्यान्डललाई पछ्याउँदा ती किशोरसम्म प्रहरी पुगेको थियो । अनुसन्धानपछि प्रहरीले किशोरका पितालाई उनलाई मुम्बई ल्याउन भनेको थियो । त्यसपछि उनलाई डोंग्रीको जुभिनायल जस्टिस बोर्डसामु प्रस्तुत गरिएको थियो । उनलाई अक्टोबर २४ सम्म हिरासतमा पठाइएको छ । उनले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै जोन ८ का डेप्युटी कमिस्नर अफ पुलिस मनिष कल्वानियाले भने, ‘प्रमुख कारण पैसाको लेनदेन देखिएको छ । ती किशोरले फेक आईडी प्रयोग गरेर उनीसँग आर्थिक विवाद रहेका फजलुद्दिन निबान नाम गरेका व्यक्तिलाई फसाउन चाहेका थिए ।’ ३० वर्षीय निबानलाई पनि प्रहरीले पक्राउ ग...
भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल भारतमै फिर्ता
प्रशासन, समाचार

भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल भारतमै फिर्ता

नेपालअखबार, काठमाडौं । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो । परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवराय मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो ।न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो । सोही अनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागका प्रवक्ता महर्जनले बताए ।...
लोकसेवा आयोगले एकसाथ सहसचिव र उपसचिव पदमा आवेदन खुला
प्रशासन, समाचार

लोकसेवा आयोगले एकसाथ सहसचिव र उपसचिव पदमा आवेदन खुला

नेपालअखबार,काठमाडौं । लोकसेवा आयोगले एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ । बुधबार आयोगले एक सूचना विज्ञापन खुला गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ पनि सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारीका लागि आवेदन मागेको छ । यो आयोगको नियमित तालिका अनुसार प्रकाशित सूचना हो । निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विधिसेवाका पदमा आवदेन खुलेको हो । हेर्नुहोस् सूचना : ...
प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी
प्रशासन, समाचार, समाज

प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

नेपालअखबार,  काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो । सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो । संविधान र कानुन अनुसार नियुक्ति नभएको भनेर बारले विरोध जनाएको थियो । त्यसैसँग सम्बन्धित रहेर उजुरी ...
खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने
प्रशासन, समाचार, समाज

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

नेपालअखबार,काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयुकेयलका प्रवक्ता प्रकाशकुमार राईले बताए । प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ । “पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ । वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्...
लामो दूरीका यात्रुलाई विश्रामस्थलमै निःशुल्क खाजा
प्रशासन, समाचार, समाज

लामो दूरीका यात्रुलाई विश्रामस्थलमै निःशुल्क खाजा

नेपालअखबार, रामेछाप । दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ। सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन्। यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै लामोदूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए। ‘लामो दूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ। घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको ...