Thursday, August 6

प्रशासन

सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
प्रशासन, समाचार

सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै

नेपालअखबार, जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको सिरोहियालाई पुनः म्याद थपको लागि जिल्ला अदालत धनुषामा पेश गर्न लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । जिल्ला अदालत धनुषाले अनुसन्धानको लागि गत बुधबार तीनदिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको म्याद आज सकिँदैछ । नागरिकतासम्बन्धि कसुरमा प्रहरीले गत मंगलबार सिराहियालाई काठमाडौंबाट पक्राउ गरी बुधबार विहान धनुषा ल्याएको थियो । अदालतबाट ३ दिनको म्याद लिएर उनीमाथि धनुषा प्रहरीले अनुसन्धान चलिरहेको छ । जिल्ला सरकारी वकिलको कार्यलयसँग छलफल गरी म्याद थपको लागि अदालतलाई सिफारिस गर्ने प्रहरीको तयारी छ ।...
भारतसँगका पर्साका सीमानाका आजदेखि बन्द
प्रशासन, समाचार

भारतसँगका पर्साका सीमानाका आजदेखि बन्द

नेपालअखबार,पर्सा । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन्। विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो। वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए। ‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो,’ उनले भने पर्साको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।...
६२ वर्षपछि पाए अपांगता परिचयपत्र
प्रशासन, समाचार, समाज

६२ वर्षपछि पाए अपांगता परिचयपत्र

नेपालअखबार, काठमाडौँ । दैलेखको ठाँटीकाँध गाउँपालिका–२ सेरीपाटाका सर्प शाहीले ६२ वर्षपछि अपांगता परिचयपत्र पाएका छन्। जन्मजात अपांगता भएका उनले केही दिनअघि अपांगता परिचय पत्र पाएका हुन्। उनलाई गाउँपालिकाले ‘ख’ वर्गको अपांगता परिचयपत्र दिएको हो। दैलेखमा सञ्चालित सेभ द चिल्ड्रेनको पहुँच परियोजनामार्फत् उनलाई अपांगता परिचय पत्र दिलाउन पहल गरिएको थियो। सुन्न र बोल्न नसक्ने शाहीलाई राष्ट्रिय परिचयपत्र र अपांगता परिचयपत्र दिलाउन परियोजनाबाट सहयोग गरिएको परियोजनाका दिनेश थापाले जानकारी दिए। उनका अनुसार शाहीले २०४४ सालमा नागरिकता प्राप्त गरेका थिए। आफैले बोल्न, सुन्न नसक्ने भएकाले अहिलेसम्म राज्यबाट सुविधाका रूपमा दिइएको अपांगता परिचयपत्र उनले पाउन नसकेको थापाले बताए। परिचयपत्र पाएसँगै शाहीले अब अपांगता भएका व्यक्तिलाई वर्गअनुसार दिइने सेवासुविधा पनि पाउनेछन्।...
टिप्ताला नाका खुलाउने तयारी
प्रशासन, समाचार, समाज

टिप्ताला नाका खुलाउने तयारी

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा २५ वैशाखमा नाका खुलाउने सहमति भएको थियो । चीनका तर्फबाट तयारी पूरा नभएकाले २५ वैशाखमा नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, ‘चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन । यही महिनाभित्र खुल्ने गरी तयारी भइरहेको छ ।’ नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न दिने र तिब्बतकाला...
दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस
प्रशासन, समाचार

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले बुधबार ६ जनाको नाम सिफारिस गरेको हो । कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरुको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ । एक नम्बरमा झापाका दुवागढीका–४ का निराज भट्टराई, दोस्रोमा सप्तरीको सम्भुनाथ नगरपालिका ३ का बालक चौधरी, तेस्रोमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० का डा. मोगल प्रसाद साह, चोथौमा सप्तरीका बर्नेनिर्या –७ का डा. राजेन्द्र प्रसाद यादव, पाँचौँमा काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोका राम प्रसाद पौडेल र गोरखाको जोवारी–६ का डा. सितलकाजी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।...
कन्सुलर सेवा प्रवाहबारे कूटनीतिक अधिकारीहरूसँग छलफल
प्रशासन, समाचार

कन्सुलर सेवा प्रवाहबारे कूटनीतिक अधिकारीहरूसँग छलफल

नेपालअखबार ,काठमाडौँ । कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ । मङ्गलबार भएको छलफलमा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले कन्सुलर सेवालाई सहज रूपमा प्रवाह गर्न विभागले थालेका नयाँ कदमबारे जानकारी दिए । उनले कन्सुलरसम्बन्धी सेवाग्राहीलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालयले गरेका सुधार तथा नयाँ व्यवस्थाबारे विस्तृत रूपमा जानकारी दिए। छलफलमा संयुक्त राष्ट्रसङ्घलगायत ती कूटनीतिक नियोगका ६० जनाभन्दा बढीको उपस्थिति थियो । सहभागीहरुले कन्सुलर सेवा प्रवाहका निम्ति आफूहरुलाई समयमै अवगत गराएकामा विभागप्रति कृतज्ञता व्यक्त गरेका थिए । रासस...
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
प्रशासन, समाचार, समाज

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

नेपालअखबार ,म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ६ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएका बताए । दुई सय दुई किलोमिटर बेनी-जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वट...
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
प्रशासन, समाचार

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

नेपालअखबार ,पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबिचको सीमानाका बन्द हुने बताए । “दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ”, उनले भने, “भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।...
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ
प्रशासन, समाचार

अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ

नेपालअखबार , काठमाडौँ । सामाजिक सञ्जाल फेसवुक, ह्वाट्स एस र इन्स्टाग्राममार्फत साथी बनेर रकम ठगेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बु घर भएका ३० वर्षीय संजय बस्नेत, नुवाकोट घर भएका १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोक घर भएका २१ वर्षीय करण तामाङ गोले छन् । आरोपीहरूले पीडितहरूलाई प्रलोभनमा पारेर पार्सल र अनलाइनमा लगानी गरेमा दोब्बर हुन्छ भनेर रकम ठगेको हुन् । उनीहरुले अनधिकृत रूपमा इसेवा आइडीमा समेत पहुँच राखेर बैंक खाता र वालेटबाट १६ लाख ५९ हजार ट्रान्सफर गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले  बताए । बायनान्स एपमार्फत संजय बस्नेत र करण तामाङ गोलेले १० करोड ९५ लाख ४२ हजार रुपैयाँ कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।...
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
प्रशासन, समाचार

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

नेपालअखबार , काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट पर्वत, बागलुङ र बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो। पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पठाइएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई सरूवा गरिएको छ। त्यस्तै बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालला सरूवा गरी बाँके पठाइएको छ। सूचनाः...