पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले प्रकाउ
नेपालअखबार, पाेखरा। पोखरामा ज्यान मार्ने धम्की दिई ५ करोड फिरौती माग्ने २ जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ लामाचौर दिपका प्रकाश दिप गैरेलाई फोन तथा म्यासेज मार्फत हिन्दी भाषामा कुराकानी र एसएमएसबाट धम्काएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वत कुश्माका ३६ बर्षीय लक्ष्मण दर्जी र ४२ बर्षीय दिपक बहादुर क्षेत्री रहेको कास्कीका प्रहरी प्रमुख एसपि महोन थापाले जानकारी दिए । उनीहरुलाइ बिहीबार सार्वजनीक गर्दै पोखरा ८ सिमलचौरमा बस्दै आएको जानकारी दिए । गैरेले पोखरा–१६ दीपमा सच्चाई सेवा केन्द्र चलाउँदै आएका छन् ।
गैरेले केन्द्रको गतिविधि सामाजिक सञ्जाल युट्युबमा राखेको र सोही गतिविधि हेरेर मुख्य आरोपी लक्ष्मण दर्जीले योजना बनाएका थिए । उनीहरुले ८ वटा पान्नामा विभिन्न नेता, व्यापारी, उद्योगी, व्यवसायी लगायत ठूला मान्छेको नाम लेखिएका छन् ...










