Thursday, August 6

प्रशासन

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ
अपराध, प्रशासन, समाचार

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

नेपालअखबार, दाङ । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । नेपालगञ्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । नेपालीको घर रुन्ट...
जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
प्रशासन, समाचार

जलेश्वर कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

नेपालअखबार, महोत्तरी । जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् ।   जलेश्वर नगरपालिकाको वडा नं १ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका छन् । जलेश्वर कारागार कार्यालय महोत्तरीका प्रवक्ता रवीनचन्द्र ठाकुरले  कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको बताए। विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ ।  उनले कारागारमा हाल ३८  विदेशी (भारतीय)सहित छ सय दुई कैदीबन्दी बस्दै आएका बताए । लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ । अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत सम...
कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार
प्रशासन, समाचार

कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

नेपालअखबार, काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड ल्याउन लागिएको हो। यसको तयारी कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले स्वीकृत गरेपछि केही दिनभित्रमै उक्त मापदण्ड कार्यान्वयनमा ल्याइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी नयाँ मापदण्ड निर्माण गरी लागु गर्न लागेको छ। मन्त्रालयका सहसचिव सुमन दाहालले केही कर्मचारी पहुँचका भरमा सङ्घमै बसिरहने र केही कर...
केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो : कार्यालय प्रमुख दास
प्रशासन, समाचार

केहि व्यक्तिले भ्रामक खबर सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्ने काम गर्यो : कार्यालय प्रमुख दास

मेवालाल यादव , रौतहट। रौतहट यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । यातायात कार्यालय गौरमा रातिमै परीक्षा र ट्रायल हुने गरेको तथा मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेको भनी केहि सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको कार्यालय प्रमुख दासले बताएका छन् । केहि व्यक्तिले व्यक्तिगत प्रतिसोध साध्न सञ्चारमाध्यममा झूठा, भ्रामक र कपोकल्पीत खबर सम्प्रेशन गराएर कार्यालयलाई बदनाम गराउने काम गरेको दासले बताए । आफना प्रतिक्रिया समेत नराखी एकहोरो ढंगले हुदै नभएको जथाभावी कुरा लेखेर समाचार समप्रेशन गर्नु कतिको उचित हो भनी उनले प्रश्न गरे । आफना प्रतिक्रिया समेत नराखी एकतर्फि ढंगले झूठो समाचार सम्प्रेशन गरी कार्यालयलाई बदनाम ...
गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
प्रशासन, समाचार

गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशमा आजदेखि प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । सुरक्षाका चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमबारे गोष्ठीमा छलफल हुनेछ । २ दिन चल्ने गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
प्रशासन, समाचार, समाज

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

नेपालअखबार, संखुवासभा। संखुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो। पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो। दुवैजनालाई काठमाडौँ लगिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ। गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो। अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए। त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यम...
विमानस्थल विस्तारको सपना छ वर्षमा पूरा भयो :  प्रमुख दाहाल
प्रशासन, समाचार

विमानस्थल विस्तारको सपना छ वर्षमा पूरा भयो : प्रमुख दाहाल

नेपालअखबार, चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन् । काठमाडौँबाट फोनमा थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । सम्वाद बाबुछोरीको थियो । हामीले फोनबाट सुनेको धन्यवाद पनि उनले आफ्ना पिता दाहाललाई नै दिएकी थिइन् । तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो । जुन काम महानगरप्रमुख दाहालको अघिल्लो कार्यकालदेखिकै सपना थियो । त्यसैले महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसहित नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेकी थिइन् । निर्णयपछि कार्यकक्षमा पुगेका सञ्चारक...
महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल
प्रशासन, समाचार

महानगर प्रमुख दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत घिमिरेबीच छलफल

नेपालअखबार, भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ । महानगरका युवाहरुलाई लगानी गरी रोजगारी प्रदान गर्न महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। भरतपुर महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रमको अवधाराणा अंगिकार गर्दै आइरहेकाले कोषको प्रस्तावमा सकारात्मक रहेको प्रमुख दाहालले बताउनुभयो । महानगरले अघि पनि स्वरोजगारी कार्यक्रममार्फत व्यवसाय गर्न चाहाने उद्यमीलाई ब्याज तिर्ने गरी कर्जा दिने गरेको थियो । कोषले सुरक्षण कार्यक्रममार्फत बैंक वित्तीय संस्थाले प्रवाह गरेको लघु तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा, साना मझौला उद्यम कर्जा लगायतका अन्य विविध कर्जाहरुको सुरक्षण गर्दै आइरहेको अधिकृत घिमिरेले बताउनुभयो । सूचना प्रविधि तालिमका लागि बैंक तथा वित्तीय संस्था...
६ महिनामा ३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन
प्रशासन, समाचार

६ महिनामा ३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट चार करोड राजश्व सङ्कलन भएको जानकारी दिए । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए । लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ । सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो रहेको प्रहरीको नि...
नेपालमै छाप्न थालियो हुलाक टिकट
प्रशासन, समाचार

नेपालमै छाप्न थालियो हुलाक टिकट

नेपालअखबार, काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ । जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ । बाँकी...